< हितोपदेश 5 >
1 हे मेरो छोरो, मेरो बुद्धिमा ध्यान लगा । मेरो समझशक्तिमा कान थाप ।
Hijo mío, atiende a mi sabiduría, E inclina tu oído a mi entendimiento,
2 यसरी तैँले विवेकको विषयमा सिक्ने छस्, र तेरो ओठले ज्ञानको रक्षा गर्न सक्ने छ ।
Para que guardes discreción Y tus labios conserven conocimiento.
3 किनकि व्यभिचारी स्त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ ।
Porque los labios de la mujer inmoral destilan miel, Y su paladar es más suave que el aceite.
4 तर अन्त्यमा त्यो ऐरेलु जत्तिकै तितो हुन्छ, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ ।
Pero su propósito es amargo como el ajenjo Y agudo como espada de dos filos.
5 त्यसको खुट्टा मृत्युतिर ओह्रालो लाग्छ । त्यसका कदमहरू पातालको मार्गमा जान्छन् । (Sheol )
Sus pies descienden a la muerte. Sus pasos se precipitan al Seol. (Sheol )
6 त्यसले जीवनको मार्गको बारेमा सोच्दैन । त्यसका चालहरू भौँतारिन्छन् । कहाँ जाँदै छे भनी त्यसलाई थाहै हुँदैन ।
No considera el camino de la vida. Sus sendas son inestables, pero ella no lo sabe.
7 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरो मुखका वचनहरू सुन्नदेखि नतर्क ।
Ahora, pues, hijos, escúchenme. No se aparten de las palabras de mi boca:
8 तिमीहरूको मार्ग त्यसबाट परै राख, र त्यसको घरको ढोका नजिक नआओ ।
Aleja de ella tu camino. No te acerques a la puerta de su casa
9 यसरी तिमीहरूले आफ्नो इज्जत अरूलाई दिने छैनौ वा तिमीहरूको उमेर क्रुर व्यक्तिलाई दिने सुम्पने छैनौ ।
No sea que des a otros tu vigor, Y tus años al cruel.
10 परदेशीहरूले तिमीहरूको धन-सम्पत्तिमा भोज लगाउने छैनन् । तिमीहरूले जेको लागि काम गरेका छौ, त्यो परदेशीहरूको घरमा जाने छैन ।
No sea que los extraños se llenen de tus fuerzas, Y tu esfuerzo se quede en casa ajena.
11 तिमीहरूका मासु र छाला गलिसक्दा तिमीहरूको जीवनको अन्त्यमा तिमीहरूले विलाप गर्ने छौ ।
Gemirás cuando te llegue el desenlace, Y se consuma la carne de tu cuerpo.
12 तिमीहरूले भन्ने छौ, “हाय, मैले निर्देशनलाई कसरी घृणा गरेँ, र मेरो हृदयले सुधारलाई तुच्छ ठान्यो!
Entonces dirás: ¡Cómo aborrecí la corrección, Y mi corazón menospreció la reprensión!
13 मैले मेरा शिक्षकहरूको आज्ञा मानिनँ वा मेरा प्रशिक्षकहरूका कुरा सुन्न कान थापिनँ ।
¡No hice caso a la voz de mis maestros, Ni presté oído a mis instructores!
14 सभाको बिचमा, मानिसहरूको जमघटमा म झण्डै पूर्ण रूपमा विनाश भएँ ।”
Casi en la cima de todo mal estuve En medio de la asamblea y de la congregación.
15 आफ्नै कुण्डको पानी पिउनू, र आफ्नै कुवाबाट बगेको पानी पिउनू ।
Bebe el agua de tu propia cisterna, Y el agua fresca de tu propio pozo.
16 के तेरो कुवाको पानी जताततै र तेरो खोलाको पानी सार्वजनिक चोकहरूमा बग्न दिने?
¿Se derramarán afuera tus manantiales, Tus corrientes de aguas por las plazas?
17 ती तेरा लागि मात्र होऊन्, र तँसित भएका परदेशीहरूका लागि नहोऊन् ।
¡Sean solamente tuyos, Y no de extraños contigo!
18 तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित भएको होस् ।
Sea bendito tu manantial Y regocíjate con la esposa de tu juventud,
19 किनकि त्यो मायालु मृग र अनुग्रहमय हरिणझैँ छे । त्यसका स्तनहरूले तँलाई सधैँभरि सन्तुष्ट पारून् । त्यसको प्रेमद्वारा तँ निरन्तर रूपमा मोहित तुल्याइएको होस् ।
Como hermosa venada o graciosa gacela, Sus pechos te satisfagan en todo tiempo, Y recréate siempre con su amor.
20 हे मेरो छोरो, तँ किन व्यभिचारी स्त्रीद्वारा फसाइने? तैँले किन अनैतिक स्त्रीलाई अङ्गालो हाल्ने?
¿Por qué, hijo mío, estarás apasionado con mujer ajena, Y abrazarás el seno de una extraña?
21 मानिसले गर्ने हरेक कुरो परमप्रभुले देख्नुहुन्छ, र त्यसका सबै मार्गलाई उहाँले निगरानी गर्नुहुन्छ ।
Porque los caminos del hombre están ante los ojos de Yavé. Él observa todas sus sendas.
22 दुष्ट व्यक्ति आफ्नै अधर्मद्वारा पासोमा पर्ने छ । त्यसको पापका डोरीहरूले त्यसलाई कसेर बाँध्ने छ ।
En su propia iniquidad quedará atrapado el inicuo. Será atado con las cuerdas de su propio pecado.
23 निर्देशनको कमीले त्यो मर्ने छ । त्यसको असीम मूर्खताद्वारा त्यसले बाटो बिराउँछ ।
Morirá por falta de corrección, Extraviado en la inmensidad de su locura.