< भजनसंग्रह 10 >
1 हे परमप्रभु, तपाईं किन टाढा खडा हुनुहुन्छ? कष्टको समयमा तपाईं किन आफैलाई लुकाउनुहुन्छ?
Nʼchifukwa chiyani Yehova mwayima patali? Chifukwa chiyani mukudzibisa nokha pa nthawi ya mavuto?
2 आफ्नो अहङ्कारको कारणले दुष्ट मानिसहरूले थिचोमिचोमा परेकाहरूलाई लखेट्छन् । तर दुष्टहरूलाई तिनीहरू आफैले बनाएका योजनाहरूका पासोमा पर्न दिनुहोस् ।
Mwa kunyada kwake munthu woyipa asaka wofowoka, amene akodwa mʼnjira zimene iye wakonza.
3 किनकि दुष्ट व्यक्तिले आफ्ना गहिरा इच्छाहरूमा घमण्ड गर्छ । त्यसले लालचीलाई आशिष् दिन्छ र परमप्रभुको अपमान गर्छ ।
Iye amatamandira zokhumba za mu mtima wake; amadalitsa aumbombo ndi kuchitira chipongwe Yehova.
4 दुष्ट मानिसको मुहार अहङ्कारपूर्ण छ । त्यसले परमेश्वरलाई खोज्दैन । त्यसले परमेश्वरको बारेमा कदापि विचार गर्दैन किनभने त्यसले उहाँको बारेमा केही वास्तै गर्दैन ।
Mwa kunyada kwake woyipa safunafuna Mulungu; mʼmaganizo ake wonse mulibe malo a Mulungu.
5 त्यो हर समय ढुक्क हुन्छ, तर तपाईंका धार्मिक आदेशहरू त्यसको निम्ति अति उच्च छन् । त्यसले आफ्ना सबै शत्रुलाई घृणा गर्छ ।
Zinthu zake zimamuyendera bwino; iye ndi wamwano ndipo malamulo anu ali nawo kutali; amanyogodola adani ake onse.
6 त्यसले आफ्नो मनमा भन्छ, “म कहिल्यै असफल हुन्नँ । सारा पुस्ताभरि नै मैले दुर्दिन देख्नेछैन ।”
Iye amadziyankhulira kuti, “Palibe chimene chidzandigwedeze. Ndidzakhala wokondwa nthawi zonse ndipo sindidzakhala pa mavuto.”
7 त्यसको मुख सराप, छलले र हानिकारक शब्दहरूले पूर्ण हुन्छ । त्यसको जिब्रोले घायल पार्छ र नाश गर्छ ।
Mʼkamwa mwake mwadzaza matemberero, mabodza ndi zoopseza; zovutitsa ndi zoyipa zili pansi pa lilime lake.
8 त्यो गाउँको नजिकै ढुकेर बस्छ । गुप्त ठाउँहरूमा त्यसले निर्दोषको हत्या गर्छ । त्यसका आँखाले बेसाहारा पिडितलाई खोज्छ ।
Iye amabisalira anthu pafupi ndi midzi, kuchokera pobisalapo amapha anthu osalakwa, amayangʼanayangʼana mwachinsinsi anthu oti awawononge.
9 सिंह झाडीमा लुकेझैं त्यो गुप्तमा ढुक्छ । थिचोमिचोमा परेकाहरूलाई समात्न त्यो पर्खेर बस्छ । त्यसले आफ्नो जाल तान्दा थिचोमिचोमा परेकाहरूलाई समाउँछ ।
Amabisalira anthu ngati mkango pa zitsamba. Amabisalira kuti agwire anthu opanda mphamvu; amagwira anthu opanda mphamvu ndi kuwakokera mu ukonde wake.
10 त्यसका पन्जामा परेकाहरूलाई टेकिन्छन् र पिटिन्छन् । तिनीहरू त्यसको बलियो जालहरूमा फस्छन् ।
Anthuwo amawapondaponda ndipo amakomoka; amakhala pansi pa mphamvu zake.
11 त्यसले आफ्नो मनमा भन्छ, “परमेश्वरले बिर्सनुभएको छ । उहाँले आफ्नो मुहार ढाक्नुहुन्छ । उहाँले हेर्ने कष्ट गर्नुहुनेछैन ।”
Iye amati mu mtima mwake, “Mulungu wayiwala, wabisa nkhope yake ndipo sakuonanso.”
12 हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्वर, आफ्नो हात उठाउनुहोस्! तिचिएकाहरूलाई नबिर्सनुहोस् ।
Dzukani Yehova! Onetsani dzanja lanu Inu Mulungu. Musayiwale anthu opanda mphamvu.
13 किन दुष्ट मानिसले परमेश्वरलाई इन्कार गर्छन् र आफ्नो हृदयमा यसो भन्छ, “तपाईंले मलाई जवाफदेही बनाउनु हुनेछैन”?
Nʼchifukwa chiyani munthu woyipa amachitira chipongwe Mulungu? Chifukwa chiyani amati mu mtima mwake, “Iye sandiyimba mlandu?”
14 तपाईंले ध्यान दिनुभएको छ, किनकि विपद र दुःख ल्याउनेलाई तपाईंले सदासर्वदा हेर्नुहुन्छ । बेसाहाराले आफैलाई तपाईंमा सुम्पन्छ । तपाईंले अनाथहरूलाई छुटकारा दिनुहुन्छ ।
Komatu Inu Mulungu, mumazindikira mavuto ndi zosautsa, mumaganizira zochitapo kanthu. Wovutikayo amadzipereka yekha kwa Inu pakuti Inu ndi mthandizi wa ana amasiye.
15 दुष्ट र खराब मानिसहरूको पाखुरा भाँच्नुहोस् । त्यसलाई आफ्नो दुष्ट कामहरूको लेखा लिनुहोस्, जुन तपाईंले पत्ता लगाउनु हुन्न भनी त्यसले सोच्यो ।
Thyolani dzanja la woyipitsitsa ndi la munthu woyipa; muzengeni mlandu chifukwa cha zoyipa zake zimene sizikanadziwika.
16 परमप्रभु सदासर्वदा राजा हुनुहुन्छ । जातिहरू उहाँको देशबाट लखेटिन्छन् ।
Yehova ndi Mfumu kwamuyaya; mitundu ya anthu idzawonongeka kuchoka mʼdziko lake.
17 हे परमप्रभु, थिचोमिचोमा परेकाहरूको खाँचोहरूका बारेमा तपाईंले सुन्नुभएको छ । तपाईंले तिनीहरूका हृदयलाई मजबुत पार्नुहुन्छ, तपाईंले तिनीहरूका प्रार्थना सुन्नुहुन्छ ।
Mumamva Inu Yehova, zokhumba za osautsidwa; mumawalimbikitsa ndipo mumamva kulira kwawo.
18 तपाईंले अनाथहरू र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ ताकि पृथ्वीका कुनै पनि मानिसले फेरि आतङ्कित नपारोस् ।
Kuteteza ana amasiye ndi oponderezedwa, ndi cholinga chakuti munthu amene ali wa dziko lapansi asaopsenso.