< हितोपदेश 7 >

1 हे मेरो छोरो, मेरा वचनहरू पालन गर्, र मेरा आज्ञाहरू तँभित्र सञ्चय गरेर राख् ।
我儿,你要遵守我的言语, 将我的命令存记在心。
2 मेरा आज्ञाहरू पालन गरेर बाँच्, र मेरो निर्देशनलाई तेरो आँखाको नानीजस्तै जोगाइराख् ।
遵守我的命令就得存活; 保守我的法则, 好像保守眼中的瞳人,
3 तिनलाई तेरा औँलाहरूमा बेह्रेर राख् । तिनलाई तेरो हृदयको पाटीमा लेखेर राख् ।
系在你指头上, 刻在你心版上。
4 बुद्धिलाई भन्, “तिमी मेरी बहिनी हौँ,” र समझशक्तिलाई आफ्नो आफन्त भन् ।
对智慧说:你是我的姊妹, 称呼聪明为你的亲人,
5 तब तिनले तँलाई व्यभिचारी स्‍त्री र अनैतिक स्‍त्रीको मोहित तुल्याउने कुराहरूबाट बचाउने छन् ।
她就保你远离淫妇, 远离说谄媚话的外女。
6 मेरो घरको झ्यालमा बसेर मैले आँखी-झ्यालबाट हेर्दै थिएँ ।
我曾在我房屋的窗户内, 从我窗棂之间往外观看:
7 मैले सोझा मानिसहरूलाई हेरेँ, र युवाहरूका बिचमा एक जना निर्बुद्धिलाई ख्याल गरेँ ।
见愚蒙人内,少年人中, 分明有一个无知的少年人,
8 त्यो जवान मानिस त्यस स्‍त्री बस्‍ने गल्ली नजिकबाट गयो, र त्यो स्‍त्रीको घरतर्फ लाग्यो ।
从街上经过,走近淫妇的巷口, 直往通她家的路去,
9 साँझको बेलामा दिन ढल्कँदै थियो, जुन बेला अन्धकार छाएको थियो ।
在黄昏,或晚上, 或半夜,或黑暗之中。
10 एउटी स्‍त्रीले त्यसलाई भेटी, जसले वेश्याले जस्तै पहिरन लगाएकी थिई र त्यसको हृदय धूर्त थियो ।
看哪,有一个妇人来迎接他, 是妓女的打扮,有诡诈的心思。
11 त्यो चञ्चली र जिद्दीवाल थिई । त्यो आफ्नो घरमा बस्दिनथी ।
这妇人喧嚷,不守约束, 在家里停不住脚,
12 त्यो कहिले सडकमा त कहिले बजारमा बस्थी, अनि हरेक कुनाकाप्चामा त्यो लुकेर बस्थी ।
有时在街市上,有时在宽阔处, 或在各巷口蹲伏,
13 त्यसले उसलाई पक्रेर चुम्बन गरी, र निर्लज्‍ज चेहरा लिएर भनी,
拉住那少年人,与他亲嘴, 脸无羞耻对他说:
14 “आज मैले आफ्नो मेलबलि चढाएँ; मेरा भाकलहरू पुरा गरेँ ।
平安祭在我这里, 今日才还了我所许的愿。
15 त्यसैले म तपाईंलाई भेट्न, उत्सुकतासाथ तपाईंको मुहार हेर्न आएकी हुँ, र अहिले मैले तपाईंलाई भेट्टाएकी छु ।
因此,我出来迎接你, 恳切求见你的面,恰巧遇见了你。
16 मैले मेरो ओछ्यानमा मिश्र देशको रङ्गिन तन्‍ना ओछ्याएकी छु ।
我已经用绣花毯子 和埃及线织的花纹布铺了我的床。
17 मैले मेरो ओछ्यानमा मूर्र, एलवा र दालचिनी छर्केकी छु ।
我又用没药、沉香、桂皮 薰了我的榻。
18 आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौँ । हामी प्रेमको कार्यमा रमाऔँ ।
你来,我们可以饱享爱情,直到早晨; 我们可以彼此亲爱欢乐。
19 किनकि मेरा पति घरमा हुनुहुन्‍न । उहाँ लामो यात्रामा जानुभएको छ ।
因为我丈夫不在家,出门行远路;
20 उहाँले आफूसित पैसाको थैली लिएर जानुभएको छ । उहाँ पूर्णिमामा मात्र घर फर्कनुहुने छ ।”
他手拿银囊,必到月望才回家。
21 धेरै कुराकानी गरेर त्यो उसकहाँ फर्की । त्यसले आफ्ना मोहित तुल्याउने कुराहरूलाई उसलाई फकाई ।
淫妇用许多巧言诱他随从, 用谄媚的嘴逼他同行。
22 मारिनलाई लगिएको गोरुझैँ र पासोमा परेको मृगझैँ त्यो अकस्मात् स्‍त्रीको पछि लाग्यो ।
少年人立刻跟随她,好像牛往宰杀之地; 又像愚昧人带锁链去受刑罚,
23 वाणले त्यसको कलेजो नछेडेसम्म त्यो पछि लागरिरह्‍यो । त्यो जालतिर कुदिरहरेको चरोजस्तो थियो । आफ्नो ज्यानै गुमाउनुपर्थ्यो भनी त्यसलाई थाहा थिएन ।
直等箭穿他的肝; 如同雀鸟急入网罗,却不知是自丧己命。
24 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरा मुखका वचनहरूलाई ध्यान देओ ।
众子啊,现在要听从我, 留心听我口中的话。
25 तिमीहरूको हृदय त्यसका मार्गहरूमा नलागोस् । त्यसका मार्गहरूमा बरालिएर नजाओ ।
你的心不可偏向淫妇的道, 不要入她的迷途。
26 त्यसले धेरै मानिसहरूलाई फसाएकी छे । त्यसका सिकारहरू धेरै छन् ।
因为,被她伤害仆倒的不少; 被她杀戮的而且甚多。
27 त्यसको घर पातालका मार्गहरूमा छ । तिनीहरू मृत्युका अन्धकारपूर्ण कोठाहरूमा जान्छन् । (Sheol h7585)
她的家是在阴间之路, 下到死亡之宫。 (Sheol h7585)

< हितोपदेश 7 >