< हितोपदेश 3 >
1 हे मेरो छोरो, मेरा आज्ञाहरू नभुल्, र मेरा शिक्षाहरूलाई तेरो हृदयमा राख् ।
わが子よ、わたしの教を忘れず、わたしの戒めを心にとめよ。
2 किनकि तिनले तेरो आयु लामो बनाउने छन्, र शान्ति ल्याउने छन् ।
そうすれば、これはあなたの日を長くし、命の年を延べ、あなたに平安を増し加える。
3 करारको विश्वसनीयता र भरोसाले तँलाई कहिल्यै नछोडून् । तिनलाई तेरो गलाको वरिपरि सँगसँगै बाँध् । तिनलाई तेरो हृदयको पाटीमा लेख् ।
いつくしみと、まこととを捨ててはならない、それをあなたの首に結び、心の碑にしるせ。
4 तब तैँले परमेश्वर र मानिसको दृष्टिमा निगाह पाउने छस्, र ख्याति कमाउने छस् ।
そうすれば、あなたは神と人との前に恵みと、誉とを得る。
5 तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् ।
心をつくして主に信頼せよ、自分の知識にたよってはならない。
6 तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ ।
すべての道で主を認めよ、そうすれば、主はあなたの道をまっすぐにされる。
7 तेरो आफ्नै दृष्टिमा बुद्धिमान् नबन् । परमप्रभुको भय मान्, र खराबीबाट फर्की ।
自分を見て賢いと思ってはならない、主を恐れて、悪を離れよ。
8 यो तेरो शरीरको लागि चङ्गाइ हुने छ, र तेरो देहको लागि ताजापन हुने छ ।
そうすれば、あなたの身を健やかにし、あなたの骨に元気を与える。
9 तेरो धन-सम्पत्ति र तेरा सबै उब्जनीको अगौटे-फलले परमप्रभुको आदर गर् ।
あなたの財産と、すべての産物の初なりをもって主をあがめよ。
10 तब तेरा भन्डार कोठाहरू भरिने छन्, र तेरा भाँडाकुँडाहरू नयाँ दाखमद्यले चुलिएर पोखिने छन् ।
そうすれば、あなたの倉は満ちて余り、あなたの酒ぶねは新しい酒であふれる。
11 हे मेरो छोरो, परमप्रभुको निर्देशनलाई तुच्छ नठान्, र उहाँको हप्कीलाई घृणा नगर् ।
わが子よ、主の懲しめを軽んじてはならない、その戒めをきらってはならない。
12 किनकि परमप्रभुले प्रेम गर्नुहुनेहरूलाई नै उहाँले अनुशासनमा राख्नुहुन्छ, जस्तो बुबालाई खुसी पार्ने छोरोलाई बुबाले व्यवहार गर्छ ।
主は、愛する者を、戒められるからである、あたかも父がその愛する子を戒めるように。
13 बुद्धि प्राप्त गर्ने धन्यको हो । त्यसले समझशक्ति पनि पाउँछ ।
知恵を求めて得る人、悟りを得る人はさいわいである。
14 तैँले बुद्धिबाट प्राप्त गर्ने कुरो चाँदीबाट प्राप्त गर्ने कुरोभन्दा उत्तम हुन्छ, र यसको लाभ सुनभन्दा उत्तम हुन्छ ।
知恵によって得るものは、銀によって得るものにまさり、その利益は精金よりも良いからである。
15 बुद्धि गरगहनाभन्दा बहुमूल्य हुन्छ, र तैँले इच्छा गरेको कुनै पनि थोक त्यससित तुलना गर्न सकिँदैन ।
知恵は宝石よりも尊く、あなたの望む何物も、これと比べるに足りない。
16 बुद्धिको दाहिने हातमा दीर्घायु हुन्छ भने त्यसको देब्रे हातमा धन-सम्पत्ति र मान हुन्छन् ।
その右の手には長寿があり、左の手には富と、誉がある。
17 त्यसको मार्ग दयाको मार्ग हो, र त्यसका सबै बाटा शान्तिका छन् ।
その道は楽しい道であり、その道筋はみな平安である。
18 बुद्धिलाई पक्रनेहरूका लागि त्यो जीवनको रुख हो, र त्यसलाई समात्नेहरू खुसी हुन्छन् ।
