< हितोपदेश 8 >
1 के बुद्धिले आव्हान गर्दैन र? के समझशक्तिले त्यसको सोर उचाल्दैन र?
智慧不是在呼喚,明智不是在發出她的呼聲嗎﹖
2 बाटोको छेउका उच्च ठाउँहरूमा, चौबाटाहरूमा बुद्धिले आफ्नो ठाउँ लिएको छ ।
她站在高崗上,站在通衢大道上,
3 सहरको मूल ढोकाको सामु, प्रवेशद्वारमा त्यो चर्को सोरले यसरी कराउँछ,
她在城門口,在城入口處大聲喊說:
4 “हे मानिसहरू हो, म तिमीहरूलाई नै आव्हान गर्दछु । मेरो सोर मानव-जातिका छोराहरूका लागि हो ।
人呀! 我在向你們呼喚,我在對人子發出呼聲:
5 तिमीहरू जो निर्बुद्धि छौ, बुद्धि प्राप्त गर । तिमीहरू जो मूर्ख छौ, तिमीहरूले समझशक्तिको हृदय प्राप्त गर ।
幼稚的人,你們應學習機智;愚昧的人,你們應學習聰明。
6 सुन, किनकि म आदरणीय कुराहरूको विषयमा बताउने छु, र मेरो ओठ खुला हुँदा मैले सिधा कुराहरू भन्ने छु ।
你們且聽,因為我要講論卓絕的事,開口述說正直的事。
7 किनकि मेरो मुखले भरोसायोग्य कुरा बताउँछ, र दुष्टता मेरो ओठको लागि घृणित कुरो हो ।
的確,我的口只暢談真理,我厭惡虛詐的唇舌。
8 मेरो मुखका सबै वचन न्यायपूर्ण छन् । तिनमा कुनै पनि बाङ्गोटिङ्गो छैन वा तिनले गलत मार्गमा लैजाँदैनन् ।
凡我口述的,無不正直,毫無歪曲或乖僻。
9 बुझ्नेको व्यक्तिको लागि ती सबै सिधा छन् । ज्ञान पाउनेहरूका लागि मेरा वचनहरू उचित छन् ।
我的話為明白的人是誠實的,為有智識的人是正確的。
10 चाँदीभन्दा मेरो निर्देशनलाई प्राप्त गर । निखुर सुनभन्दा मेरो ज्ञानलाई प्राप्त गर ।
你們應聽取我的教訓,而不要銀子;應汲取智識,而不取純金;
11 किनकि बुद्धि रत्नहरूभन्दा बहुमूल्य हुन्छ । कुनै पनि खजाना यसको समान छैन ।
因為智慧勝過任何珍珠,任何可貪戀的事都不能與她倫比。
12 म बुद्धि सावधानीसित बस्छु, र म ज्ञान र विवेक अधिकार गर्छु ।
我──智慧──與機智同居,擁有知識和見識。
13 परमप्रभुको भय खराबीलाई घृणा गर्नु हो । म घमण्ड, अहङ्कार, दुष्ट मार्ग र भड्काउने बोलीवचनलाई घृणा गर्दछु । म तिनीहरूलाई घृणा गर्दछु ।
敬畏上主,就是憎恨邪惡傲慢驕橫,邪惡的行徑和欺詐的口舌,我都憎惡。
14 मसित असल सरसल्लाह र पक्का बुद्धि छ । म अन्तर्दृष्टि हुँ । मसित सामर्थ्य छ ।
機謀才智,屬我所有;聰明勇敢,亦屬於我。
15 मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायपूर्ण व्यवस्था बनाउँछन् ।
藉著我,君王執政,元首秉公行義;
16 मद्वारा नै राजकुमारहरू र कुलीनहरूले शासन गर्छन्, अनि सबैले न्यायसित शासन चलाउँछन् ।
藉著我,統治者統治,王侯治理邦土。
17 मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्दछु, र मलाई परिश्रमसाथ खोज्नेहरूले मलाई भेट्टाउँछन् ।
我愛那愛我的人;凡尋求我的,必找著我。
18 मसित रुपियाँ-पैसा र इज्जत, टिकिरहने धन-सम्पत्ति र धार्मिकता छन् ।
富貴榮譽,恒產正義,都屬我有。
19 मेरो फल सुनभन्दा अर्थात् निखुर सुनभन्दा श्रेष्ठ छ । मेरो उत्पादन निखुर चाँदीभन्दा श्रेष्ठ छ ।
