< हितोपदेश 29 >

1 धेरै पटक हप्की पाएर पनि हठी हुने मानिस निको नहुने गरी एकै क्षणमा नष्‍ट हुने छ ।
אִישׁ תּוֹכָחוֹת מַקְשֶׁה־עֹרֶף פֶּתַע יִשָּׁבֵר וְאֵין מַרְפֵּֽא׃
2 धर्मात्माहरूको वृद्धि हुँदा मानिसहरूले आनन्द मनाउँछन्, तर दुष्‍ट मानिस शासक बन्दा मानिसहरूले सुस्केरा हाल्छन् ।
בִּרְבוֹת צַדִּיקִים יִשְׂמַח הָעָם וּבִמְשֹׁל רָשָׁע יֵאָנַֽח עָֽם׃
3 बुद्धिलाई प्रेम गर्नेले आफ्नो बुबालाई प्रसन्‍न तुल्याउँछ, तर वेश्याहरूको सङ्गत गर्नेले आफ्नो सम्पत्ति नष्‍ट पार्छ ।
אִֽישׁ־אֹהֵב חָכְמָה יְשַׂמַּח אָבִיו וְרֹעֶה זוֹנוֹת יְאַבֶּד־הֽוֹן׃
4 राजाले न्यायद्वारा देश सुदृढ बनाउँछ, तर घुस लिनले देशलाई तहसनहस पार्छ ।
מֶלֶךְ בְּמִשְׁפָּט יַעֲמִיד אָרֶץ וְאִישׁ תְּרוּמוֹת יֶֽהֶרְסֶֽנָּה׃
5 आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्यसका खुट्टाका लागि जाल फिजाइरहेको हुन्छ ।
גֶּבֶר מַחֲלִיק עַל־רֵעֵהוּ רֶשֶׁת פּוֹרֵשׂ עַל־פְּעָמָֽיו׃
6 खराब मानिसको पापमा पासो हुन्छ, तर धर्मात्माले गाएर आनन्द मनाउँछ ।
בְּפֶשַֽׁע אִישׁ רָע מוֹקֵשׁ וְצַדִּיק יָרוּן וְשָׂמֵֽחַ׃
7 धर्मात्मालाई गरिबका अधिकारहरू थाहा हुन्छ, तर दुष्‍टले यस्तो ज्ञान बुझ्दैन ।
יֹדֵעַ צַדִּיק דִּין דַּלִּים רָשָׁע לֹא־יָבִין דָּֽעַת׃
8 खिल्ली उडाउनेहरूले सहरमा आगो लगाउँछन्, तर बुद्धिमान्‌हरूले क्रोधलाई पाखा लगाउँछ ।
אַנְשֵׁי לָצוֹן יָפִיחוּ קִרְיָה וַחֲכָמִים יָשִׁיבוּ אָֽף׃
9 बुद्धिमान् मानिसले मूर्खसित तर्क-वितर्क गर्दा मूर्खले रिस प्रकट गरेर गिल्ला गर्छ र त्यहाँ चैन हुँदैन ।
אִֽישׁ־חָכָם נִשְׁפָּט אֶת־אִישׁ אֱוִיל וְרָגַז וְשָׂחַק וְאֵין נָֽחַת׃
10 रक्तपात गर्नेले खोटरहित मानिसलाई घृणा गर्छ, र सोझाहरूको ज्यान लिन खोज्छ ।
אַנְשֵׁי דָמִים יִשְׂנְאוּ־תָם וִֽישָׁרִים יְבַקְשׁוּ נַפְשֽׁוֹ׃
11 मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ ।
כָּל־רוּחוֹ יוֹצִיא כְסִיל וְחָכָם בְּאָחוֹר יְשַׁבְּחֶֽנָּה׃
12 शासकले झुटो कुरोलाई ध्यान दियो भने त्यसका सबै कर्मचारी दुष्‍ट हुने छन् ।
מֹשֵׁל מַקְשִׁיב עַל־דְּבַר־שָׁקֶר כָּֽל־מְשָׁרְתָיו רְשָׁעִֽים׃
13 गरिब र थिचोमिचो गर्ने मानिस उस्तै हुन्, किनकि परमप्रभुले नै दुवैका आँखामा दृष्‍टि दिनुहुन्छ ।
רָשׁ וְאִישׁ תְּכָכִים נִפְגָּשׁוּ מֵאִיר־עֵינֵי שְׁנֵיהֶם יְהוֽ͏ָה׃
14 राजाले सत्यताद्वारा गरिबको न्याय गर्‍यो भने तिनको सिंहासन सदाको लागि स्थिर रहने छ ।
מֶלֶךְ שׁוֹפֵט בֶּֽאֱמֶת דַּלִּים כִּסְאוֹ לָעַד יִכּֽוֹן׃
