< हितोपदेश 6 >
1 हे मेरो छोरो, आफ्नो छिमेकीको ऋणको लागि तँ जमानी बसेको छस्, वा आफूले नचिनेको व्यक्तिको ऋणको लागि तैँले प्रतिज्ञा गरेको छस् भने,
Hijo mío, si salieres fiador por tu amigo, si prometiste al extraño,
2 तेरो प्रतिज्ञाद्वारा तैँले आफैलाई पासो थापेको छस्, र तेरो मुखको वचनद्वारा तँ पक्रिएको छस् ।
enlazado eres con las palabras de tu boca, y preso con las razones de tu boca.
3 हे मेरो छोरो, तेरो वचनद्वारा तँ पक्राउ पर्दा यसो गरेर आफैलाई बचा, किनकि तँ तेरो छिमेकीको हातमा परिसकेको छस् । गएर आफैलाई विनम्र तुल्या, र तेरो छिमेकीको सामु आफ्नो मामला राख ।
Haz esto ahora, hijo mío, y líbrate, porque has caído en la mano de tu prójimo; ve, humíllate, y esfuerza tu prójimo.
4 आँखामा निद्रा पर्न नदे, र तेरा पलकलाई बन्द हुन नदे ।
No des sueño a tus ojos, ni a tus párpados adormecimiento.
5 सिकारीको हातबाट हरिण उम्केझैँ र व्यधाको हातबाट चरा उम्केझैँ आफैलाई बचा ।
Escápate como la gacela de la mano del cazador, y como el ave de la mano del parancero.
6 ए अल्छे मानिस, कमिलालाई हेर् । त्यसका चालहरूलाई विचार गरेर बुद्धिमानी बन् ।
Ve a la hormiga, oh perezoso, mira sus caminos, y sé sabio;
7 त्यसको कुनै अगुवा, हाकिम वा शासक हुँदैन,
la cual no teniendo capitán, ni gobernador, ni señor,
8 तरै पनि ग्रिष्म ऋतुमा त्यसले आफ्नो भोजन तयार गर्छ, र कटनीको बेला आफ्नो खानेकुरा सञ्चय गर्छ ।
prepara en el verano su comida y en el tiempo de la siega allega su mantenimiento.
9 ए अल्छे मानिस, तँ कहिलेसम्म सुत्ने छस्? तेरो निद्राबाट तँ कहिले ब्युँझने छस्?
Perezoso, ¿hasta cuándo has de dormir? ¿Cuándo te levantarás de tu sueño?
10 क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्ने कामले
Tomando un poco de sueño, cabeceando otro poco, y cruzado los brazos otro poco para volver a dormir;
11 गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ ।
así vendrá tu necesidad como caminante, y tu pobreza como hombre de escudo.
12 बेकम्मा व्यक्ति अर्थात् दुष्ट मानिस आफ्नो जाली बोलिवचनद्वारा जिउँछ ।
El hombre perverso es varón inicuo, anda en perversidad de boca;
13 त्यसले आफ्ना आँखा झिम्काउँछ, आफ्नो खुट्टाले सङ्केत गर्छ र आफ्ना औँलाले इसारा गर्छ ।
guiña con sus ojos, habla con sus pies, enseña con sus dedos;
14 त्यसले आफ्नो हृदयमा छल राखेर दुष्ट योजना बनाउँछ । त्यसले सधैँ विवाद निम्त्याउँछ ।
perversidades hay en su corazón, anda pensando mal en todo tiempo; enciende rencillas.
15 त्यसकारण त्यसको विपत्तिले त्यसलाई एकै क्षणमा आक्रमण गर्ने छ । क्षण भरमा नै निको नहुने गरी त्यो टुट्ने छ ।
Por tanto su calamidad vendrá de repente; súbitamente será quebrantado, y no habrá remedio.
16 छवटा कुरा छन् जसलाई परमप्रभु घृणा गर्नुहुन्छ, र सातौचाहिँ उहाँको लागि घिनलाग्दो छ ।
Seis cosas aborrece el SEÑOR, y aun siete abomina su alma:
17 अहङ्कारी व्यक्तिका आँखा, झुट बोल्ने जिब्रो, निर्दोष मानिसहरूको रगत बगाउने हात,
Los ojos altivos, la lengua mentirosa, las manos derramadoras de sangre inocente,
18 दुष्ट योजनाहरू रच्ने हृदय, खराबी गर्न अग्रसर हुने खुट्टा,
el corazón que maquina pensamientos inicuos, los pies presurosos para correr al mal,
19 झुट बोल्ने साक्षी र दाजुभाइहरूका बिचमा विवाद उत्पन्न गर्ने मानिस ।
el testigo falso que habla mentiras, y el que enciende rencillas entre los hermanos.
