< भजनसंग्रह 10 >
1 हे परमप्रभु, तपाईं किन टाढा खडा हुनुहुन्छ? कष्टको समयमा तपाईं किन आफैलाई लुकाउनुहुन्छ?
耶和華啊,你為甚麼站在遠處? 在患難的時候為甚麼隱藏?
2 आफ्नो अहङ्कारको कारणले दुष्ट मानिसहरूले थिचोमिचोमा परेकाहरूलाई लखेट्छन् । तर दुष्टहरूलाई तिनीहरू आफैले बनाएका योजनाहरूका पासोमा पर्न दिनुहोस् ।
惡人在驕橫中把困苦人追得火急; 願他們陷在自己所設的計謀裏。
3 किनकि दुष्ट व्यक्तिले आफ्ना गहिरा इच्छाहरूमा घमण्ड गर्छ । त्यसले लालचीलाई आशिष् दिन्छ र परमप्रभुको अपमान गर्छ ।
因為惡人以心願自誇; 貪財的背棄耶和華,並且輕慢他。
4 दुष्ट मानिसको मुहार अहङ्कारपूर्ण छ । त्यसले परमेश्वरलाई खोज्दैन । त्यसले परमेश्वरको बारेमा कदापि विचार गर्दैन किनभने त्यसले उहाँको बारेमा केही वास्तै गर्दैन ।
惡人面帶驕傲,說:耶和華必不追究; 他一切所想的都以為沒有上帝。
5 त्यो हर समय ढुक्क हुन्छ, तर तपाईंका धार्मिक आदेशहरू त्यसको निम्ति अति उच्च छन् । त्यसले आफ्ना सबै शत्रुलाई घृणा गर्छ ।
凡他所做的,時常穩固; 你的審判超過他的眼界。 至於他一切的敵人, 他都向他們噴氣。
6 त्यसले आफ्नो मनमा भन्छ, “म कहिल्यै असफल हुन्नँ । सारा पुस्ताभरि नै मैले दुर्दिन देख्नेछैन ।”
他心裏說:我必不動搖, 世世代代不遭災難。
7 त्यसको मुख सराप, छलले र हानिकारक शब्दहरूले पूर्ण हुन्छ । त्यसको जिब्रोले घायल पार्छ र नाश गर्छ ।
他滿口是咒罵、詭詐、欺壓, 舌底是毒害、奸惡。
8 त्यो गाउँको नजिकै ढुकेर बस्छ । गुप्त ठाउँहरूमा त्यसले निर्दोषको हत्या गर्छ । त्यसका आँखाले बेसाहारा पिडितलाई खोज्छ ।
他在村莊埋伏等候; 他在隱密處殺害無辜的人。 他的眼睛窺探無倚無靠的人;
9 सिंह झाडीमा लुकेझैं त्यो गुप्तमा ढुक्छ । थिचोमिचोमा परेकाहरूलाई समात्न त्यो पर्खेर बस्छ । त्यसले आफ्नो जाल तान्दा थिचोमिचोमा परेकाहरूलाई समाउँछ ।
他埋伏在暗地,如獅子蹲在洞中。 他埋伏,要擄去困苦人; 他拉網,就把困苦人擄去。
10 त्यसका पन्जामा परेकाहरूलाई टेकिन्छन् र पिटिन्छन् । तिनीहरू त्यसको बलियो जालहरूमा फस्छन् ।
他屈身蹲伏, 無倚無靠的人就倒在他爪牙 之下。
11 त्यसले आफ्नो मनमा भन्छ, “परमेश्वरले बिर्सनुभएको छ । उहाँले आफ्नो मुहार ढाक्नुहुन्छ । उहाँले हेर्ने कष्ट गर्नुहुनेछैन ।”
他心裏說:上帝竟忘記了; 他掩面永不觀看。
12 हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्वर, आफ्नो हात उठाउनुहोस्! तिचिएकाहरूलाई नबिर्सनुहोस् ।
耶和華啊,求你起來! 上帝啊,求你舉手,不要忘記困苦人!
13 किन दुष्ट मानिसले परमेश्वरलाई इन्कार गर्छन् र आफ्नो हृदयमा यसो भन्छ, “तपाईंले मलाई जवाफदेही बनाउनु हुनेछैन”?
惡人為何輕慢上帝, 心裏說:你必不追究?
14 तपाईंले ध्यान दिनुभएको छ, किनकि विपद र दुःख ल्याउनेलाई तपाईंले सदासर्वदा हेर्नुहुन्छ । बेसाहाराले आफैलाई तपाईंमा सुम्पन्छ । तपाईंले अनाथहरूलाई छुटकारा दिनुहुन्छ ।
其實你已經觀看; 因為奸惡毒害,你都看見了, 為要以手施行報應。 無倚無靠的人把自己交託你; 你向來是幫助孤兒的。
15 दुष्ट र खराब मानिसहरूको पाखुरा भाँच्नुहोस् । त्यसलाई आफ्नो दुष्ट कामहरूको लेखा लिनुहोस्, जुन तपाईंले पत्ता लगाउनु हुन्न भनी त्यसले सोच्यो ।
願你打斷惡人的膀臂; 至於壞人,願你追究他的惡,直到淨盡。
16 परमप्रभु सदासर्वदा राजा हुनुहुन्छ । जातिहरू उहाँको देशबाट लखेटिन्छन् ।
耶和華永永遠遠為王; 外邦人從他的地已經滅絕了。
17 हे परमप्रभु, थिचोमिचोमा परेकाहरूको खाँचोहरूका बारेमा तपाईंले सुन्नुभएको छ । तपाईंले तिनीहरूका हृदयलाई मजबुत पार्नुहुन्छ, तपाईंले तिनीहरूका प्रार्थना सुन्नुहुन्छ ।
耶和華啊,謙卑人的心願, 你早已知道。 你必預備他們的心, 也必側耳聽他們的祈求,
18 तपाईंले अनाथहरू र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ ताकि पृथ्वीका कुनै पनि मानिसले फेरि आतङ्कित नपारोस् ।
為要給孤兒和受欺壓的人伸冤, 使強橫的人不再威嚇他們。