< हितोपदेश 27 >

1 भोलीको विषयमा घमण्ड नगर्, किनकि एकै दिनमा के आइपर्छ भनी तँलाई थाहा छैन ।
Usamanyadire za mawa, pakuti sudziwa zimene zidzachitike pa tsikulo.
2 कसैले तेरो प्रशंसा गरोस्, तेरै आफ्नै मुखले होइन; परदेशीले गरोस्, तेरो ओठले होइन ।
Munthu wina akutamande, koma osati wekha; mlendo akakutamanda, ndiponi koma osati ndi pakamwa pako.
3 ढुङ्गाको बोझ र बालुवाको ओजनलाई विचार गर् । मूर्खको चिढ्याइ ती दुवैभन्दा गरुङ्गो हुन्छ ।
Mwala ndi wolemera ndipo mchenganso ndi wolemera kwambiri, koma makani a chitsiru ndi oposa zonsezo kulemera kwake.
4 झोँकको क्रोध र रिसको बाढी छ, तर डाहको सामु को खडा हुन सक्छ र?
Mkwiyo umadzetsa nkhanza ndipo kupsa mtima kumachititsa zoopsa. Koma nsanje imachita zoopsa zopambana.
5 गुप्‍त प्रेमभन्दा खुला हप्की बेस हो ।
Kudzudzula munthu poyera nʼkwabwino kuposa chikondi chobisika.
6 मित्रले दिएको चोट पत्यारलाग्दो हुन्छ, तर शत्रुले तँलाई प्रचुर मात्रामा चुम्बन गर्न सक्छ ।
Munthu amene amakukonda ngakhale akupweteke zili bwino, koma mdani wako amakupsompsona mwachinyengo.
7 पेटभरि खाएको मानिसले महको चाकालाई पनि इन्कार गर्छ, तर भोकाएको व्यक्तिलाई हरेक तितो कुरो मिठो लाग्छ ।
Iye amene wakhuta amayipidwa ndi chisa cha uchi, koma kwa munthu wanjala ngakhale chimene chili chowawa chimamukomera.
8 आफ्नो गुँडबाट भट्किएर निस्केको चरा आफ्नो बासस्थानबाट बरालिएको मानिसझैँ हुन्छ ।
Munthu amene wasochera ku nyumba kwake, ali monga mbalame imene yasochera pa chisa chake.
9 अत्तर र धूपले हृदयलाई आनन्द दिन्छ, तर मित्रको मिठास उसको इमानदार सल्लाहबाट आउँछ ।
Mafuta ndi zonunkhira zimasangalatsa mtima, ndipo kukoma mtima kwa bwenzi kwagona pa malangizo ake.
10 आफ्नो मित्र र मित्रको बुबालाई नत्याग्, अनि तेरो विपत्तिको दिनमा तेरो भाइको घरमा नजा । टाढाको भाइभन्दा नजिकको छिमेकी उत्तम हुन्छ ।
Usasiye bwenzi lako ndiponso bwenzi la abambo ako, ndipo usapite ku nyumba ya mʼbale wako pamene wakumana ndi mavuto; mnzako wokhala naye pafupi amaposa mʼbale wako wokhala kutali.
11 हे मेरो छोरो, बुद्धिमान हो, र मेरो हृदयलाई आनन्दित तुल्या । तब मेरो खिल्ली उडाउनेलाई म जवाफ दिने छु ।
Mwana wanga, khala wanzeru, ndipo ukondweretse mtima wanga; pamenepo ine ndidzatha kuyankha aliyense amene amandinyoza.
12 विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।
Munthu wochenjera akaona choopsa amabisala, koma munthu wopusa amangopitirira ndipo amakumana ndi mavuto.
13 परदेशीको जमानी बस्‍नेको खास्टो पनि खोस्‍नू, र त्यसले अनैतिक स्‍त्रीको लागि यसो गरेको भए त्यो धरौटी राख्‍नू ।
Utenge chovala cha munthu amene waperekera mlendo chikole; ngati chigwiriro chifukwa waperekera chikole mlendo wosadziwika.
