< हितोपदेश 25 >
1 यी सोलोमनका थप हितोपदेश हुन् जसलाई यहूदाका राजा हिजकियाका मानिसहरूले प्रतिलिपि गरे ।
Iyi ndi miyambo inanso ya Solomoni, imene anthu a Hezekiya mfumu ya ku Yuda analemba.
2 कुनै विषय गोप्य राख्नुमा परमेश्वरको महिमा हुन्छ, तर यसको खोजी गर्नु राजाहरूको महिमा हो ।
Ulemerero wa Mulungu uli pa kubisa zinthu; ulemerero wa mafumu uli pa kufufuza zinthuzo.
3 जसरी आकाशहरू उचाइका लागि हुन्, र पृथ्वी गहिराइको लागि हो, त्यसै गरी राजाहरूको हृदय खोजी गर्न नसकिने खालको हुन्छ ।
Monga momwe kwatalikira kumwamba ndi momwe kulili kuzama kwa dziko lapansi, ndi momwemonso alili maganizo a mfumu kusadziwika kwake.
4 चाँदीबाट कसर निकालिदे, र धातुको काम गर्नेले त्यसलाई चाँदीलाई आफ्नो शिल्पकृतिमा प्रयोग गर्न सक्छ ।
Chotsa zoyipa mʼsiliva ndipo wosula adzapanga naye ziwiya.
5 त्यसै गरी, राजाको उपस्थितिबाट दुष्ट मानिसहरूलाई हटाइदे, र तिनको सिंहासन ठिक काम गरेर स्थापित हुने छ ।
Chotsa munthu woyipa pamaso pa mfumu; ndipo ufumu wake udzakhazikika mu chilungamo.
6 राजाको उपस्थितिमा आफैलाई नउचाल्, र उच्च मानिसहरूलाई तोकिएको ठाउँमा नबस् ।
Usamadzikuze ukakhala pamaso pa mfumu, ndipo usamakhale pamalo pa anthu apamwamba;
7 उच्च मानिसहरूको सामु तेरो अपमान हुनुभन्दा त बरु तँलाई “यहाँ माथि आऊ” भन्नु उत्तम हुन्छ ।
paja ndi bwino kuti mfumu ichite kukuwuza kuti, “Bwera pamwamba pano,” kulekana ndi kuti ikuchititse manyazi chifukwa cha wina wokuposa. Chimene wachiona ndi maso ako,
8 तैँले जे देखेको छस्, त्यसलाई झट्टै अदालतमा नलैजा । किनकि तेरो छिमेकीले तँलाई लाजमा पार्दा अन्त्यमा तँ के गर्ने छस्?
usafulumire kupita nacho ku bwalo la milandu nanga udzachita chiyani pa mapeto pake ngati mnansi wako adzakuchititsa manyazi?
9 तेरो मुद्दालाई तँ र तेरो छिमेकीको बिचमा बहस गर्, र अर्कोको गुप्त कुरोलाई प्रकट नगर् ।
Kamba mlandu ndi mnansi wako, koma osawulula chinsinsi cha munthu wina
10 नत्रता सुन्ने व्यक्तिले तँमाथि लाज र तेरो विषयमा भएको खराब प्रतिवेदन ल्याउने छ जसलाई चुप गराउन सकिँदैन ।
kuopa kuti wina akamva mawu ako adzakuchititsa manyazi ndipo mbiri yako yoyipa sidzatha.
11 ठिक अवस्थामा बोलिएको वचन चाँदीमा जडान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन् ।
Mawu amodzi woyankhulidwa moyenera ali ngati zokongoletsera zagolide mʼzotengera zasiliva.
12 सुनको औँठी वा निखुर सुनबाट बनेको गहना सुन्ने कानको लागि बुद्धिमान् हप्कीझैँ हो ।
Kwa munthu womvetsa bwino, kudzudzula kwa munthu wanzeru kuli ngati ndolo zagolide kapena chodzikongoletsera china cha golide wabwino kwambiri.
13 कटनीको समयमा हिउँको शीतलझैँ विश्वासयोग्य दूत त्यसलाई पठाउनेहरूका लागि हुन्छ । त्यसले आफ्ना मालिकहरूको जीवन फर्काएर ल्याउँछ ।
Wamthenga wodalirika ali ngati madzi ozizira pa nthawi yokolola kwa anthu amene amutuma; iye amaziziritsa mtima bwana wake.
