< हितोपदेश 6 >

1 हे मेरो छोरो, आफ्नो छिमेकीको ऋणको लागि तँ जमानी बसेको छस्, वा आफूले नचिनेको व्यक्तिको ऋणको लागि तैँले प्रतिज्ञा गरेको छस् भने,
fili mi si spoponderis pro amico tuo defixisti apud extraneum manum tuam
2 तेरो प्रतिज्ञाद्वारा तैँले आफैलाई पासो थापेको छस्, र तेरो मुखको वचनद्वारा तँ पक्रिएको छस् ।
inlaqueatus es verbis oris tui et captus propriis sermonibus
3 हे मेरो छोरो, तेरो वचनद्वारा तँ पक्राउ पर्दा यसो गरेर आफैलाई बचा, किनकि तँ तेरो छिमेकीको हातमा परिसकेको छस् । गएर आफैलाई विनम्र तुल्या, र तेरो छिमेकीको सामु आफ्नो मामला राख ।
fac ergo quod dico fili mi et temet ipsum libera quia incidisti in manu proximi tui discurre festina suscita amicum tuum
4 आँखामा निद्रा पर्न नदे, र तेरा पलकलाई बन्द हुन नदे ।
ne dederis somnum oculis tuis nec dormitent palpebrae tuae
5 सिकारीको हातबाट हरिण उम्केझैँ र व्यधाको हातबाट चरा उम्केझैँ आफैलाई बचा ।
eruere quasi dammula de manu et quasi avis de insidiis aucupis
6 ए अल्छे मानिस, कमिलालाई हेर् । त्यसका चालहरूलाई विचार गरेर बुद्धिमानी बन् ।
vade ad formicam o piger et considera vias eius et disce sapientiam
7 त्यसको कुनै अगुवा, हाकिम वा शासक हुँदैन,
quae cum non habeat ducem nec praeceptorem nec principem
8 तरै पनि ग्रिष्म ऋतुमा त्यसले आफ्नो भोजन तयार गर्छ, र कटनीको बेला आफ्नो खानेकुरा सञ्चय गर्छ ।
parat aestate cibum sibi et congregat in messe quod comedat
9 ए अल्छे मानिस, तँ कहिलेसम्म सुत्‍ने छस्? तेरो निद्राबाट तँ कहिले ब्युँझने छस्?
usquequo piger dormis quando consurges ex somno tuo
10 क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्‍ने कामले
paululum dormies paululum dormitabis paululum conseres manus ut dormias
11 गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ ।
et veniet tibi quasi viator egestas et pauperies quasi vir armatus
12 बेकम्मा व्यक्ति अर्थात् दुष्‍ट मानिस आफ्नो जाली बोलिवचनद्वारा जिउँछ ।
homo apostata vir inutilis graditur ore perverso
13 त्यसले आफ्ना आँखा झिम्काउँछ, आफ्नो खुट्टाले सङ्केत गर्छ र आफ्ना औँलाले इसारा गर्छ ।
annuit oculis terit pede digito loquitur
14 त्यसले आफ्नो हृदयमा छल राखेर दुष्‍ट योजना बनाउँछ । त्यसले सधैँ विवाद निम्त्याउँछ ।
pravo corde machinatur malum et in omni tempore iurgia seminat
15 त्यसकारण त्यसको विपत्तिले त्यसलाई एकै क्षणमा आक्रमण गर्ने छ । क्षण भरमा नै निको नहुने गरी त्यो टुट्ने छ ।
huic extemplo veniet perditio sua et subito conteretur nec habebit ultra medicinam
16 छवटा कुरा छन् जसलाई परमप्रभु घृणा गर्नुहुन्छ, र सातौचाहिँ उहाँको लागि घिनलाग्दो छ ।
sex sunt quae odit Dominus et septimum detestatur anima eius
17 अहङ्कारी व्यक्तिका आँखा, झुट बोल्ने जिब्रो, निर्दोष मानिसहरूको रगत बगाउने हात,
oculos sublimes linguam mendacem manus effundentes innoxium sanguinem
18 दुष्‍ट योजनाहरू रच्ने हृदय, खराबी गर्न अग्रसर हुने खुट्टा,
cor machinans cogitationes pessimas pedes veloces ad currendum in malum