14 कसैले आफ्नो छिमेकीलाई बिहान सबेरै चर्को सोरमा आशिष् दिन्छ भने, त्यो आशिष्‌लाई श्राप ठानिन्छ ।
Ngati munthu apatsa mnzake moni mofuwula mmamawa kwambiri, anthu adzamuyesa kuti akutemberera.
15 झगडालु पत्‍नी वर्षाको समयमा एकहोरो तपतप चुहुने झरीजस्तै हो ।
Mkazi wolongolola ali ngati mvula yamvumbi.
16 त्यसलाई नियन्त्रण गर्नु बतासलाई नियन्त्रण गर्नुझैँ हो वा दाहिने हातमा तेललाई समात्‍नुझैँ हो ।
Kumuletsa mkazi wotereyu zimenezi zili ngati kuletsa mphepo kapena kufumbata mafuta mʼdzanja.
17 फलामले फलामलाई उध्याउँछ । त्यसै गरी, मानिसले आफ्नो मित्रलाई उध्याउँछ ।
Chitsulo chimanoledwa ndi chitsulo chinzake, chomwechonso munthu amanoledwa ndi munthu mnzake.
18 अञ्‍जीरको रुख गोडमेल गर्नेले यसको फल खाने छ, र आफ्नो गुरुको रक्षा गर्नेले आदर पाउँछ ।
Amene amasamalira mtengo wamkuyu adzadya zipatso zake, ndipo iye amene amasamalira mbuye wake adzalandira ulemu.
19 जसरी पानीले मानिसको अनुहार प्रतिबिम्बित गर्छ, त्यसै गरी मानिसको हृदयले उसको प्रतिबिम्बित गर्छ ।
Monga momwe nkhope imaonekera mʼmadzi, chomwechonso mtima wa munthu umadziwika ndi ntchito zake.
20 जसरी पाताल र एब्बाड्‍डोन कहिल्यै सन्तुष्‍ट हुँदैनन्, त्यसै गरी मानिसका आँखा कहिल्यै सन्तुष्‍ट हुँदैनन् । (Sheol h7585)
Manda sakhuta, nawonso maso a munthu sakhuta. (Sheol h7585)
21 चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, अनि मानिसको प्रशंसा हुँदा त्यसको जाँच हुन्छ ।
Siliva amasungunulira mu uvuni ndipo golide mʼngʼanjo, chomwechonso munthu amadziwika ndi zomwe akudzitamandira nazo.
22 मूर्खलाई खलमा वा अन्‍नलाई झैँ जाँतोमा हालेर पिँधे तापनि त्यसको मूर्खता त्यसबाट हट्ने छैन ।
Ngakhale utakonola chitsiru mu mtondo ndi musi ngati chimanga, uchitsiru wakewo sudzachoka.
23 तेरा भेडा-बाख्राहरूको अवस्था राम्ररी थाहा गर, र तेरा गाईवस्तुहरूको बारेमा ध्यान दे ।
Uzidziwe bwino nkhosa zako momwe zilili. Kodi usamalire bwino ziweto zako?
24 किनकि धन-सम्पत्ति सदाको लागि होइन । के मुकुट सबै पुस्ताभरि रहन्छ र?
Paja chuma sichikhala mpaka muyaya, ndipo ufumu sukhala mpaka mibado yonse.
25 पराल कहिले हटाइन्छ र नयाँ पालुवा कहिले पलाउँछ अनि डाँडापाखाबाट घाँस कहिले बटुलिन्छ भनी तँलाई थाहा हुनुपर्छ ।
Pamene udzu watha, msipu nʼkumera; ndipo atatuta udzu wa ku mapiri,
26 ती भेडाहरूले तेरो वस्‍त्र जुटाउने छन्, र बाख्राहरूले खेतको मूल्य जुटाउने छन् ।
ana ankhosa adzakupatsani chovala ndipo pogulitsa mbuzi mudzapeza ndalama yogulira munda.
27 तँ र तेरो घरानाको भोजनको लागि बाख्रीको दूध उपलब्ध हुने छ र त्यो तेरा नोकर्नीहरूलाई पोषण हुने छ ।
Mudzakhala ndi mkaka wambuzi wambiri kuti muzidya inuyo ndi banja lanu ndi kudyetsa antchito anu aakazi.

< हितोपदेश 27 >