知恵は、これを捕える者には命の木である、これをしっかり捕える人はさいわいである。
19 बुद्धिले नै परमप्रभुले पृथ्वी बनाउनुभयो र समझशक्तिले उहाँले आकाशहरू स्थापना गर्नुभयो ।
主は知恵をもって地の基をすえ、悟りをもって天を定められた。
20 उहाँको ज्ञानद्वारा गहिरा-गहिरा सागरहरू फुटेर निस्के, र बादलले तलतिर शीत झारे ।
その知識によって海はわきいで、雲は露をそそぐ。
21 हे मेरो छोरो, पक्का बुद्धि र समझशक्तिलाई जोगाइराख्, अनि तिनलाई तेरो नजरबाट जान नदे ।
わが子よ、確かな知恵と、慎みとを守って、それをあなたの目から離してはならない。
22 ती तेरो प्राणको निम्ति जीवन हुने छन्, र तेरो गलाको वरिपरि लगाउने स्नेहको गहना हुने छन् ।
それはあなたの魂の命となりあなたの首の飾りとなる。
23 तब तँ आफ्नो मार्गमा सुरक्षितसाथ हिँड्ने छस्, र तेरो खुट्टा ठोक्किने छैन ।
こうして、あなたは安らかに自分の道を行き、あなたの足はつまずくことがない。
24 तँ पल्टँदा डराउने छैनस् । तँ पल्टँदा तँलाई मिठो निद्रा लाग्ने छ ।
あなたは座しているとき、恐れることはなく、伏すとき、あなたの眠りはここちよい。
25 दुष्टहरूबाट अकस्मात् आउने त्रास वा विपत्तिदेखि नडरा ।
あなたはにわかに起る恐怖を恐れることなく、悪しき者の滅びが来ても、それを恐れることはない。
26 किनकि परमप्रभु तेरो पक्षमा हुनुहुने छ, र उहाँले तेरो पाउलाई पासोमा पर्नदेखि जोगाउनुहुने छ ।
これは、主があなたの信頼する者であり、あなたの足を守って、わなに捕われさせられないからである。
27 तँ शक्तिमा रहुञ्जेलसम्म भलाइ गरिन योग्य भएकाहरूबाट त्यसलाई नरोक् ।
あなたの手に善をなす力があるならば、これをなすべき人になすことをさし控えてはならない。
28 तँसित रुपियाँ-पैसा हुँदा आफ्नो छिमेकीलाई यसो नभन्, “जाऊ, र फेरि आऊ अनि म भोली दिने छु ।”
あなたが物を持っている時、その隣り人に向かい、「去って、また来なさい。あす、それをあげよう」と言ってはならない。
29 तेरो नजिकै बस्ने र तँमाथि भर पर्ने आफ्नो छिमेकीको हानि गर्ने योजना नबना ।
あなたの隣り人がかたわらに安らかに住んでいる時、これに向かって、悪を計ってはならない。
30 तँलाई कसैले हानि नपुर्याउँदा विनाकारण त्यससित तर्क-वितर्क नगर् ।
もし人があなたに悪を行ったのでなければ、ゆえなく、これと争ってはならない。
31 हिंसात्मक व्यक्तिको ईर्ष्या नगर् वा त्यसको कुनै पनि मार्गलाई नछान् ।
暴虐な人を、うらやんではならない、そのすべての道を選んではならない。
32 किनकि कुटिल व्यक्ति परमप्रभुको लागि घृणित हुन्छ, तर सोझो व्यक्तिलाई उहाँले आफ्नो विश्वासमा ल्याउनुहुन्छ ।
よこしまな者は主に憎まれるからである、しかし、正しい者は主に信任される。
33 दुष्टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीहरूको घरमा उहाँको आशिष् पर्छ ।
主の、のろいは悪しき者の家にある、しかし、正しい人のすまいは主に恵まれる。
34 उहाँले गिल्ला गर्नेहरूलाई गिल्ला गर्नुहुन्छ, तर विनम्र मानिसहरूलाई उहाँले आफ्नो स्नेह देखाउनुहुन्छ ।
彼はあざける者をあざけり、へりくだる者に恵みを与えられる。
35 बुद्धिमान् मानिसहरू आदरको हकदार हुने छन्, तर मूर्खहरू तिनीहरूकै लाजमा पर्ने छन् ।
知恵ある者は、誉を得る、しかし、愚かな者ははずかしめを得る。