< हितोपदेश 25 >
1 यी सोलोमनका थप हितोपदेश हुन् जसलाई यहूदाका राजा हिजकियाका मानिसहरूले प्रतिलिपि गरे ।
이것도 솔로몬의 잠언이요 유다 왕 히스기야의 신하들의 편집한 것이니라
2 कुनै विषय गोप्य राख्नुमा परमेश्वरको महिमा हुन्छ, तर यसको खोजी गर्नु राजाहरूको महिमा हो ।
일을 숨기는 것은 하나님의 영화요 일을 살피는 것은 왕의 영화니라
3 जसरी आकाशहरू उचाइका लागि हुन्, र पृथ्वी गहिराइको लागि हो, त्यसै गरी राजाहरूको हृदय खोजी गर्न नसकिने खालको हुन्छ ।
하늘의 높음과 땅의 깊음 같이 왕의 마음은 헤아릴 수 없느니라
4 चाँदीबाट कसर निकालिदे, र धातुको काम गर्नेले त्यसलाई चाँदीलाई आफ्नो शिल्पकृतिमा प्रयोग गर्न सक्छ ।
은에서 찌끼를 제하라 그리하면 장색의 쓸만한 그릇이 나올 것이요
5 त्यसै गरी, राजाको उपस्थितिबाट दुष्ट मानिसहरूलाई हटाइदे, र तिनको सिंहासन ठिक काम गरेर स्थापित हुने छ ।
왕 앞에서 악한 자를 제하라 그리하면 그 위가 의로 말미암아 견고히 서리라
6 राजाको उपस्थितिमा आफैलाई नउचाल्, र उच्च मानिसहरूलाई तोकिएको ठाउँमा नबस् ।
왕 앞에서 스스로 높은 체 하지 말며 대인의 자리에 서지 말라
7 उच्च मानिसहरूको सामु तेरो अपमान हुनुभन्दा त बरु तँलाई “यहाँ माथि आऊ” भन्नु उत्तम हुन्छ ।
이는 사람이 너더러 이리로 올라오라 하는 것이 네 눈에 보이는 귀인 앞에서 저리로 내려가라 하는 것보다 나음이니라
8 तैँले जे देखेको छस्, त्यसलाई झट्टै अदालतमा नलैजा । किनकि तेरो छिमेकीले तँलाई लाजमा पार्दा अन्त्यमा तँ के गर्ने छस्?
너는 급거히 나가서 다투지 말라 마침내 네가 이웃에게 욕을 보게 될 때에 네가 어찌 할 줄을 알지 못할까 두려우니라
9 तेरो मुद्दालाई तँ र तेरो छिमेकीको बिचमा बहस गर्, र अर्कोको गुप्त कुरोलाई प्रकट नगर् ।
너는 이웃과 다투거든 변론만 하고 남의 은밀한 일은 누설하지 말라
10 नत्रता सुन्ने व्यक्तिले तँमाथि लाज र तेरो विषयमा भएको खराब प्रतिवेदन ल्याउने छ जसलाई चुप गराउन सकिँदैन ।
듣는 자가 너를 꾸짖을 터이요 또 수욕이 네게서 떠나지 아니할까 두려우니라
11 ठिक अवस्थामा बोलिएको वचन चाँदीमा जडान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन् ।
경우에 합당한 말은 아로새긴 은쟁반에 금사과니라
12 सुनको औँठी वा निखुर सुनबाट बनेको गहना सुन्ने कानको लागि बुद्धिमान् हप्कीझैँ हो ।
슬기로운 자의 책망은 청종하는 귀에 금고리와 정금 장식이니라
13 कटनीको समयमा हिउँको शीतलझैँ विश्वासयोग्य दूत त्यसलाई पठाउनेहरूका लागि हुन्छ । त्यसले आफ्ना मालिकहरूको जीवन फर्काएर ल्याउँछ ।
충성된 사자는 그를 보낸 이에게 마치 추수하는 날에 얼음 냉수 같아서 능히 그 주인의 마음을 시원케 하느니라
14 आफूले नदिएको उपहारबारे धाक लगाउने मानिस पानीविनाको बादल र बतासझैँ हुन्छ ।
