< हितोपदेश 31 >
1 राजा लमूएलका वचनहरू अर्थात् तिनकी आमाले सिकाएकी ईश्वरवाणीः
利慕伊勒王的言語,是他母親教訓他的真言。
2 हे मेरो छोरो, हे मेरो गर्भको छोरो, हे मेरा भाकलहरूको छोरो, तँ के चाहन्छस्?
我的兒啊,我腹中生的兒啊, 我許願得的兒啊!我當怎樣教訓你呢?
3 स्त्रीलाई तेरो बल नदे वा राजाहरूलाई नष्ट गर्नेहरूलाई तेरा चालहरू नदे ।
不要將你的精力給婦女; 也不要有敗壞君王的行為。
4 यो राजाहरूका लागि होइन, हे लमूएल, राजाहरूले दाखमद्य पिउनुहुन्न वा शासकहरूले मदिराको लालसा गर्नुहुन्न ।
利慕伊勒啊,君王喝酒,君王喝酒不相宜; 王子說濃酒在那裏也不相宜;
5 किनभने तिनीहरूले पिउँदा तिनीहरूले कानुनी आदेश बिर्सेका हुन्छन्, र कष्टमा परेकाहरू सबैका अधिकारलाई वञ्चित गरिदिन्छन् ।
恐怕喝了就忘記律例, 顛倒一切困苦人的是非。
6 नष्ट भइरहेकाहरूलाई मदिरा दे, र विरहमा भएकाहरूलाई दाखमद्य दे ।
可以把濃酒給將亡的人喝, 把清酒給苦心的人喝,
7 त्यसले पिएर आफ्नो गरिबी भुल्ने छ, र त्यसले आफ्नो कष्टलाई सम्झने छैन ।
讓他喝了,就忘記他的貧窮, 不再記念他的苦楚。
8 बोल्न नसक्नेहरू र नष्ट भइरहेकाहरूको अधिकारको लागि बोल् ।
你當為啞巴開口, 為一切孤獨的伸冤。
9 आवाज उठा, र जे ठिक छ त्यसको नापअनुसार न्याय गर्, अनि गरिब र खाँचोमा परेकाहरूको अधिकारको निम्ति बोल् ।
你當開口按公義判斷, 為困苦和窮乏的辨屈。
10 कसले सुयोग्य पत्नी पाउन सक्छ? उनको मूल्य रत्नहरूभन्दा बहुमूल्य हुन्छ ।
才德的婦人誰能得着呢? 她的價值遠勝過珍珠。
11 उनका पतिको हृदयले उनीमाथि भरोसा गर्छन्, र तिनी कहिल्यै गरिब हुने छैनन् ।
她丈夫心裏倚靠她, 必不缺少利益;
12 उनले तिनका लागि आफ्नो जीवनकालभरि खराब कुराहरू नभई असल कुराहरू गर्छिन्,
她一生使丈夫有益無損。
13 उनले ऊन र सनपाट रोज्छिन्, अनि आफ्ना हातले खुसी भएर काम गर्छिन् ।
她尋找羊羢和麻, 甘心用手做工。
14 उनी व्यापारी जहाजझैँ छिन् । उनले टाढाबाट आफ्नो भोजन ल्याउँछिन् ।
她好像商船從遠方運糧來,
15 उनी राती नै उठ्छिन्, र आफ्नो परिवारलाई भोजन बाँड्छिन्, अनि आफ्ना चाकर्नीहरूलाई तिनीहरूका काम बाँडफाँड गरिदिन्छिन् ।
未到黎明她就起來, 把食物分給家中的人, 將當做的工分派婢女。
16 उनले सोचविचार गरेर एउटा खेत किन्छिन्, र आफ्नो हातको कमाइले दाखबारी लगाउँछिन् ।
她想得田地就買來; 用手所得之利栽種葡萄園。
17 उनी शक्तिले आभुषित हुन्छिन् र आफ्ना पाखुराहरूलाई बलियो बनाउँछिन् ।
她以能力束腰, 使膀臂有力。
18 उनको लागि केले मुनाफा ल्याउने छ भनी तिनी अनुमान गर्छिन् । रातैभरि उनको बत्ती निभ्दैन ।
她覺得所經營的有利; 她的燈終夜不滅。
19 उनले आफ्नो हात चर्खाको डन्डामा राख्छिन्, र आफ्नै औँलाले पिउरी समात्छिन् ।
她手拿撚線竿, 手把紡線車。
20 उनले गरिब मानिसहरूप्रति आफ्नो मुट्ठी खोल्छिन् । उनले खाँचोमा परेकाहरूप्रति आफ्नो हात अगाडि बढाउँछिन् ।
她張手賙濟困苦人, 伸手幫補窮乏人。
21 आफ्नो परिवारमा हिउँ पर्दा उनी डराउँदिनन्, किनकि उनको परिवारका सबै सदस्यले सिन्दूरे रङका लुगा लगाउँछन् ।
她不因下雪為家裏的人擔心, 因為全家都穿着朱紅衣服。
22 उनले आफ्नो ओछ्यानको लागि तन्ना बनाउँछिन्, र उनले मसिनो गरी बाटेको सुतीको कपडाको लुगा लगाउँछिन् ।
她為自己製作繡花毯子; 她的衣服是細麻和紫色布做的。
23 उनका पति सहरको मूल ढोकामा देशका पाका मानिसहरूसित बस्दा सम्मानित हुन्छन् ।
她丈夫在城門口與本地的長老同坐, 為眾人所認識。
24 उनले सुती कपडाका वस्त्रहरू बनाएर बेच्छिन्, र व्यापारीहरूलाई पटुका उपलब्ध गराउँछिन् ।
她做細麻布衣裳出賣, 又將腰帶賣與商家。
25 उनी शक्ति र आदरले आभुषित छिन्, अनि आउने समयको लागि उनी हाँस्न सक्छिन् ।
能力和威儀是她的衣服; 她想到日後的景況就喜笑。
26 उनले बुद्धिसित आफ्नो मुख खोल्छिन्, र दयाको व्यवस्था उनको जिब्रोमा छ ।
她開口就發智慧; 她舌上有仁慈的法則。
27 उनले आफ्नो परिवारका चालहरूको रेखदेख गर्छिन्, र आलस्यको रोटी खाँदिनन् ।
她觀察家務, 並不吃閒飯。
28 उनका छोरा-छोरीहरू खडा भएर उनलाई धन्यको भन्छन्, र उनका पतिले यसो भन्दै उनको तारिफ गर्छन्,
她的兒女起來稱她有福; 她的丈夫也稱讚她,
29 “धेरै स्त्रीहरूले राम्ररी काम गरेका छन्, तर तिमीले तिनीहरू सबैलाई जितेकी छ्यौ ।”
說:才德的女子很多, 惟獨你超過一切。
30 सुन्दरता भ्रामक हुन्छ; सौन्दर्य व्यर्थको हुन्छ, तर परमप्रभुको भय मान्ने स्त्रीको नै प्रशंसा गरिने छ ।
艷麗是虛假的,美容是虛浮的; 惟敬畏耶和華的婦女必得稱讚。
31 उनको हातको कमाइ उनलाई नै दिनू, र उनका कामहरूले मूल ढोकामा उनको प्रशंसा गरून् ।
願她享受操作所得的; 願她的工作在城門口榮耀她。