< हितोपदेश 30 >
1 याकेका छोरा आगूरका वचनहरू अर्थात् ईश्वरवाणीः यी मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्:
雅基的兒子亞古珥的言語就是真言。 這人對以鐵和烏甲說:
2 निश्चय नै म कुनै पनि मानिसभन्दा पशुजस्तो छु, र मसित मानिसको समझशक्ति छैन ।
我比眾人更蠢笨, 也沒有人的聰明。
3 मैले बुद्धि प्राप्त गरेको छैनँ, न त मसित परमपवित्रको ज्ञान नै छ ।
我沒有學好智慧, 也不認識至聖者。
4 स्वर्ग उक्लेर को तल झरेको छ र? आफ्ना हातको मुट्ठीमा कसले बतासलाई बटुलेको छ र? कसले पानीलाई आफ्नो खास्टोमा जम्मा गरेको छ र? कसले पृथ्वीका कुना-कुनालाई स्थापित गरेको छ र? उहाँको नाउँ के हो र उहाँका पुत्रको नाउँ के हो? निश्चय नै तँलाई थाहा होला!
誰升天又降下來? 誰聚風在掌握中? 誰包水在衣服裏? 誰立定地的四極? 他名叫甚麼? 他兒子名叫甚麼? 你知道嗎?
5 परमेश्वरको हरेक वचन जाँचिएको छ । उहाँमा शरण लिनेहरूका लागि उहाँ ढाल हुनुहुन्छ ।
上帝的言語句句都是煉淨的; 投靠他的,他便作他們的盾牌。
6 उहाँका वचनहरूमा नथप् नत्रता उहाँले तँलाई अनुशासनमा राख्नुहुने छ, र तँ झुटो ठहरिने छस् ।
他的言語,你不可加添, 恐怕他責備你,你就顯為說謊言的。
7 म तपाईंबाट दुईवटा कुरा माग्दछु । म मर्नुअगि ती मबाट नरोक्नुहोस् ।
我求你兩件事, 在我未死之先,不要不賜給我:
8 व्यर्थता र झुटलाई मबाट पर राखिदिनुहोस् । मलाई दरिद्रता वा धन-सम्पत्ति नदिनुहोस् । मलाई आवश्यक पर्ने भोजन मात्र दिनुहोस् ।
求你使虛假和謊言遠離我; 使我也不貧窮也不富足; 賜給我需用的飲食,
9 किनकि मसित धेरै भए भने मैले तपाईंलाई इन्कार गरेर भनूँला, “परमप्रभु को हो र?” वा गरिब भएँ भने, मैले चोरेर मेरा परमेश्वरको नाउँ अपवित्र तुल्याउँला ।
恐怕我飽足不認你,說: 耶和華是誰呢? 又恐怕我貧窮就偷竊, 以致褻瀆我上帝的名。
10 मालिकको सामु त्यसको नोकरको निन्दा नगर्, नत्रता त्यसले तँलाई सराप्ने छ, र तँ दोषी बन्ने छस् ।
你不要向主人讒謗僕人, 恐怕他咒詛你,你便算為有罪。
11 आफ्ना बुबाहरूलाई सराप्ने र आमाहरूलाई आशिष् नदिने पुस्ता पनि छ ।
有一宗人,咒詛父親, 不給母親祝福。
12 आफ्नै दृष्टिमा शुद्ध हुने पुस्ता पनि छ, तापनि तिनीहरू आफ्नो फोहोरबाट सफा भएका छैनन् ।
有一宗人,自以為清潔, 卻沒有洗去自己的污穢。
13 अहङ्कारी आँखा भएकाहरूको पुस्ता पनि छ, जसको हेराइ अति घृणास्पद हुन्छ ।
有一宗人,眼目何其高傲, 眼皮也是高舉。
14 यस्तो पुस्ता पनि छ जसका दाँत तरवारहरू हुन्, र तिनीहरूका बङ्गारा छुराजस्तै छन्, ताकि तिनीहरूले देशबाट गरिबहरूलाई र मानव-जातिबाट खाँचोमा परेकाहरूलाई निल्न सकून् ।
有一宗人,牙如劍,齒如刀, 要吞滅地上的困苦人和世間的窮乏人。
15 जूकाका दुई छोरी छन् । “देऊ, देऊ” भन्दै तिनीहरू चिच्च्याउँछन् । तिनवटा कुरा छन् जुन कहिल्यै सन्तुष्ट हुँदैनन्, र चारवटा कुरा जसले कहिल्यै “पुग्यो” भन्दैनन् ।