14 आफूले नदिएको उपहारबारे धाक लगाउने मानिस पानीविनाको बादल र बतासझैँ हुन्छ ।
Munthu wonyadira mphatso imene sayipereka ali ngati mitambo ndi mphepo yopanda mvula.
15 धैर्यताले शासकलाई पनि मनाउन सकिन्छ, र कोमल जिब्रोले हड्डीलाई गलाउन सक्छ ।
Kupirira ndiye kumagonjetsa mfumu, ndipo kufewa mʼkamwa kutha kumafatsitsa munthu wowuma mtima.
16 मह पाइस् भने चाहिँदो मात्रामा खा । नत्रता अत्यधिक खाइस् भने तैँले बान्ता गर्छस् ।
Ngati upeza uchi, ingodya okukwanira, kuopa ungakoledwe nawo ndi kuyamba kusanza.
17 आफ्नो छिमेकीको घरमा अक्सर जाने नगर् । त्यो तँदेखि वाक्क भएर तँलाई घृणा गर्छ ।
Uzipita kamodzikamodzi ku nyumba ya mnzako ukawirikiza kupita, udzadana naye.
18 आफ्नो छिमेकीको विरुद्धमा झुटो साक्षी दिने मानिस युद्धमा प्रयोग गरिने लट्ठी, तरवार वा तिखो काँडजस्तै हो ।
Munthu wochitira mnzake umboni wonama, ali ngati chibonga kapena lupanga kapena muvi wakuthwa.
19 तैँले कष्टको समयमा भरोसा गर्ने अविश्वासयोग्य मानिस दुःखेको दाँत वा चिप्लने खुट्टाजस्तै हो ।
Kudalira munthu wosankhulupirika pa nthawi ya mavuto, kuli ngati dzino lobowoka kapena phazi lolumala.
20 जाडो मौसममा खास्टो खोसेर लैजाने मानिस वा सोडामा सिर्का खन्याएझैँ दुःखित हृदय भएकोलाई गीत गाउने मानिसझैँ हुन्छ ।
Kuyimbira nyimbo munthu wachisoni kuli ngati kuvula zovala pa nyengo yozizira kapena kuthira mchere pa chilonda.
21 तेरो शत्रु भोकाएको छ भने त्यसलाई खानलाई भोजन दे, र त्यो तिर्खाएको छ भने त्यसलाई पिउनलाई पानी दे ।
Ngati mdani wako ali ndi njala, mupatse chakudya kuti adye; ngati ali ndi ludzu mupatse madzi kuti amwe.
22 किनकि त्यसो गर्नाले तैँले त्यसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउने छस्, र परमप्रभुले तँलाई इनाम दिनुहुने छ ।
Pochita izi, udzamusenzetsa makala a moto pa mutu pake, ndipo Yehova adzakupatsa mphotho.
23 जसरी उत्तरी बतासले पक्कै वृष्टि ल्याउँछ, त्यसै गरी गुप्त कुराहरू बताउने जिब्रोले क्रुद्ध अनुहार ल्याउँछ ।
Monga momwe mphepo yampoto imabweretsera mvula, chonchonso mjedu umadzetsa mkwiyo.
24 झगडालु पत्नीसँग एउटै घरमा बस्नुभन्दा कौसीको कुनामा बस्नु बेस हुन्छ ।
Nʼkwabwino kukhala pa ngodya ya denga kuposa kukhala mʼnyumba ndi mkazi wolongolola.
25 तिर्खाएको मानिसलाई चिसो पानी जस्तो हुन्छ, टाढाको देशबाट आएको शुभ खबर त्यस्तै हुन्छ ।
Mthenga wabwino wochokera ku dziko lakutali ali ngati madzi ozizira kwa munthu waludzu.
26 हिलोको फुहारा वा दूषित कुवाझैँ दुष्ट मानिसको सामु लर्खराउँदै हिँड्ने धर्मी मानिस हुन्छ ।
Munthu wolungama amene amagonjera munthu woyipa ali ngati kasupe wodzaza ndi matope kapena chitsime cha madzi oyipa.
27 अत्यधिक मह खानु राम्रो हुँदैन । त्यसो गर्नु भनेको मान-सम्मान खोजीरहनुजस्तै हो ।
Sibwino kudya uchi wambiri, sibwinonso kudzifunira wekha ulemu.
28 आत्मसंयमविनाको मानिस दरार भएको वा पर्खालविनाको सहरजस्तै हो ।
Munthu amene samatha kudziretsa ali ngati mzinda umene adani awuthyola ndi kuwusiya wopanda malinga.