< हितोपदेश 8 >

1 के बुद्धिले आव्हान गर्दैन र? के समझशक्तिले त्यसको सोर उचाल्दैन र?
Kodi nzeru sikuyitana? Kodi nzeru yomvetsa zinthu sinakweze mawu ake?
2 बाटोको छेउका उच्‍च ठाउँहरूमा, चौबाटाहरूमा बुद्धिले आफ्नो ठाउँ लिएको छ ।
Nzeru imayima pa zitunda mʼmbali mwa njira, imayima pa mphambano ya misewu.
3 सहरको मूल ढोकाको सामु, प्रवेशद्वारमा त्यो चर्को सोरले यसरी कराउँछ,
Imafuwula pafupi ndi zipata zolowera mu mzinda, pa makomo olowera imafuwula kuti,
4 “हे मानिसहरू हो, म तिमीहरूलाई नै आव्हान गर्दछु । मेरो सोर मानव-जातिका छोराहरूका लागि हो ।
Inu anthu, ndikuyitana inu; ndikuyitanatu anthu onse.
5 तिमीहरू जो निर्बुद्धि छौ, बुद्धि प्राप्‍त गर । तिमीहरू जो मूर्ख छौ, तिमीहरूले समझशक्तिको हृदय प्राप्‍त गर ।
Inu amene simudziwa kanthunu khalani ochenjera; inu amene ndi opusa, khalani ndi mtima womvetsa zinthu.
6 सुन, किनकि म आदरणीय कुराहरूको विषयमा बताउने छु, र मेरो ओठ खुला हुँदा मैले सिधा कुराहरू भन्‍ने छु ।
Mverani, pakuti ndikukuwuzani zinthu zofunika kwambiri; ndatsekula pakamwa panga ndipo payankhula zolungama.
7 किनकि मेरो मुखले भरोसायोग्य कुरा बताउँछ, र दुष्‍टता मेरो ओठको लागि घृणित कुरो हो ।
Pakamwa panga pamayankhula zoona ndimanyansidwa ndi kuyankhula zoyipa.
8 मेरो मुखका सबै वचन न्यायपूर्ण छन् । तिनमा कुनै पनि बाङ्गोटिङ्गो छैन वा तिनले गलत मार्गमा लैजाँदैनन् ।
Mawu onse a pakamwa panga ndi olungama; mʼmawu angawo mulibe zokhotakhota kapena zopotoka.
9 बुझ्नेको व्यक्तिको लागि ती सबै सिधा छन् । ज्ञान पाउनेहरूका लागि मेरा वचनहरू उचित छन् ।
Kwa anthu ozindikira, mawu anga onse ndi woona; kwa anthu amene ali ndi nzeru zomvetsa zinthu, mawu angawo ndi okhoza.
10 चाँदीभन्दा मेरो निर्देशनलाई प्राप्‍त गर । निखुर सुनभन्दा मेरो ज्ञानलाई प्राप्‍त गर ।
Landirani malangizo anga mʼmalo mwa siliva, nzeru zomvetsa zinthu mʼmalo mwa golide wabwino.
11 किनकि बुद्धि रत्‍नहरूभन्दा बहुमूल्य हुन्छ । कुनै पनि खजाना यसको समान छैन ।
Paja nzeru ndi yabwino kwambiri kuposa miyala yamtengowapatali, ndipo zonse zimene ungazifune sizingafanane ndi nzeru.
12 म बुद्धि सावधानीसित बस्छु, र म ज्ञान र विवेक अधिकार गर्छु ।
Ine nzeru, ndimakhala pamodzi ndi kuchenjera. Ine ndimadziwa zinthu ndiponso ndimalingalira zinthu bwino.
13 परमप्रभुको भय खराबीलाई घृणा गर्नु हो । म घमण्ड, अहङ्कार, दुष्‍ट मार्ग र भड्काउने बोलीवचनलाई घृणा गर्दछु । म तिनीहरूलाई घृणा गर्दछु ।
Kuopa Yehova ndiko kudana ndi zoyipa. Ine ndimadana ndi kunyada, kudzitama, kuchita zoyipa, ndiponso kuyankhula zonyenga.
14 मसित असल सरसल्लाह र पक्‍का बुद्धि छ । म अन्तर्दृष्‍टि हुँ । मसित सामर्थ्य छ ।
Ndine mwini uphungu ndi maganizo abwino; ndili ndi nzeru yomvetsa zinthu ndiponso mphamvu.
15 मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायपूर्ण व्यवस्था बनाउँछन् ।
Ndine amene ndimathandiza mafumu kulamulira. Ndimawathandiza olamulira kukhazikitsa malamulo olungama.
16 मद्वारा नै राजकुमारहरू र कुलीनहरूले शासन गर्छन्, अनि सबैले न्यायसित शासन चलाउँछन् ।
Ndine amene ndimathandiza akalonga polamula. Ndinenso amene ndimathandiza akuluakulu onse kulamulira bwino dziko.
17 मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्दछु, र मलाई परिश्रमसाथ खोज्नेहरूले मलाई भेट्टाउँछन् ।
Ndimakonda amene amandikonda, ndipo amene amandifunafuna amandipeza.
18 मसित रुपियाँ-पैसा र इज्‍जत, टिकिरहने धन-सम्पत्ति र धार्मिकता छन् ।
Ine ndili ndi chuma ndi ulemu, chuma ndi kupindula pa ntchito kokhazikika.