螞蟥有兩個女兒, 常說:給呀,給呀! 有三樣不知足的, 連不說「夠的」共有四樣:
16 पाताल, बाँझी स्त्री, पानीले कहिल्यै सन्तुष्ट नहुने जमिन र कहिल्यै “पुग्यो” नभन्ने आगो । (Sheol )
就是陰間和石胎, 浸水不足的地,並火。 (Sheol )
17 बुबालाई खिल्ली उडाउने र आमाको आज्ञालाई खिसी गर्ने आँखालाई बेँसीका कागहरूले ठुँगेर बाहिर निकाल्ने छन्, र त्यसलाई गिद्धहरूले खाने छन् ।
戲笑父親、藐視而不聽從母親的, 他的眼睛必為谷中的烏鴉啄出來,為鷹雛所吃。
18 तिनवटा कुरा छन्, जुन मेरा लागि ज्यादै उदेकका छन्, चारवटा छन्, जसलाई म बुझ्न सक्दिनँ:
我所測不透的奇妙有三樣, 連我所不知道的共有四樣:
19 आकाशमा चिलको चाल, चट्टानमा सर्पको चाल, समुद्रको बिचमा जहाजको चाल र तरुणीसित पुरुषको चाल ।
就是鷹在空中飛的道; 蛇在磐石上爬的道; 船在海中行的道; 男與女交合的道。
20 व्यभिचारी स्त्रीको चाल यस्तो हुन्छः त्यसले खाएर आफ्नो मुख पुछ्छे अनि भन्छे, “मैले कुनै गल्ती गरेकी छैनँ ।”
淫婦的道也是這樣: 她吃了,把嘴一擦就說: 我沒有行惡。
21 तिनवटा कुराबाट पृथ्वी काम्छ, र चारवटा कुरालाई यसले सहन सक्दैनः
使地震動的有三樣, 連地擔不起的共有四樣:
22 राजा भएको नोकर, खानाले टन्न अघाएको मूर्ख,
就是僕人作王; 愚頑人吃飽;
23 विवाह गर्ने माया नपाएकी स्त्री र आफ्नी मालिक्नीलाई पन्छाएर उक्त ठाउँमा बस्ने नोकर्नी ।
醜惡的女子出嫁; 婢女接續主母。
24 पृथ्वीमा चारवटा कुरा साना छन्, र पनि तिनीहरू अत्यन्तै बुद्धिमान् छन्:
地上有四樣小物,卻甚聰明:
25 कमिलाहरू निर्बल प्राणी हुन्, तरै पनि तिनीहरूले ग्रीष्म ऋतुमा आफ्नो भोजन तयार पार्छन् ।
螞蟻是無力之類, 卻在夏天預備糧食。
26 शापानहरू शक्तिशाली प्राणी होइनन्, तरै पनि पहरामा तिनीहरूले आफ्नो घर बनाउछन् ।
沙番是軟弱之類, 卻在磐石中造房。
27 सलहहरूको कुनै राजा हुँदैन, तरै पनि तिनीहरू हुल बाँधेर अगाडि बढ्छन् ।
蝗蟲沒有君王, 卻分隊而出。
28 छेपाराहरूलाई तपाईंका दुईवटा हातले समात्न सकिन्छ, तरै पनि तिनीहरू राजदरबारमा पाइन्छन् ।
守宮用爪抓牆, 卻住在王宮。
29 तिनवटा कुरा छन्, जो आफ्नो हिँडाइमा रवाफिला छन् र चारवटा छन् जुन शानसँग हिँड्छन्:
步行威武的有三樣, 連行走威武的共有四樣:
30 सिंह पशुहरूमध्ये सबैभन्दा शक्तिशाली हुन्छ, जो कुनै प्राणीदेखि तर्कंदैन ।
就是獅子-乃百獸中最為猛烈、無所躲避的,
31 शानसँग हिँड्ने कुखुराको भाले, बोका र आफ्नो छेउमा सिपाहीहरू राखेर हिँड्ने राजा ।
獵狗,公山羊,和無人能敵的君王。
32 आफैलाई उचालेर तँ मूर्ख भएको छस् भने वा तैँले खराबीको योजना रचेको छस् भने हातले तेरो मुख थुनिहाल् ।
你若行事愚頑,自高自傲, 或是懷了惡念,就當用手摀口。
33 जसरी दूध मथेर घिउ निस्कन्छ, र नाक ठोक्किँदा रगत निस्कन्छ, त्यसरी नै रिसमा गरिएको कामले द्वन्द्व उत्पन्न गराउँछ ।
搖牛奶必成奶油; 扭鼻子必出血。 照樣,激動怒氣必起爭端。