< हितोपदेश 27 >
1 भोलीको विषयमा घमण्ड नगर्, किनकि एकै दिनमा के आइपर्छ भनी तँलाई थाहा छैन ।
不要为明日自夸, 因为一日要生何事,你尚且不能知道。
2 कसैले तेरो प्रशंसा गरोस्, तेरै आफ्नै मुखले होइन; परदेशीले गरोस्, तेरो ओठले होइन ।
要别人夸奖你,不可用口自夸; 等外人称赞你,不可用嘴自称。
3 ढुङ्गाको बोझ र बालुवाको ओजनलाई विचार गर् । मूर्खको चिढ्याइ ती दुवैभन्दा गरुङ्गो हुन्छ ।
石头重,沙土沉, 愚妄人的恼怒比这两样更重。
4 झोँकको क्रोध र रिसको बाढी छ, तर डाहको सामु को खडा हुन सक्छ र?
忿怒为残忍,怒气为狂澜, 惟有嫉妒,谁能敌得住呢?
5 गुप्त प्रेमभन्दा खुला हप्की बेस हो ।
当面的责备强如背地的爱情。
6 मित्रले दिएको चोट पत्यारलाग्दो हुन्छ, तर शत्रुले तँलाई प्रचुर मात्रामा चुम्बन गर्न सक्छ ।
朋友加的伤痕出于忠诚; 仇敌连连亲嘴却是多余。
7 पेटभरि खाएको मानिसले महको चाकालाई पनि इन्कार गर्छ, तर भोकाएको व्यक्तिलाई हरेक तितो कुरो मिठो लाग्छ ।
人吃饱了,厌恶蜂房的蜜; 人饥饿了,一切苦物都觉甘甜。
8 आफ्नो गुँडबाट भट्किएर निस्केको चरा आफ्नो बासस्थानबाट बरालिएको मानिसझैँ हुन्छ ।
人离本处飘流, 好像雀鸟离窝游飞。
9 अत्तर र धूपले हृदयलाई आनन्द दिन्छ, तर मित्रको मिठास उसको इमानदार सल्लाहबाट आउँछ ।
膏油与香料使人心喜悦; 朋友诚实的劝教也是如此甘美。
10 आफ्नो मित्र र मित्रको बुबालाई नत्याग्, अनि तेरो विपत्तिको दिनमा तेरो भाइको घरमा नजा । टाढाको भाइभन्दा नजिकको छिमेकी उत्तम हुन्छ ।
你的朋友和父亲的朋友, 你都不可离弃。 你遭难的日子,不要上弟兄的家去; 相近的邻舍强如远方的弟兄。
11 हे मेरो छोरो, बुद्धिमान हो, र मेरो हृदयलाई आनन्दित तुल्या । तब मेरो खिल्ली उडाउनेलाई म जवाफ दिने छु ।
我儿,你要作智慧人,好叫我的心欢喜, 使我可以回答那讥诮我的人。
12 विवेकी मानिसले सङ्कष्ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।
通达人见祸藏躲; 愚蒙人前往受害。
13 परदेशीको जमानी बस्नेको खास्टो पनि खोस्नू, र त्यसले अनैतिक स्त्रीको लागि यसो गरेको भए त्यो धरौटी राख्नू ।
谁为生人作保,就拿谁的衣服; 谁为外女作保,谁就承当。
14 कसैले आफ्नो छिमेकीलाई बिहान सबेरै चर्को सोरमा आशिष् दिन्छ भने, त्यो आशिष्लाई श्राप ठानिन्छ ।
清晨起来,大声给朋友祝福的, 就算是咒诅他。
15 झगडालु पत्नी वर्षाको समयमा एकहोरो तपतप चुहुने झरीजस्तै हो ।
大雨之日连连滴漏, 和争吵的妇人一样;
16 त्यसलाई नियन्त्रण गर्नु बतासलाई नियन्त्रण गर्नुझैँ हो वा दाहिने हातमा तेललाई समात्नुझैँ हो ।
想拦阻她的,便是拦阻风, 也是右手抓油。
17 फलामले फलामलाई उध्याउँछ । त्यसै गरी, मानिसले आफ्नो मित्रलाई उध्याउँछ ।
铁磨铁,磨出刃来; 朋友相感也是如此。
18 अञ्जीरको रुख गोडमेल गर्नेले यसको फल खाने छ, र आफ्नो गुरुको रक्षा गर्नेले आदर पाउँछ ।
看守无花果树的,必吃树上的果子; 敬奉主人的,必得尊荣。
19 जसरी पानीले मानिसको अनुहार प्रतिबिम्बित गर्छ, त्यसै गरी मानिसको हृदयले उसको प्रतिबिम्बित गर्छ ।
水中照脸,彼此相符; 人与人,心也相对。
20 जसरी पाताल र एब्बाड्डोन कहिल्यै सन्तुष्ट हुँदैनन्, त्यसै गरी मानिसका आँखा कहिल्यै सन्तुष्ट हुँदैनन् । (Sheol )
阴间和灭亡永不满足; 人的眼目也是如此。 (Sheol )
21 चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, अनि मानिसको प्रशंसा हुँदा त्यसको जाँच हुन्छ ।
鼎为炼银,炉为炼金, 人的称赞也试炼人。
22 मूर्खलाई खलमा वा अन्नलाई झैँ जाँतोमा हालेर पिँधे तापनि त्यसको मूर्खता त्यसबाट हट्ने छैन ।
你虽用杵将愚妄人与打碎的麦子一同捣在臼中, 他的愚妄还是离不了他。
23 तेरा भेडा-बाख्राहरूको अवस्था राम्ररी थाहा गर, र तेरा गाईवस्तुहरूको बारेमा ध्यान दे ।
你要详细知道你羊群的景况, 留心料理你的牛群;
24 किनकि धन-सम्पत्ति सदाको लागि होइन । के मुकुट सबै पुस्ताभरि रहन्छ र?
因为资财不能永有, 冠冕岂能存到万代?
25 पराल कहिले हटाइन्छ र नयाँ पालुवा कहिले पलाउँछ अनि डाँडापाखाबाट घाँस कहिले बटुलिन्छ भनी तँलाई थाहा हुनुपर्छ ।
干草割去,嫩草发现, 山上的菜蔬也被收敛。
26 ती भेडाहरूले तेरो वस्त्र जुटाउने छन्, र बाख्राहरूले खेतको मूल्य जुटाउने छन् ।
羊羔之毛是为你作衣服; 山羊是为作田地的价值,
27 तँ र तेरो घरानाको भोजनको लागि बाख्रीको दूध उपलब्ध हुने छ र त्यो तेरा नोकर्नीहरूलाई पोषण हुने छ ।
并有母山羊奶够你吃, 也够你的家眷吃, 且够养你的婢女。