19 मेरो फल सुनभन्दा अर्थात् निखुर सुनभन्दा श्रेष्‍ठ छ । मेरो उत्पादन निखुर चाँदीभन्दा श्रेष्‍ठ छ ।
Chipatso changa ndi chabwino kuposa golide, ngakhale golide wosalala; zimene ine ndimabereka zimaposa siliva wabwino kwambiri.
20 म धार्मिकताको मार्गमा, न्यायका मार्गहरूका बिचमा हिँड्छु ।
Ndimachita zinthu zolungama. Ine sindipatuka mʼnjira za chilungamo.
21 परिणामस्वरूप, मलाई प्रेम गर्नेहरूलाई म धन-सम्पत्तिले सम्पन्‍न तुल्याउने छु । म तिनीहरूका ढुकुटीहरू भरिदिने छु ।
Ndimapereka chuma kwa amene amandikonda ndi kudzaza nyumba zawo zosungiramo chuma.
22 परमप्रभुले मलाई सुरुमा अर्थात् उहाँका सुरुका कार्यहरूभन्दा पहिले नै सृष्‍टि गर्नुभयो ।
“Yehova anandilenga ine nzeru monga ntchito yake yoyamba. Mwa ntchito zake zakalekale yoyamba ndinali ine.
23 पृथ्वीको आरम्भदेखि नै युगौँ पहिले मलाई बनाइएको थियो ।
Ndinapangidwa kalekalelo, pachiyambi penipeni dziko lapansi lisanalengedwe.
24 महासागरहरू हुनुभन्दा पहिले नै, पानीले भरिपूर्ण खोला-नालाहरू हुनुभन्दा पहिले नै मलाई जन्म दिइयो ।
Nyanja, akasupe odzaza ndi madzi, zonsezi kulibe pamene ine ndinkabadwa.
25 पहाडहरू स्थापित गरिनुअगि, डाँडाहरू बनाइनुअगि म जन्मेको थिएँ ।
Mapiri asanakhazikitsidwe pa malo awo, mapiri angʼonoangʼono asanakhalepo, ine ndinali nditabadwa kale,
26 परमप्रभुले पृथ्वी वा जमिनहरू वा संसारको पहिलो धुलो बनाउनुअगि म जन्मेको थिएँ ।
lisanalengedwe dziko lapansi ndi minda yake; lisanalengedwe dothi loyamba la dziko lapansi.
27 उहाँले आकाशहरू स्थापित गर्नुहुँदा, महासागरको सतहमा घेरा लगाउनुहुँदा म त्यहाँ थिएँ ।
Ine ndinalipo pamene Yehova ankakhazikitsa mlengalenga, pamene ankalemba malire a nyanja yozama,
28 उहाँले माथि बादलहरू स्थापित गर्नुहुँदा र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा बसाल्नुहुँदा म त्यहाँ थिएँ ।
pamene anakhazikitsa mitambo ya mlengalenga ndi kukhazikitsa akasupe a madzi ozama,
29 उहाँको आज्ञाविना पानी आफ्नो सिमानाभन्दा बाहिर नजाओस् भन्‍नाका लागि उहाँले समुद्रको सिमा तोकिदिनुहुँदा र सुक्खा भूमिका जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ ।
pamene anayikira nyanja malire kuti madzi asadutse malirewo, ndiponso pamene ankayika malire a dziko lapansi.
30 एउटा सिपालु कारीगरझैँ म उहाँको छेउमा थिएँ । दिनप्रति दिन म उहाँको आनन्द भएँ र सधैँभरि उहाँको सामु आनन्दित हुन्थेँ ।
Tsono ine ndinali pambali pake ngati mmisiri; ndikumukondweretsa tsiku ndi tsiku, kusangalala nthawi zonse pamaso pake.
31 म उहाँको सारा संसारमा रमाउँदै थिएँ, र मानव-जातिका छोराहरूमा मेरो आनन्द थियो ।
Ndinkasangalala ndi dziko lake lonse ndiponso kumakondwera nawo anthu onse.”
32 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, किनकि मेरा मार्गहरूमा हिँड्ने आशिषित् हुने छन् ।
“Ndiye tsono ana inu, ndimvereni; odala anthu amene amasunga njira zanga.
33 मेरो निर्देशनलाई सुनेर बुद्धिमान् होओ । यसलाई बेवास्ता नगर ।
Mverani malangizo anga kuti mukhale ndi nzeru; musanyozere mawu anga.
34 मेरो कुरा सुन्‍ने जन आशिषित् हुने छ । मेरा ढोकाहरूको चौकोसनेर प्रतीक्षा गर्दै उसले हरेक दिन मेरा ढोकाहरूमा हेर्ने छ ।
Wodala munthu amene amandimvera, amene amakhala pa khomo panga tsiku ndi tsiku, kudikirira pa chitseko changa.
35 किनकि मलाई भेट्ने जोसुकैले पनि जीवन पाउँछ, र उसले परमप्रभुको निगाह पाउने छ ।
Paja aliyense amene apeza ine wapeza moyo ndipo Yehova amamukomera mtima.
36 तर असफल हुनेले चाहिँ आफ्नै जीवनमा हानि ल्याउँछ । मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छ ।”
Koma amene alephera kundipeza, amadzipweteka yekha; onse amene amandida amakonda imfa.”

< हितोपदेश 8 >