< हितोपदेश 28 >
1 कसैले नलखेट्दा पनि दुष्ट मानिसहरू भाग्छन्, तर धर्मी मानिसहरू जवान सिंहझैँ निर्भीक हुन्छन् ।
Opaki bježe i kad ih nitko ne progoni, a pravednici su neustrašivi kao mladi lav.
2 देशको अधर्मको कारण त्यहाँ धेरै शासकहरू हुन्छन्, तर समझशक्ति र ज्ञान भएको मानिसले अमनचैन कायम राख्ने छ ।
Kad se u zemlji griješi, mnogi su joj knezovi, a s čovjekom razumnim i umnim uprava je postojana.
3 एउटा गरिब मानिसमाथि थिचोमिचो गर्ने अर्को गरिब मानिस अन्न सखाप पार्ने मुसलधारे वर्षाजस्तो हो ।
Čovjek opak koji tlači ubogoga - kiša je razorna poslije koje kruha nema.
4 व्यवस्था त्याग्नेहरूले दुष्ट मानिसहरूको प्रशंसा गर्छन्, तर व्यवस्था पालन गर्नेहरू तिनीहरूको विरुद्धमा लड्छन् ।
Koji zapuštaju Zakon, veličaju opake, a koji se drže Zakona, protive im se.
5 खराब मानिसले न्यायलाई बुझ्दैन, तर परमप्रभुको खोजी गर्नेहरूले हरेक कुरो बुझ्दछ ।
Zli ljudi ne razumiju pravice, a koji traže Jahvu, razumiju sve.
6 आफ्ना मार्गहरूमा टेडो हुने धनी मानिसभन्दा आफ्नो निष्ठामा हिँड्ने गरिब मानिस उत्तम हुन्छ ।
Bolji je siromah koji živi bezazleno nego bogataš koji kroči krivim putem.
7 व्यवस्था पालन गर्ने छोरो समझदार हुन्छ, तर घिचावाको सङ्गत गर्नेले चाहिँ आफ्नो बुबालाई लज्जित तुल्याउँछ ।
Tko se drži Zakona, razuman je sin, a tko se druži s izbjeglicama, sramoti oca svoga.
8 धेरै ब्याज लगाएर आफ्नो सम्पत्ति बढाउने मानिसको धनलाई अर्कैले कुम्ल्याउँछ र त्यसले गरिबहरूमाथि दया देखाउँछ ।
Tko umnožava bogatstvo svoje lihvom i pridom, skuplja ga onomu tko je milostiv ubogima.
9 कसैले व्यवस्था सुन्नबाट आफ्नो कान तर्कायो भने त्यसको प्रार्थना पनि घृणित हुन्छ ।
Tko uklanja uho svoje da ne sluša Zakona, i molitva je njegova mrska.
10 सोझाहरूलाई खराब मार्गमा लैजाने जो कोही पनि आफूले खनेको खाल्डोमा जाकिने छ, तर खोटरहित मानिसले असल पैतृक-सम्पत्ति पाउने छ ।
Tko zavodi poštene na put zao, past će u jamu svoju, a pošteni će baštiniti sreću.
11 धनी मानिस आफ्नै दृष्टिमा बुद्धिमान् होला, तर समझशक्ति भएको गरिब मानिसले त्यसलाई पत्ता लगाउने छ ।
Bogat se čovjek čini sebi mudrim, ali će ga razuman siromah raskrinkati.
12 धर्मीहरू विजय हुँदा ठुलो महिमा हुन्छ, तर दुष्टहरूको उदय हुँदा मानिसहरू लुक्न थाल्छन् ।
Velika je slava kad se raduju pravednici, a kad se dižu opaki, ljudi se kriju.
13 आफ्ना पापहरू लुकाउनेको उन्नति हुने छैन, तर तिनलाई स्वीकार गरी त्याग्नेलाई कृपा देखाइने छ ।
Tko skriva svoje grijehe, nema sreće, a tko ih ispovijeda i odriče ih se, milost nalazi.
