< हितोपदेश 5 >

1 हे मेरो छोरो, मेरो बुद्धिमा ध्यान लगा । मेरो समझशक्तिमा कान थाप ।
My son, attend unto my wisdom; Incline thine ear to my understanding:
2 यसरी तैँले विवेकको विषयमा सिक्‍ने छस्, र तेरो ओठले ज्ञानको रक्षा गर्न सक्‍ने छ ।
That thou mayest preserve discretion, And that thy lips may keep knowledge.
3 किनकि व्यभिचारी स्‍त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ ।
For the lips of a strange woman drop honey, And her mouth is smoother than oil:
4 तर अन्त्यमा त्यो ऐरेलु जत्तिकै तितो हुन्छ, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ ।
But in the end she is bitter as wormwood, Sharp as a two-edged sword.
5 त्यसको खुट्टा मृत्युतिर ओह्रालो लाग्छ । त्यसका कदमहरू पातालको मार्गमा जान्छन् । (Sheol h7585)
Her feet go down to death; Her steps take hold on Sheol; (Sheol h7585)
6 त्यसले जीवनको मार्गको बारेमा सोच्दैन । त्यसका चालहरू भौँतारिन्छन् । कहाँ जाँदै छे भनी त्यसलाई थाहै हुँदैन ।
So that she findeth not the level path of life: Her ways are unstable, [and] she knoweth [it] not.
7 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरो मुखका वचनहरू सुन्‍नदेखि नतर्क ।
Now therefore, [my] sons, hearken unto me, And depart not from the words of my mouth.
8 तिमीहरूको मार्ग त्यसबाट परै राख, र त्यसको घरको ढोका नजिक नआओ ।
Remove thy way far from her, And come not nigh the door of her house;
9 यसरी तिमीहरूले आफ्नो इज्‍जत अरूलाई दिने छैनौ वा तिमीहरूको उमेर क्रुर व्यक्तिलाई दिने सुम्पने छैनौ ।
Lest thou give thine honor unto others, And thy years unto the cruel;
10 परदेशीहरूले तिमीहरूको धन-सम्पत्तिमा भोज लगाउने छैनन् । तिमीहरूले जेको लागि काम गरेका छौ, त्यो परदेशीहरूको घरमा जाने छैन ।
Lest strangers be filled with thy strength, And thy labors [be] in the house of an alien,
11 तिमीहरूका मासु र छाला गलिसक्दा तिमीहरूको जीवनको अन्त्यमा तिमीहरूले विलाप गर्ने छौ ।
And thou mourn at thy latter end, When thy flesh and thy body are consumed,
12 तिमीहरूले भन्‍ने छौ, “हाय, मैले निर्देशनलाई कसरी घृणा गरेँ, र मेरो हृदयले सुधारलाई तुच्छ ठान्यो!
And say, How have I hated instruction, And my heart despised reproof;
13 मैले मेरा शिक्षकहरूको आज्ञा मानिनँ वा मेरा प्रशिक्षकहरूका कुरा सुन्‍न कान थापिनँ ।
Neither have I obeyed the voice of my teachers, Nor inclined mine ear to them that instructed me!
14 सभाको बिचमा, मानिसहरूको जमघटमा म झण्डै पूर्ण रूपमा विनाश भएँ ।”
I was well-nigh in all evil In the midst of the assembly and congregation.
15 आफ्नै कुण्डको पानी पिउनू, र आफ्नै कुवाबाट बगेको पानी पिउनू ।
Drink waters out of thine own cistern, And running waters out of thine own well.
16 के तेरो कुवाको पानी जताततै र तेरो खोलाको पानी सार्वजनिक चोकहरूमा बग्‍न दिने?
Should thy springs be dispersed abroad, And streams of water in the streets?
17 ती तेरा लागि मात्र होऊन्, र तँसित भएका परदेशीहरूका लागि नहोऊन् ।
Let them be for thyself alone, And not for strangers with thee.
18 तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्‍नीसित तँ आनन्दित भएको होस् ।
Let thy fountain be blessed; And rejoice in the wife of thy youth.
19 किनकि त्यो मायालु मृग र अनुग्रहमय हरिणझैँ छे । त्यसका स्तनहरूले तँलाई सधैँभरि सन्तुष्‍ट पारून् । त्यसको प्रेमद्वारा तँ निरन्तर रूपमा मोहित तुल्याइएको होस् ।
[As] a loving hind and a pleasant doe, Let her breasts satisfy thee at all times; And be thou ravished always with her love.
20 हे मेरो छोरो, तँ किन व्यभिचारी स्‍त्रीद्वारा फसाइने? तैँले किन अनैतिक स्‍त्रीलाई अङ्गालो हाल्ने?
For why shouldest thou, my son, be ravished with a strange woman, And embrace the bosom of a foreigner?
21 मानिसले गर्ने हरेक कुरो परमप्रभुले देख्‍नुहुन्छ, र त्यसका सबै मार्गलाई उहाँले निगरानी गर्नुहुन्छ ।
For the ways of man are before the eyes of Jehovah; And he maketh level all his paths.
22 दुष्‍ट व्यक्ति आफ्नै अधर्मद्वारा पासोमा पर्ने छ । त्यसको पापका डोरीहरूले त्यसलाई कसेर बाँध्‍ने छ ।
His own iniquities shall take the wicked, And he shall be holden with the cords of his sin.
23 निर्देशनको कमीले त्यो मर्ने छ । त्यसको असीम मूर्खताद्वारा त्यसले बाटो बिराउँछ ।
He shall die for lack of instruction; And in the greatness of his folly he shall go astray.

< हितोपदेश 5 >