< हितोपदेश 26 >
1 ग्रिष्म ऋतुमा हिउँ वा फसलको समयमा झरी परेझैँ मूर्ख आदरको योग्य हुँदन ।
夏天落雪,收割时下雨,都不相宜; 愚昧人得尊荣也是如此。
2 भुर्र उड्ने भँगेरो र हानिएर जाने गौँथलीझैँ कारणविनाको श्राप पनि लाग्दैन ।
麻雀往来,燕子翻飞; 这样,无故的咒诅也必不临到。
3 कोर्रा घोडाको लागि हो; लगाम गधाको लागि हो र लट्ठी मूर्खहरूको पिठिउँको लागि हो ।
鞭子是为打马,辔头是为勒驴; 刑杖是为打愚昧人的背。
4 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदे, नत्रता तँ त्योजस्तै हुने छस् ।
不要照愚昧人的愚妄话回答他, 恐怕你与他一样。
5 मूर्खलाई जवाफ दे र त्यसको मूर्खतामा मिल् ताकि त्यो त्यसको आफ्नै दृष्टिमा बुद्धिमान् नहोस् ।
要照愚昧人的愚妄话回答他, 免得他自以为有智慧。
6 मूर्खको हातमा सन्देश पठाउने मानिसले आफ्नै खुट्टामा बन्चरो हानेर हिंसा पिउँछ ।
借愚昧人手寄信的, 是砍断自己的脚,自受损害。
7 पक्षाघातीका झुण्डिएका खुट्टाहरूझैँ मूर्खको मुखमा भएको हितोपदेश हुन्छ ।
瘸子的脚空存无用; 箴言在愚昧人的口中也是如此。
8 मूर्खलाई आदन दिनु घुयेँत्रोमा ढुङ्गा बाँध्नुजस्तै हो ।
将尊荣给愚昧人的, 好像人把石子包在机弦里。
9 मतवालाको हातमा काँढा भएझैँ मूर्खको मुखमा भएको हितोपदेश हो ।
箴言在愚昧人的口中, 好像荆棘刺入醉汉的手。
10 मूर्ख वा बटुवालाई ज्यालामा काम लगाउनु धनुर्धारीले त्यसको वरिपरि भएका सबैलाई काँड हानी चोट पुर्याउनुजस्तै हो ।
雇愚昧人的,与雇过路人的, 就像射伤众人的弓箭手。
11 जसरी कुकुर आफ्नै बान्तामा फर्केर आउँछ, त्यसै गरी मूर्खले आफ्नो मूर्खता दोहोर्याउँछ ।
愚昧人行愚妄事,行了又行, 就如狗转过来吃它所吐的。
12 के तैँले आफ्नै दृष्टिमा बुद्धिमान् भएको कुनै मानिसलाई देखेको छस्? त्यसको भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।
你见自以为有智慧的人吗? 愚昧人比他更有指望。
13 अल्छे मानिसले भन्छ, “सडकमा सिंह छ । खुला ठाउँहरूका बिचमा सिंह छ ।”
懒惰人说:道上有猛狮, 街上有壮狮。
14 ढोका आफ्नो कब्जामा यताउता हल्लेझैँ अल्छे मानिस आफ्नो खाटमा पल्टन्छ ।
门在枢纽转动, 懒惰人在床上也是如此。
15 अल्छे मानिसले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पुर्याउन पनि त्योसित शक्ति हुँदैन ।
懒惰人放手在盘子里, 就是向口撤回也以为劳乏。
16 सही न्यायसहित प्रतिक्रिया दिने सात जना मानिसभन्दा अल्छे मानिस त्यसको आफ्नै दृष्टिमा बुद्धिमान् हुन्छ ।
懒惰人看自己比七个善于应对的人更有智慧。
17 कुकुरको कान समात्ने मानिस आफूसित सम्बन्धित नभएको झगडामा रिसाउने बटुवाजस्तै हो ।
过路被事激动,管理不干己的争竞, 好像人揪住狗耳。
18 त्यो घातक काँड हान्ने बौलाहा मानिसजस्तो हो,
人欺凌邻舍,却说: 我岂不是戏耍吗? 他就像疯狂的人抛掷火把、利箭, 与杀人的兵器。
19 जसले आफ्नो छिमेकीलाई धोका दिइसकेपछि भन्छ, “के मैले ठट्टा गर्दै थिइनँ र?”
20 दाउराको कमीले आगो निभ्छ, र जहाँ कुरौटो हुँदैन त्यहाँ झगडाको अन्त्य हुन्छ ।
火缺了柴就必熄灭; 无人传舌,争竞便止息。
21 जसरी भुङ्ग्रोको लागि कोइला र आगोको लागि दाउरा हो, त्यसै गरी झगडालु मानिस कलह सल्काउनको लागि हो ।
好争竞的人煽惑争端, 就如余火加炭,火上加柴一样。
22 कुरौटेका वचनहरू स्वादिष्ट गाँसजस्तै हुन्छन् । ती शरीरको भित्री भागसम्म प्रवेश गर्छन् ।
传舌人的言语,如同美食, 深入人的心腹。
23 माटोको भाँडामा चल्काउने जलप लाएझैँ आघात पुर्याउने ओठ र दुष्ट हृदय हुन्छ ।
火热的嘴,奸恶的心, 好像银渣包的瓦器。
24 अरूहरूलाई घृणा गर्नेले आफ्नो ओठले आफ्ना भावना लुकाउँछ, तर भित्रपट्टि भने त्यसले छलछामलाई आश्रय दिन्छ ।
怨恨人的,用嘴粉饰, 心里却藏着诡诈;
25 त्यसले अनुग्रही भएर बोले तपानि त्यसमाथि विश्वास नगर्, किनकि त्यसको हृदयमा सातवटा घृणित कुरा छन् ।
他用甜言蜜语,你不可信他, 因为他心中有七样可憎恶的。
26 त्यसको घृणालाई छलले ढाकिएको भए तापनि त्यसको दुष्टता सभामा खुला हुने छ ।
他虽用诡诈遮掩自己的怨恨, 他的邪恶必在会中显露。
27 खाडल खन्ने मानिस त्यसभित्र जाकिन्छ, र ढुङ्गा गुडाउने मानिसमा नै त्यो ढुङ्गा फर्केर आउने छ ।
挖陷坑的,自己必掉在其中; 滚石头的,石头必反滚在他身上。
28 झुट बोल्ने जिब्रोले पीडामा परेकाहरूलाई घृणा गर्छ, र चापलुसी घस्ने मुखले विनाश ल्याउँछ ।
虚谎的舌恨他所压伤的人; 谄媚的口败坏人的事。