선물한다고 거짓 자랑하는 자는 비 없는 구름과 바람 같으니라
15 धैर्यताले शासकलाई पनि मनाउन सकिन्छ, र कोमल जिब्रोले हड्डीलाई गलाउन सक्छ ।
오래 참으면 관원이 그 말을 용납하나니 부드러운 혀는 뼈를 꺾느니라
16 मह पाइस् भने चाहिँदो मात्रामा खा । नत्रता अत्यधिक खाइस् भने तैँले बान्ता गर्छस् ।
너는 꿀을 만나거든 족하리만큼 먹으라 과식하므로 토할까 두려우니라
17 आफ्नो छिमेकीको घरमा अक्सर जाने नगर् । त्यो तँदेखि वाक्क भएर तँलाई घृणा गर्छ ।
너는 이웃집에 자주 다니지 말라 그가 너를 싫어하며 미워할까 두려우니라
18 आफ्नो छिमेकीको विरुद्धमा झुटो साक्षी दिने मानिस युद्धमा प्रयोग गरिने लट्ठी, तरवार वा तिखो काँडजस्तै हो ।
그 이웃을 쳐서 거짓 증거하는 사람은 방망이요 칼이요 뾰족한 살이니라
19 तैँले कष्टको समयमा भरोसा गर्ने अविश्वासयोग्य मानिस दुःखेको दाँत वा चिप्लने खुट्टाजस्तै हो ।
환난날에 진실치 못한 자를 의뢰하는 의뢰는 부러진 이와 위골된 발 같으니라
20 जाडो मौसममा खास्टो खोसेर लैजाने मानिस वा सोडामा सिर्का खन्याएझैँ दुःखित हृदय भएकोलाई गीत गाउने मानिसझैँ हुन्छ ।
마음이 상한 자에게 노래하는 것은 추운 날에 옷을 벗음 같고 쏘다 위에 초를 부음 같으니라
21 तेरो शत्रु भोकाएको छ भने त्यसलाई खानलाई भोजन दे, र त्यो तिर्खाएको छ भने त्यसलाई पिउनलाई पानी दे ।
네 원수가 배고파하거든 식물을 먹이고 목말라하거든 물을 마시우라
22 किनकि त्यसो गर्नाले तैँले त्यसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउने छस्, र परमप्रभुले तँलाई इनाम दिनुहुने छ ।
그리하는 것은 핀 숯으로 그의 머리에 놓는 것과 일반이요 여호와께서는 네게 상을 주시리라
23 जसरी उत्तरी बतासले पक्कै वृष्टि ल्याउँछ, त्यसै गरी गुप्त कुराहरू बताउने जिब्रोले क्रुद्ध अनुहार ल्याउँछ ।
북풍이 비를 일으킴 같이 참소하는 혀는 사람의 얼굴에 분을 일으키느니라
24 झगडालु पत्नीसँग एउटै घरमा बस्नुभन्दा कौसीको कुनामा बस्नु बेस हुन्छ ।
다투는 여인과 함께 큰 집에서 사는 것보다 움막에서 혼자 사는 것이 나으니라
25 तिर्खाएको मानिसलाई चिसो पानी जस्तो हुन्छ, टाढाको देशबाट आएको शुभ खबर त्यस्तै हुन्छ ।
먼 땅에서 오는 좋은 기별은 목마른 사람에게 냉수 같으니라
26 हिलोको फुहारा वा दूषित कुवाझैँ दुष्ट मानिसको सामु लर्खराउँदै हिँड्ने धर्मी मानिस हुन्छ ।
의인이 악인 앞에 굴복하는 것은 우물의 흐리어짐과 샘의 더러워짐 같으니라
27 अत्यधिक मह खानु राम्रो हुँदैन । त्यसो गर्नु भनेको मान-सम्मान खोजीरहनुजस्तै हो ।
꿀을 많이 먹는 것이 좋지 못하고 자기의 영예를 구하는 것이 헛되니라
28 आत्मसंयमविनाको मानिस दरार भएको वा पर्खालविनाको सहरजस्तै हो ।
자기의 마음을 제어하지 아니하는 자는 성읍이 무너지고 성벽이 없는 것 같으니라