< हितोपदेश 29 >
1 धेरै पटक हप्की पाएर पनि हठी हुने मानिस निको नहुने गरी एकै क्षणमा नष्ट हुने छ ।
El que a pesar de la corrección endurece la cerviz, será quebrantado de improviso y sin remedio.
2 धर्मात्माहरूको वृद्धि हुँदा मानिसहरूले आनन्द मनाउँछन्, तर दुष्ट मानिस शासक बन्दा मानिसहरूले सुस्केरा हाल्छन् ।
Cuando aumenta el número de los justos se goza el pueblo, mas si los malos llegan al poder, el pueblo gime.
3 बुद्धिलाई प्रेम गर्नेले आफ्नो बुबालाई प्रसन्न तुल्याउँछ, तर वेश्याहरूको सङ्गत गर्नेले आफ्नो सम्पत्ति नष्ट पार्छ ।
El que ama la sabiduría alegra a su padre; quien frecuenta rameras, disipa sus bienes.
4 राजाले न्यायद्वारा देश सुदृढ बनाउँछ, तर घुस लिनले देशलाई तहसनहस पार्छ ।
Por medio de la justicia, el rey cimenta el estado, pero el que cede al cohecho, lo arruina.
5 आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्यसका खुट्टाका लागि जाल फिजाइरहेको हुन्छ ।
El que adula a su prójimo, le tiende una red a sus pies.
6 खराब मानिसको पापमा पासो हुन्छ, तर धर्मात्माले गाएर आनन्द मनाउँछ ।
La prevaricación del malvado le es un lazo, en tanto que el justo canta alegremente.
7 धर्मात्मालाई गरिबका अधिकारहरू थाहा हुन्छ, तर दुष्टले यस्तो ज्ञान बुझ्दैन ।
El justo estudia la causa del pobre, el impío se hace el desentendido.
8 खिल्ली उडाउनेहरूले सहरमा आगो लगाउँछन्, तर बुद्धिमान्हरूले क्रोधलाई पाखा लगाउँछ ।
Los altaneros alborotan una ciudad; los sabios aplacan los ánimos agitados.
9 बुद्धिमान् मानिसले मूर्खसित तर्क-वितर्क गर्दा मूर्खले रिस प्रकट गरेर गिल्ला गर्छ र त्यहाँ चैन हुँदैन ।
Si un sabio disputa con un necio, ora se enoje ora se ría, no habrá paz.
10 रक्तपात गर्नेले खोटरहित मानिसलाई घृणा गर्छ, र सोझाहरूको ज्यान लिन खोज्छ ।
Los hombres sanguinarios odian al íntegro, mientras los justos procuran defenderlo.
11 मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ ।
El necio desfoga toda su ira; el sabio la enfrena y la apacigua.
12 शासकले झुटो कुरोलाई ध्यान दियो भने त्यसका सबै कर्मचारी दुष्ट हुने छन् ।
El príncipe que da oído a palabras mentirosas, no tendrá sino servidores malos.
13 गरिब र थिचोमिचो गर्ने मानिस उस्तै हुन्, किनकि परमप्रभुले नै दुवैका आँखामा दृष्टि दिनुहुन्छ ।
Frente al pobre está el opresor; y es Yahvé quien alumbra los ojos de entrambos.
14 राजाले सत्यताद्वारा गरिबको न्याय गर्यो भने तिनको सिंहासन सदाको लागि स्थिर रहने छ ।
Un rey que juzga con justicia a los pobres, hace estable su trono para siempre.
15 लट्ठी र सुधारले बुद्धि दिन्छन्, तर अनुशासनविनाको बालकले आफ्नी आमालाई लाजमा पार्छ ।
La vara y la corrección dan sabiduría, el muchacho mimado es la vergüenza de su madre.
16 दुष्ट मानिसहरू शक्तिमा पुग्दा अधर्मको वृद्धि हुन्छ, तर धर्मी मानिसहरू ती दुष्ट मानिसहरूको पतन देख्ने छन् ।
Creciendo el número de los malos, crecen los crímenes, pero los justos verán la ruina de ellos.
17 आफ्नो छोरोलाई अनुशासनमा राख्, र त्यसले तैलाई चैन दिने छ; त्यसले तेरो जीवनमा आनन्द ल्याउने छ ।
Corrige a tu hijo, y será tu consuelo, y las delicias de tu alma.
18 जहाँ अगमवाणीय दर्शन हुँदैन, त्यहाँ मानिसहरू भाँडिन्छन्, तर व्यवस्था पालन गर्नेचाहिँ धन्यको हो ।
Faltando la palabra profética, el pueblo anda sin rienda; ¡dichoso el que observa la Ley!
19 कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, किनकि त्यसले बुझे तापनि त्यहाँ कुनै प्रतिक्रिया हुँदैन ।
El esclavo no se corrige con solas palabras; comprende bien, pero no cumple.
20 के आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई तँ देख्छस्? त्यसको लागि भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।
¿Has visto a un hombre que habla precipitadamente? más que de él espera de un loco.
21 जसले आफ्नो नोकरलाई आफ्नो बाल्यावस्थादेखि पुल्पुल्याउँछ, त्यसले अन्त्यमा कष्ट भोग्ने छ ।
El que mima a su esclavo desde la niñez, al fin lo encontrará contumaz.
22 रिसाएको मानिसले द्वन्द्व निम्त्याउँछ, र झोँकको मालिकले धेरै पाप गर्छ ।
El hombre colérico provoca peleas, y el violento cae en muchos pecados.
23 मानिसले घमण्डले त्यसलाई तल खसाल्छ, तर विनम्र आत्मा भएको मानिसलाई आदर दिइने छ ।
La soberbia humilla al hombre, mas el humilde de espíritu será ensalzado.
24 चोरसित बाँडचुँड गर्नेले आफ्नै जीवनलाई घृणा गर्छ । त्यसले श्राप सुन्छ र केही भन्दैन ।
El cómplice de un ladrón odia su propia vida, pues oye la maldición y no dice nada.
25 मानिसको डर पासोजस्तै हो, तर परमप्रभुमाथि भरोसा गर्नेचाहिँ सुरक्षित हुने छ ।
Quien teme al hombre, se prepara un lazo, pero el que confía en Yahvé será puesto en salvo.
26 शासकको मुहार खोज्नेहरू धेरै छन्, तर मानिसको लागि न्याय परमप्रभुबाट नै आउँछ ।
Muchos buscan el favor del príncipe; pero es Yahvé quien juzga a cada uno.
27 अन्यायी मानिस धर्मात्माको लागि घृणित हुन्छ, र सोझो चाल भएको मानिस दुष्टको लागि घृणित हुन्छ ।
Abominación de los justos es el hombre malvado, y abominación de los malvados quien procede rectamente.