15 लट्ठी र सुधारले बुद्धि दिन्छन्, तर अनुशासनविनाको बालकले आफ्नी आमालाई लाजमा पार्छ ।
שֵׁבֶט וְתוֹכַחַת יִתֵּן חָכְמָה וְנַעַר מְשֻׁלָּח מֵבִישׁ אִמּֽוֹ׃
16 दुष्‍ट मानिसहरू शक्तिमा पुग्दा अधर्मको वृद्धि हुन्छ, तर धर्मी मानिसहरू ती दुष्‍ट मानिसहरूको पतन देख्‍ने छन् ।
בִּרְבוֹת רְשָׁעִים יִרְבֶּה־פָּשַׁע וְצַדִּיקִים בְּֽמַפַּלְתָּם יִרְאֽוּ׃
17 आफ्नो छोरोलाई अनुशासनमा राख्, र त्यसले तैलाई चैन दिने छ; त्यसले तेरो जीवनमा आनन्द ल्याउने छ ।
יַסֵּר בִּנְךָ וִֽינִיחֶךָ וְיִתֵּן מַעֲדַנִּים לְנַפְשֶֽׁךָ׃
18 जहाँ अगमवाणीय दर्शन हुँदैन, त्यहाँ मानिसहरू भाँडिन्छन्, तर व्यवस्था पालन गर्नेचाहिँ धन्यको हो ।
בְּאֵין חָזוֹן יִפָּרַֽע עָם וְשֹׁמֵר תּוֹרָה אַשְׁרֵֽהוּ׃
19 कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, किनकि त्यसले बुझे तापनि त्यहाँ कुनै प्रतिक्रिया हुँदैन ।
בִּדְבָרִים לֹא־יִוָּסֶר עָבֶד כִּֽי־יָבִין וְאֵין מַעֲנֶֽה׃
20 के आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई तँ देख्छस्? त्यसको लागि भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।
חָזִיתָ אִישׁ אָץ בִּדְבָרָיו תִּקְוָה לִכְסִיל מִמֶּֽנּוּ׃
21 जसले आफ्नो नोकरलाई आफ्नो बाल्यावस्थादेखि पुल्पुल्याउँछ, त्यसले अन्त्यमा कष्‍ट भोग्‍ने छ ।
מְפַנֵּק מִנֹּעַר עַבְדּוֹ וְאַחֲרִיתוֹ יִהְיֶה מָנֽוֹן׃
22 रिसाएको मानिसले द्वन्द्व निम्त्याउँछ, र झोँकको मालिकले धेरै पाप गर्छ ।
אִֽישׁ־אַף יְגָרֶה מָדוֹן וּבַעַל חֵמָה רַב־פָּֽשַׁע׃
23 मानिसले घमण्डले त्यसलाई तल खसाल्छ, तर विनम्र आत्मा भएको मानिसलाई आदर दिइने छ ।
גַּאֲוַת אָדָם תַּשְׁפִּילֶנּוּ וּשְׁפַל־רוּחַ יִתְמֹךְ כָּבֽוֹד׃
24 चोरसित बाँडचुँड गर्नेले आफ्नै जीवनलाई घृणा गर्छ । त्यसले श्राप सुन्छ र केही भन्दैन ।
חוֹלֵק עִם־גַּנָּב שׂוֹנֵא נַפְשׁוֹ אָלָה יִשְׁמַע וְלֹא יַגִּֽיד׃
25 मानिसको डर पासोजस्तै हो, तर परमप्रभुमाथि भरोसा गर्नेचाहिँ सुरक्षित हुने छ ।
חֶרְדַּת אָדָם יִתֵּן מוֹקֵשׁ וּבוֹטֵחַ בַּיהוָה יְשֻׂגָּֽב׃
26 शासकको मुहार खोज्नेहरू धेरै छन्, तर मानिसको लागि न्याय परमप्रभुबाट नै आउँछ ।
רַבִּים מְבַקְשִׁים פְּנֵי־מוֹשֵׁל וּמֵיְהוָה מִשְׁפַּט־אִֽישׁ׃
27 अन्यायी मानिस धर्मात्माको लागि घृणित हुन्छ, र सोझो चाल भएको मानिस दुष्‍टको लागि घृणित हुन्छ ।
תּוֹעֲבַת צַדִּיקִים אִישׁ עָוֶל וְתוֹעֲבַת רָשָׁע יְשַׁר־דָּֽרֶךְ׃

< हितोपदेश 29 >