19 झुट बोल्ने साक्षी र दाजुभाइहरूका बिचमा विवाद उत्पन्‍न गर्ने मानिस ।
proferentem mendacia testem fallacem et eum qui seminat inter fratres discordias
20 हे मेरो छोरो, आफ्नो बुबाको आज्ञा मान्, र आफ्नी आमाको शिक्षालाई नत्याग् ।
conserva fili mi praecepta patris tui et ne dimittas legem matris tuae
21 तिनलाई सधैँ तेरो हृदयमा बाँधिराख् । तिनलाई तेरो गलाको वरिपरि बाँधिराख् ।
liga ea in corde tuo iugiter et circumda gutturi tuo
22 तँ हिँड्दा तिनले तँलाई अगुवाइ गर्ने छन् । तँ सुत्दा तिनले तेरो हेरचाह गर्ने छन्, र तँ ब्युँझँदा तिनले तँलाई सिकाउने छन् ।
cum ambulaveris gradiantur tecum cum dormieris custodiant te et evigilans loquere cum eis
23 किनकि आज्ञाहरू बत्ती र शिक्षा ज्योति हुन् । निर्देशनद्वारा आउने सुधार जीवनका मार्ग हुन् ।
quia mandatum lucerna est et lex lux et via vitae increpatio disciplinae
24 यसले तँलाई अनैतिक स्‍त्रीबाट बचाउने छ, र त्यसका चिल्ला वचनहरूबाट जोगाउने छ ।
ut custodiant te a muliere mala et a blanda lingua extraneae
25 त्यसको सुन्दरताको कारण तेरो हृदयमा कामवासनाले नजल, र त्यसका आँखाले तँलाई नफसाओस् ।
non concupiscat pulchritudinem eius cor tuum nec capiaris nutibus illius
26 वेश्यासितको सुताइको मूल्य रोटीको एउटा टुक्रा हुन सक्छ, तर अर्काकी पत्‍नीको लागि तैँले आफ्नो जीवनै गुमाउनुपर्ने हुन सक्छ ।
pretium enim scorti vix unius est panis mulier autem viri pretiosam animam capit
27 के आफ्नो लुगा नडढाइकन कसैले आफ्नो काखमा आगो राख्‍न सक्छ?
numquid abscondere potest homo ignem in sinu suo ut vestimenta illius non ardeant
28 के आफ्नो खुट्टा नजलाइकन कुनै मानिस आगोको भुङ्ग्रोमा हिँड्न सक्छ?
aut ambulare super prunas et non conburentur plantae eius
29 आफ्नो छिमेकीकी पत्‍नीसित सुत्‍ने पुरुष पनि त्यस्तै हुन्छ । त्यससित सुत्‍ने मानिस दण्डविना उम्कने छैन ।
sic qui ingreditur ad mulierem proximi sui non erit mundus cum tetigerit eam
30 भोकाएको मानिसले आफ्नो भोक मेट्न चोरी गर्‍यो भने मानिसहरूले त्यसलाई तुच्छ ठान्दैनन् ।
non grandis est culpae cum quis furatus fuerit furatur enim ut esurientem impleat animam
31 तापनि त्यो पक्राउ पर्‍यो भने त्यसले आफूले चोरेको सात गुणा बढी तिर्नुपर्ने हुन्छ । त्यसले आफ्नो घरमा भएको हरेक थोक दिनुपर्ने हुन सक्छ ।
deprehensus quoque reddet septuplum et omnem substantiam domus suae tradet
32 व्यभिचार गर्ने व्यक्ति समझविनाको हुन्छ । यसो गर्नेले आफैलाई नष्‍ट पार्छ ।
qui autem adulter est propter cordis inopiam perdet animam suam
33 त्यो चोट र लाजको हकदार बन्छ, र त्यसको अपमान मेटिने छैन ।
turpitudinem et ignominiam congregat sibi et obprobrium illius non delebitur
34 किनकि लालचले मानिसलाई क्रोधित तुल्याउँछ । त्यसले बदला लिँदा कृपा देखाउने छैन ।
quia zelus et furor viri non parcet in die vindictae
35 त्यसले कुनै क्षतिपूर्ति स्वीकार गर्ने छैन, र धेरै घुस दिए तापनि त्यसलाई किन्‍न सकिँदैन ।
nec adquiescet cuiusquam precibus nec suscipiet pro redemptione dona plurima

< हितोपदेश 6 >