14 सधैँ आदरसाथ जिउने आशिषित् हुने छ, तर आफ्नो हृदयलाई कठोर बनाउनेचाहिँ कष्टमा पर्ने छ ।
Blago čovjeku uvijek bojaznu, jer čovjek okorjela srca zapada u nesreću.
15 गर्जने सिंह वा झम्टने भालुझैँ मानिसहरूमाथि शासन गर्ने दुष्ट शासक हुन्छ ।
Lav koji riče i gladan medvjed: takav je opak vladalac siromašnu narodu.
16 समझशक्ति कमी भएको शासक क्रुर हुन्छ, तर बेइमानीलाई घृणा गर्नेचाहिँको आयु लामो हुन्छ ।
Nerazuman knez čini mnoga nasilja, a koji mrzi lakomost, dugo živi.
17 कसैको रगत बगाएकोले मानिस दोषी छ भने त्यसको मृत्यु नभएसम्म त्यो भगुवा हुने छ र कसैले त्यसलाई सहायता गर्ने छैन ।
Onaj koga tišti krvna krivica, do groba bježi: ne zaustavljajte ga.
18 निष्ठासहित हिँड्ने सुरक्षित हुने छ, तर टेडो चाल भएको मानिस अकस्मात् पतन हुने छ ।
Spasava se tko živi pravedno, tko se koleba između dva puta, propada na jednom od njih.
19 आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त अन्न हुने छ, तर बेकम्मा कोसिसको पछि लाग्नेचाहिँ दरिद्रताले भरिने छ ।
Tko obrađuje svoju zemlju, nasitit će se kruha, a tko trči za tlapnjama, nasitit će se siromaštva.
20 विश्वासयोग्य मानिसले धेरै आशिष्हरू पाउने छ, तर झट्टै धनी हुनेचाहिँ दण्डविना उम्कने छैन ।
Čestit čovjek stječe blagoslov, a tko hrli za bogatstvom, ne ostaje bez kazne.
21 पक्षपात गर्नु राम्रो होइन, तरै पनि एक टुक्रा रोटीको लागि मानिसले गलत काम गर्छ ।
Ne valja biti pristran na sudu, jer i za zalogaj kruha čovjek čini zlo.
22 कन्जुस मानिस धनको पछि लाग्छ, तर दरिद्रता त्यसमाथि आइपर्ने छ भनी त्यसलाई थाहै हुँदैन ।
Pohlepnik hrli za bogatstvom, a ne zna da će ga stići oskudica.
23 फुर्क्याउने जिब्रो भएकोले भन्दा अनुशासनमा राख्नेले नै पछि बढी निगाह पाउँछ ।
Tko kori čovjeka, nalazi poslije veću milost nego onaj koji laska jezikom.
24 आफ्ना बुबा र आमालाई लुटेर “त्यो पाप होइन” भनी बताउने मानिस बर्बादी ल्याउनेको मित्र हुन्छ ।
Tko pljačka oca svoga i majku svoju i veli: “Nije grijeh”, drug je razbojniku.
25 लोभी मानिसले द्वन्द्व निम्त्याउँछ, तर परमप्रभुमा भरोसा गर्नेको उन्नति हुने छ ।
Lakomac zameće svađu, a tko se uzda u Jahvu, uspjet će.
26 आफ्नै हृदयमा भरोसा गर्ने मानिस मूर्ख हो, तर बुद्धिमा चल्नेचाहिँ खतराबाट टाढै बस्छ ।
Bezuman je tko se uzda u svoje srce, a spasava se tko živi mudro.
27 गरिबलाई दिनेलाई कुनै कुराको अभाव हुँदैन, तर तिनीहरूप्रति आँखा चिम्लनेले धेरै श्राप पाउने छ ।
Tko daje siromahu, ne trpi oskudicu; a tko odvraća oči svoje, bit će proklet.
28 दुष्टहरूको उदय हुँदा मानिसहरू लुक्छन्, तर तिनीहरू नष्ट हुँदा धर्मीहरूको वृद्धि हुन्छ ।
Kad se dižu opaki, ljudi se kriju, a kad propadaju, tad se množe pravednici.