< हितोपदेश 7 >
1 हे मेरो छोरो, मेरा वचनहरू पालन गर्, र मेरा आज्ञाहरू तँभित्र सञ्चय गरेर राख् ।
My son, keep my words and store up my commands within yourself.
2 मेरा आज्ञाहरू पालन गरेर बाँच्, र मेरो निर्देशनलाई तेरो आँखाको नानीजस्तै जोगाइराख् ।
Keep my commands and live and keep my instruction as the apple of your eye.
3 तिनलाई तेरा औँलाहरूमा बेह्रेर राख् । तिनलाई तेरो हृदयको पाटीमा लेखेर राख् ।
Tie them on your fingers; write them on the tablet of your heart.
4 बुद्धिलाई भन्, “तिमी मेरी बहिनी हौँ,” र समझशक्तिलाई आफ्नो आफन्त भन् ।
Say to wisdom, “You are my sister,” and call understanding your kinsman,
5 तब तिनले तँलाई व्यभिचारी स्त्री र अनैतिक स्त्रीको मोहित तुल्याउने कुराहरूबाट बचाउने छन् ।
in order to keep yourself from the adulterous woman, from the immoral woman with her smooth words.
6 मेरो घरको झ्यालमा बसेर मैले आँखी-झ्यालबाट हेर्दै थिएँ ।
At the window of my house I was looking out through the lattice.
7 मैले सोझा मानिसहरूलाई हेरेँ, र युवाहरूका बिचमा एक जना निर्बुद्धिलाई ख्याल गरेँ ।
I looked at the naive people, and I noticed among the young men a youth who had no sense.
8 त्यो जवान मानिस त्यस स्त्री बस्ने गल्ली नजिकबाट गयो, र त्यो स्त्रीको घरतर्फ लाग्यो ।
That young man passed down the street near her corner, and he went toward her house.
9 साँझको बेलामा दिन ढल्कँदै थियो, जुन बेला अन्धकार छाएको थियो ।
It was twilight, in the evening of the day, at the time of night and darkness.
10 एउटी स्त्रीले त्यसलाई भेटी, जसले वेश्याले जस्तै पहिरन लगाएकी थिई र त्यसको हृदय धूर्त थियो ।
There a woman met him, dressed like a prostitute, with a false heart.
11 त्यो चञ्चली र जिद्दीवाल थिई । त्यो आफ्नो घरमा बस्दिनथी ।
She was loud and wayward; her feet did not stay at home.
12 त्यो कहिले सडकमा त कहिले बजारमा बस्थी, अनि हरेक कुनाकाप्चामा त्यो लुकेर बस्थी ।
Now in the streets, then in the market place, and at every corner she waited in ambush.
13 त्यसले उसलाई पक्रेर चुम्बन गरी, र निर्लज्ज चेहरा लिएर भनी,
So she grabbed him and kissed him, with a strong face she said to him,
14 “आज मैले आफ्नो मेलबलि चढाएँ; मेरा भाकलहरू पुरा गरेँ ।
“I made my peace offering today, I paid my vows,
15 त्यसैले म तपाईंलाई भेट्न, उत्सुकतासाथ तपाईंको मुहार हेर्न आएकी हुँ, र अहिले मैले तपाईंलाई भेट्टाएकी छु ।
so came I out to meet you, to eagerly seek your face, and I have found you.
16 मैले मेरो ओछ्यानमा मिश्र देशको रङ्गिन तन्ना ओछ्याएकी छु ।
I have spread coverings on my bed, colored linens from Egypt.
17 मैले मेरो ओछ्यानमा मूर्र, एलवा र दालचिनी छर्केकी छु ।
I have sprinkled my bed with myrrh, aloes, and cinnamon.
18 आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौँ । हामी प्रेमको कार्यमा रमाऔँ ।
Come, let us drink our fill of love until morning; let us take great pleasure in acts of love.
19 किनकि मेरा पति घरमा हुनुहुन्न । उहाँ लामो यात्रामा जानुभएको छ ।
For my husband is not at his house; he has gone on a long journey.
20 उहाँले आफूसित पैसाको थैली लिएर जानुभएको छ । उहाँ पूर्णिमामा मात्र घर फर्कनुहुने छ ।”
He took a bag of money with him; he will return on the day of the full moon.”
21 धेरै कुराकानी गरेर त्यो उसकहाँ फर्की । त्यसले आफ्ना मोहित तुल्याउने कुराहरूलाई उसलाई फकाई ।
With much talk she turned him; with her smooth lips she misled him.
22 मारिनलाई लगिएको गोरुझैँ र पासोमा परेको मृगझैँ त्यो अकस्मात् स्त्रीको पछि लाग्यो ।
He went after her suddenly like an ox going to slaughter, like a deer caught in a trap,
23 वाणले त्यसको कलेजो नछेडेसम्म त्यो पछि लागरिरह्यो । त्यो जालतिर कुदिरहरेको चरोजस्तो थियो । आफ्नो ज्यानै गुमाउनुपर्थ्यो भनी त्यसलाई थाहा थिएन ।
until an arrow pierces through its liver. He was like a bird rushing into a snare. He did not know that it would cost his life.
24 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरा मुखका वचनहरूलाई ध्यान देओ ।
Now, my sons, listen to me; pay attention to the words of my mouth.
25 तिमीहरूको हृदय त्यसका मार्गहरूमा नलागोस् । त्यसका मार्गहरूमा बरालिएर नजाओ ।
May your heart not turn aside onto her paths; do not be led astray onto her paths.
26 त्यसले धेरै मानिसहरूलाई फसाएकी छे । त्यसका सिकारहरू धेरै छन् ।
She has caused many people to fall down pierced; her dead victims are very many.
27 त्यसको घर पातालका मार्गहरूमा छ । तिनीहरू मृत्युका अन्धकारपूर्ण कोठाहरूमा जान्छन् । (Sheol )
Her house is on the paths to Sheol; they go down to the dark bedrooms of death. (Sheol )