< हितोपदेश 9 >
1 बुद्धिले आफ्नै घर बनाएको छ । त्यसले चट्टानबाट सातवटा खम्बा गाडेको छ ।
Wisdom hath builded her house, she hath hewn out her seven pillars;
2 त्यसले आफ्ना पशुहरू मारेको छ । त्यसले आफ्नो दाखमद्य मिसाएको छ, र त्यसले आफ्नो टेबुल तयार पारेको छ ।
She hath prepared her meat, she hath mingled her wine; she hath also furnished her table.
3 त्यसले आफ्ना दासीहरूलाई बाहिर पठाएको छ । त्यो सहरको सबैभन्दा अग्लो टाकुराबाट चिच्च्याउँछ ।
She hath sent forth her maidens, she calleth, upon the highest places of the city:
4 “निर्बुद्धि को हो? त्यो यहाँ फर्कोस् ।” त्यो समझ नभएको व्यक्तिसित बोल्छ ।
'Whoso is thoughtless, let him turn in hither'; as for him that lacketh understanding, she saith to him:
5 “आएर मेरो खाना खाओ, र मैले मिसाएको दाखमद्य पिओ ।
'Come, eat of my bread, and drink of the wine which I have mingled.
6 आफ्ना निर्बुद्धि चालहरू त्यागेर बाँच । समझशक्तिको मार्गमा हिँड ।
Forsake all thoughtlessness, and live; and walk in the way of understanding.
7 गिल्ला गर्नेलाई अनुशासनमा राख्नेले दुर्व्यवहार पाउँछ, र दुष्ट व्यक्तिलाई हप्काउनेले अपमान पाउँछ ।
He that correcteth a scorner getteth to himself shame, and he that reproveth a wicked man, it becometh unto him a blot.
8 गिल्ला गर्नेलाई नहप्का, नत्रता त्यसले तँलाई घृणा गर्ने छ । बुद्धिमान् मानिसलाई हप्का, र त्यसले तँलाई प्रेम गर्ने छ ।
Reprove not a scorner, lest he hate thee; reprove a wise man, and he will love thee.
9 बुद्धिमान् व्यक्तिलाई निर्देशन दे, र त्यो अझै बुद्धिमान् हुने छ । धर्मी व्यक्तिलाई सिका, र त्यो अझै सिपालु हुने छ ।
Give to a wise man, and he will be yet wiser; teach a righteous man, and he will increase in learning.
10 परमप्रभुको भय नै बुद्धिको सुरु हो, र परमपवित्रको ज्ञान नै समझशक्ति हो ।
The fear of the LORD is the beginning of wisdom, and the knowledge of the All-holy is understanding.
11 किनकि मद्वारा तेरा दिनहरू धेरै हुने छन्, र तेरो आयु लामो हुने छ ।
For by me thy days shall be multiplied, and the years of thy life shall be increased.
12 तँ बुद्धिमान् भइस् भने तँ आफ्नै लागि बुद्धमान् हुने छस् । तैँले गिल्ला गरिस् भने तैँले त्यो आफैसित बोक्ने छस् ।”
If thou art wise, thou art wise for thyself; and if thou scornest, thou alone shalt bear it.'
13 मूर्ख स्त्री अज्ञानी हुन्छे । त्यो अशिक्षित हुन्छे र त्यसलाई केही थाहा हुँदैन ।
The woman Folly is riotous; she is thoughtless, and knoweth nothing.
14 त्यो आफ्नो घरको ढोकामा, सहरका सबैभन्दा अग्ला ठाउँहरूमा बस्छे ।
And she sitteth at the door of her house, on a seat in the high places of the city,
15 त्यसले सडकमा हिँड्नेहरू, आफ्नो बाटोम सिधा अगाडि बढ्नेहरूलाई डाक्दै छे ।
To call to them that pass by, who go right on their ways:
16 “कोही निर्बुद्धि छ भने त्यो यहाँ फर्कोस्,” समझशक्ति नभएकाहरूलाई त्यसले भन्छे ।
'Whoso is thoughtless, let him turn in hither'; and as for him that lacketh understanding, she saith to him:
17 “चोरीको पानी मिठो हुन्छ, र गुप्तमा खाएको रोटी स्वादिष्ट हुन्छ ।”
'Stolen waters are sweet, and bread eaten in secret is pleasant.'
18 तर त्यहाँ मरेकाहरू छन् र त्यस स्त्रीले निम्तो दिएका पाहुनाहरू पातालको गहिराइमा छन् भनी त्यसलाई थाहा छैन । (Sheol )
But he knoweth not that the shades are there; that her guests are in the depths of the nether-world. (Sheol )