20 हे मेरो छोरो, आफ्नो बुबाको आज्ञा मान्, र आफ्नी आमाको शिक्षालाई नत्याग् ।
Guarda, hijo mío, el mandamiento de tu padre, y no dejes la ley de tu madre;
21 तिनलाई सधैँ तेरो हृदयमा बाँधिराख् । तिनलाई तेरो गलाको वरिपरि बाँधिराख् ।
átala siempre en tu corazón, enlázala a tu cuello.
22 तँ हिँड्दा तिनले तँलाई अगुवाइ गर्ने छन् । तँ सुत्दा तिनले तेरो हेरचाह गर्ने छन्, र तँ ब्युँझँदा तिनले तँलाई सिकाउने छन् ।
Te guiará cuando anduvieres; cuando durmieres te guardará; hablará contigo cuando despertares.
23 किनकि आज्ञाहरू बत्ती र शिक्षा ज्योति हुन् । निर्देशनद्वारा आउने सुधार जीवनका मार्ग हुन् ।
Porque el mandamiento es candela, y la enseñanza luz; y camino de vida las reprensiones del castigo;
24 यसले तँलाई अनैतिक स्त्रीबाट बचाउने छ, र त्यसका चिल्ला वचनहरूबाट जोगाउने छ ।
para que te guarden de la mala mujer, de la blandura de la lengua de la extraña.
25 त्यसको सुन्दरताको कारण तेरो हृदयमा कामवासनाले नजल, र त्यसका आँखाले तँलाई नफसाओस् ।
No codicies su hermosura en tu corazón, ni ella te prenda con sus ojos;
26 वेश्यासितको सुताइको मूल्य रोटीको एउटा टुक्रा हुन सक्छ, तर अर्काकी पत्नीको लागि तैँले आफ्नो जीवनै गुमाउनुपर्ने हुन सक्छ ।
porque a causa de la mujer ramera es reducido el hombre a un bocado de pan; y la mujer caza la preciosa alma del varón.
27 के आफ्नो लुगा नडढाइकन कसैले आफ्नो काखमा आगो राख्न सक्छ?
¿Tomará el hombre fuego en su seno, sin que sus vestidos se quemen?
28 के आफ्नो खुट्टा नजलाइकन कुनै मानिस आगोको भुङ्ग्रोमा हिँड्न सक्छ?
¿Andará el hombre sobre las brasas, sin que sus pies se quemen?
29 आफ्नो छिमेकीकी पत्नीसित सुत्ने पुरुष पनि त्यस्तै हुन्छ । त्यससित सुत्ने मानिस दण्डविना उम्कने छैन ।
Así el que entrare a la mujer de su prójimo; no será sin culpa cualquiera que la tocare.
30 भोकाएको मानिसले आफ्नो भोक मेट्न चोरी गर्यो भने मानिसहरूले त्यसलाई तुच्छ ठान्दैनन् ।
No tienen en poco al ladrón, aún cuando hurtare para saciar su alma teniendo hambre;
31 तापनि त्यो पक्राउ पर्यो भने त्यसले आफूले चोरेको सात गुणा बढी तिर्नुपर्ने हुन्छ । त्यसले आफ्नो घरमा भएको हरेक थोक दिनुपर्ने हुन सक्छ ।
tomado, paga siete veces; da toda la sustancia de su casa.
32 व्यभिचार गर्ने व्यक्ति समझविनाको हुन्छ । यसो गर्नेले आफैलाई नष्ट पार्छ ।
Mas el que comete adulterio con la mujer, es falto de corazón; corrompe su alma el que tal hace.
33 त्यो चोट र लाजको हकदार बन्छ, र त्यसको अपमान मेटिने छैन ।
Plaga y vergüenza hallará; y su afrenta nunca será raída.
34 किनकि लालचले मानिसलाई क्रोधित तुल्याउँछ । त्यसले बदला लिँदा कृपा देखाउने छैन ।
Porque el celo sañudo del varón no perdonará en el día de la venganza;
35 त्यसले कुनै क्षतिपूर्ति स्वीकार गर्ने छैन, र धेरै घुस दिए तापनि त्यसलाई किन्न सकिँदैन ।
no tendrá respeto a ninguna redención; ni querrá perdonar, aunque multipliques el cohecho.