< हितोपदेश 5 >

1 हे मेरो छोरो, मेरो बुद्धिमा ध्यान लगा । मेरो समझशक्तिमा कान थाप ।
Mwana wanga, mvetsera bwino za nzeru zimene ndikukuwuzazi, tchera khutu ku mawu odziwitsa bwino zinthu ndikukupatsa,
2 यसरी तैँले विवेकको विषयमा सिक्‍ने छस्, र तेरो ओठले ज्ञानको रक्षा गर्न सक्‍ने छ ।
kuti uthe kuchita zinthu mochenjera ndi mwanzeru ndiponso kuti utetezedwe ku mayankhulidwe a mkazi wachilendo.
3 किनकि व्यभिचारी स्‍त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ ।
Pakuti mkazi wachigololo ali ndi mawu okoma ngati uchi. Zoyankhula zake ndi zosalala ngati mafuta,
4 तर अन्त्यमा त्यो ऐरेलु जत्तिकै तितो हुन्छ, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ ।
koma kotsirizira kwake ngowawa ngati ndulu; ngakuthwa ngati lupanga lakuthwa konsekonse.
5 त्यसको खुट्टा मृत्युतिर ओह्रालो लाग्छ । त्यसका कदमहरू पातालको मार्गमा जान्छन् । (Sheol h7585)
Mapazi ake amatsikira ku imfa; akamayenda ndiye kuti akupita ku manda. (Sheol h7585)
6 त्यसले जीवनको मार्गको बारेमा सोच्दैन । त्यसका चालहरू भौँतारिन्छन् । कहाँ जाँदै छे भनी त्यसलाई थाहै हुँदैन ।
Iye saganizirapo za njira ya moyo; njira zake ndi zokhotakhota koma iye sadziwa izi.
7 अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन । मेरो मुखका वचनहरू सुन्‍नदेखि नतर्क ।
Tsopano ana inu, mundimvere; musawasiye mawu anga.
8 तिमीहरूको मार्ग त्यसबाट परै राख, र त्यसको घरको ढोका नजिक नआओ ।
Uziyenda kutali ndi mkazi wotereyo, usayandikire khomo la nyumba yake,
9 यसरी तिमीहरूले आफ्नो इज्‍जत अरूलाई दिने छैनौ वा तिमीहरूको उमेर क्रुर व्यक्तिलाई दिने सुम्पने छैनौ ।
kuopa kuti ungadzalanditse ulemerero wako kwa anthu ena; ndi zaka zako kwa anthu ankhanza,
10 परदेशीहरूले तिमीहरूको धन-सम्पत्तिमा भोज लगाउने छैनन् । तिमीहरूले जेको लागि काम गरेका छौ, त्यो परदेशीहरूको घरमा जाने छैन ।
kapenanso alendo angadyerere chuma chako ndi phindu la ntchito yako kulemeretsa anthu ena.
11 तिमीहरूका मासु र छाला गलिसक्दा तिमीहरूको जीवनको अन्त्यमा तिमीहरूले विलाप गर्ने छौ ।
Potsiriza pa moyo wako udzabuwula, thupi lako lonse litatheratu.
12 तिमीहरूले भन्‍ने छौ, “हाय, मैले निर्देशनलाई कसरी घृणा गरेँ, र मेरो हृदयले सुधारलाई तुच्छ ठान्यो!
Ndipo udzati, “Mayo ine, ndinkadana ndi kusunga mwambo! Mtima wanga unkanyoza chidzudzulo!
13 मैले मेरा शिक्षकहरूको आज्ञा मानिनँ वा मेरा प्रशिक्षकहरूका कुरा सुन्‍न कान थापिनँ ।
Sindinamvere aphunzitsi anga kapena alangizi anga.
14 सभाको बिचमा, मानिसहरूको जमघटमा म झण्डै पूर्ण रूपमा विनाश भएँ ।”
Ine ndatsala pangʼono kuti ndiwonongeke pakati pa msonkhano wonse.”
15 आफ्नै कुण्डको पानी पिउनू, र आफ्नै कुवाबाट बगेको पानी पिउनू ।
Imwa madzi a mʼchitsime chakochako, madzi abwino ochokera mʼchitsime chako.
16 के तेरो कुवाको पानी जताततै र तेरो खोलाको पानी सार्वजनिक चोकहरूमा बग्‍न दिने?
Kodi akasupe ako azingosefukira mʼmisewu? Kodi mitsinje yako izingoyendayenda mʼzipata za mzinda?
17 ती तेरा लागि मात्र होऊन्, र तँसित भएका परदेशीहरूका लागि नहोऊन् ।
Mitsinjeyo ikhale ya iwe wekha, osati uyigawireko alendo.
18 तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्‍नीसित तँ आनन्दित भएको होस् ।
Yehova adalitse kasupe wako, ndipo usangalale ndi mkazi wa unyamata wako.
19 किनकि त्यो मायालु मृग र अनुग्रहमय हरिणझैँ छे । त्यसका स्तनहरूले तँलाई सधैँभरि सन्तुष्‍ट पारून् । त्यसको प्रेमद्वारा तँ निरन्तर रूपमा मोहित तुल्याइएको होस् ।
Iye uja ali ngati mbalale yayikazi yokongola ndiponso ngati gwape wa maonekedwe abwino. Ukhutitsidwe ndi mawere ake nthawi zonse, ndipo utengeke ndi chikondi chake nthawi zonse.
20 हे मेरो छोरो, तँ किन व्यभिचारी स्‍त्रीद्वारा फसाइने? तैँले किन अनैतिक स्‍त्रीलाई अङ्गालो हाल्ने?
Mwana wanga, nʼchifukwa chiyani ukukopeka ndi mkazi wachigololo? Bwanji ukukumbatira mkazi wachilendo?
21 मानिसले गर्ने हरेक कुरो परमप्रभुले देख्‍नुहुन्छ, र त्यसका सबै मार्गलाई उहाँले निगरानी गर्नुहुन्छ ।
Pakuti mayendedwe onse a munthu Yehova amawaona, ndipo Iye amapenyetsetsa njira zake zonse.
22 दुष्‍ट व्यक्ति आफ्नै अधर्मद्वारा पासोमा पर्ने छ । त्यसको पापका डोरीहरूले त्यसलाई कसेर बाँध्‍ने छ ।
Ntchito zoyipa za munthu woyipa zimamukola yekha; zingwe za tchimo lake zimamumanga yekha.
23 निर्देशनको कमीले त्यो मर्ने छ । त्यसको असीम मूर्खताद्वारा त्यसले बाटो बिराउँछ ।
Iye adzafa chifukwa chosowa mwambo, adzasocheretsedwa chifukwa cha uchitsiru wake waukulu.

< हितोपदेश 5 >