我的果實,勝過黃金純金;我的出產,比淨銀還要寶貴。
20 म धार्मिकताको मार्गमा, न्यायका मार्गहरूका बिचमा हिँड्छु ।
我走在正義的路上,走在公平的路上,
21 परिणामस्वरूप, मलाई प्रेम गर्नेहरूलाई म धन-सम्पत्तिले सम्पन्न तुल्याउने छु । म तिनीहरूका ढुकुटीहरू भरिदिने छु ।
使愛我者獲得產業,充滿他們的寶庫。
22 परमप्रभुले मलाई सुरुमा अर्थात् उहाँका सुरुका कार्यहरूभन्दा पहिले नै सृष्टि गर्नुभयो ।
上主自始即拿我作他行動的起始,作他作為的開端:
23 पृथ्वीको आरम्भदेखि नै युगौँ पहिले मलाई बनाइएको थियो ।
大地還沒有形成以前,遠自太古,從無始我已被立;
24 महासागरहरू हुनुभन्दा पहिले नै, पानीले भरिपूर्ण खोला-नालाहरू हुनुभन्दा पहिले नै मलाई जन्म दिइयो ।
深淵還沒有存在,水泉還沒有湧出以前,我已受生;
25 पहाडहरू स्थापित गरिनुअगि, डाँडाहरू बनाइनुअगि म जन्मेको थिएँ ।
山嶽還沒有奠定,丘陵還沒有存在以前,我已受生。
26 परमप्रभुले पृथ्वी वा जमिनहरू वा संसारको पहिलो धुलो बनाउनुअगि म जन्मेको थिएँ ।
那時,上主還沒有創造大地、原野、和世上土壤的原質;
27 उहाँले आकाशहरू स्थापित गर्नुहुँदा, महासागरको सतहमा घेरा लगाउनुहुँदा म त्यहाँ थिएँ ।
當他建立高天時,我已在場;當他在深淵之上劃出穹蒼時,
28 उहाँले माथि बादलहरू स्थापित गर्नुहुँदा र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा बसाल्नुहुँदा म त्यहाँ थिएँ ।
當他上使穹蒼穩立,下使淵源固定時,
29 उहाँको आज्ञाविना पानी आफ्नो सिमानाभन्दा बाहिर नजाओस् भन्नाका लागि उहाँले समुद्रको सिमा तोकिदिनुहुँदा र सुक्खा भूमिका जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ ।
當他為滄海劃定界限,令水不要越境,給大地奠定基礎時,
30 एउटा सिपालु कारीगरझैँ म उहाँको छेउमा थिएँ । दिनप्रति दिन म उहाँको आनन्द भएँ र सधैँभरि उहाँको सामु आनन्दित हुन्थेँ ।
我已在他身旁,充作技師。那時,我天天是他的喜悅,不斷在他前歡躍,
31 म उहाँको सारा संसारमा रमाउँदै थिएँ, र मानव-जातिका छोराहरूमा मेरो आनन्द थियो ।
歡躍於塵寰之間,樂與世人共處。
32 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, किनकि मेरा मार्गहरूमा हिँड्ने आशिषित् हुने छन् ।
那麼,我兒,你們且聽我:遵循我道路的人是有福的。
33 मेरो निर्देशनलाई सुनेर बुद्धिमान् होओ । यसलाई बेवास्ता नगर ।
你們該聽從教訓,做一智慧人,不要把她拋棄。
34 मेरो कुरा सुन्ने जन आशिषित् हुने छ । मेरा ढोकाहरूको चौकोसनेर प्रतीक्षा गर्दै उसले हरेक दिन मेरा ढोकाहरूमा हेर्ने छ ।
凡聽從我言,天天在我門前守候,在我門框旁侍立的人,是有福的。
35 किनकि मलाई भेट्ने जोसुकैले पनि जीवन पाउँछ, र उसले परमप्रभुको निगाह पाउने छ ।
因為誰找到我,便是找到生命,他必由上主獲得恩寵。
36 तर असफल हुनेले चाहिँ आफ्नै जीवनमा हानि ल्याउँछ । मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छ ।”
但是那得罪我的,等於傷害自己;凡憎恨我的,是自找死亡。