< हितोपदेश 9 >

1 बुद्धिले आफ्नै घर बनाएको छ । त्यसले चट्टानबाट सातवटा खम्बा गाडेको छ ।
Bilgelik kendi evini yaptı, Yedi direğini yonttu.
2 त्यसले आफ्ना पशुहरू मारेको छ । त्यसले आफ्नो दाखमद्य मिसाएको छ, र त्यसले आफ्नो टेबुल तयार पारेको छ ।
Hayvanlarını kesti, Şarabını hazırlayıp sofrasını kurdu.
3 त्यसले आफ्ना दासीहरूलाई बाहिर पठाएको छ । त्यो सहरको सबैभन्दा अग्लो टाकुराबाट चिच्‍च्याउँछ ।
Kentin en yüksek noktalarına gönderdiği Hizmetçileri aracılığıyla herkesi çağırıyor:
4 “निर्बुद्धि को हो? त्यो यहाँ फर्कोस् ।” त्यो समझ नभएको व्यक्तिसित बोल्छ ।
“Kim safsa buraya gelsin” diyor. Sağduyudan yoksun olanlara da, “Gelin, yiyeceklerimi yiyin, Hazırladığım şaraptan için” diyor.
5 “आएर मेरो खाना खाओ, र मैले मिसाएको दाखमद्य पिओ ।
6 आफ्ना निर्बुद्धि चालहरू त्यागेर बाँच । समझशक्तिको मार्गमा हिँड ।
“Saflığı bırakın da yaşayın, Aklın yolunu izleyin.
7 गिल्ला गर्नेलाई अनुशासनमा राख्‍नेले दुर्व्यवहार पाउँछ, र दुष्‍ट व्यक्तिलाई हप्काउनेले अपमान पाउँछ ।
“Alaycıyı paylayan aşağılanmayı hak eder, Kötü kişiyi azarlayan hakarete uğrar.
8 गिल्ला गर्नेलाई नहप्का, नत्रता त्यसले तँलाई घृणा गर्ने छ । बुद्धिमान् मानिसलाई हप्का, र त्यसले तँलाई प्रेम गर्ने छ ।
Alaycıyı azarlama, yoksa senden nefret eder. Bilge kişiyi azarlarsan, seni sever.
9 बुद्धिमान् व्यक्तिलाई निर्देशन दे, र त्यो अझै बुद्धिमान् हुने छ । धर्मी व्यक्तिलाई सिका, र त्यो अझै सिपालु हुने छ ।
Bilge kişiyi eğitirsen Daha bilge olur, Doğru kişiye öğretirsen bilgisini artırır.
10 परमप्रभुको भय नै बुद्धिको सुरु हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो ।
RAB korkusudur bilgeliğin temeli. Akıl Kutsal Olan'ı tanımaktır.
11 किनकि मद्वारा तेरा दिनहरू धेरै हुने छन्, र तेरो आयु लामो हुने छ ।
Benim sayemde günlerin çoğalacak, Ömrüne yıllar katılacak.
12 तँ बुद्धिमान् भइस् भने तँ आफ्नै लागि बुद्धमान् हुने छस् । तैँले गिल्ला गरिस् भने तैँले त्यो आफैसित बोक्‍ने छस् ।”
Bilgeysen, bilgeliğinin yararı sanadır, Alaycı olursan acısını yalnız sen çekersin.”
13 मूर्ख स्‍त्री अज्ञानी हुन्छे । त्यो अशिक्षित हुन्छे र त्यसलाई केही थाहा हुँदैन ।
Akılsız kadın yaygaracı Ve saftır, hiçbir şey bilmez.
14 त्यो आफ्नो घरको ढोकामा, सहरका सबैभन्दा अग्ला ठाउँहरूमा बस्छे ।
Evinin kapısında, Kentin en yüksek yerinde bir iskemleye oturur; Yoldan geçenleri, Kendi yollarından gidenleri çağırmak için,
15 त्यसले सडकमा हिँड्नेहरू, आफ्नो बाटोम सिधा अगाडि बढ्नेहरूलाई डाक्दै छे ।
16 “कोही निर्बुद्धि छ भने त्यो यहाँ फर्कोस्,” समझशक्ति नभएकाहरूलाई त्यसले भन्छे ।
“Kim safsa buraya gelsin” der. Sağduyudan yoksun olanlara da,
17 “चोरीको पानी मिठो हुन्छ, र गुप्‍तमा खाएको रोटी स्वादिष्‍ट हुन्छ ।”
“Çalıntı su tatlı, Gizlice yenen yemek lezzetlidir” der.
18 तर त्यहाँ मरेकाहरू छन् र त्यस स्‍त्रीले निम्तो दिएका पाहुनाहरू पातालको गहिराइमा छन् भनी त्यसलाई थाहा छैन । (Sheol h7585)
Ne var ki, evine girenler ölüme gittiklerini, Ona konuk olanlar Ölüler diyarının dibine indiklerini bilmezler. (Sheol h7585)

< हितोपदेश 9 >