< हितोपदेश 24 >
1 खराब मानिसहरूको लालच नगर्, न त तिनीहरूसित सङ्गत गर्ने चाहना राख् ।
Do not envy wicked men or desire their company;
2 किनभने तिनीहरूको हृदयले हिंसाको षड्यन्त्र रच्छ, र तिनीहरूको ओठले कष्टबारे कुराकानी गर्छ ।
for their hearts devise violence, and their lips declare trouble.
3 बुद्धिद्वारा घर निर्माण गरिन्छ, र समझशक्तिद्वारा यसलाई स्थापित गरिन्छ ।
By wisdom a house is built and by understanding it is established;
4 ज्ञानद्वारा सारा बहुमूल्य र उत्कृष्ट थोकहरूले कोठाहरू भरिन्छन् ।
through knowledge its rooms are filled with every precious and beautiful treasure.
5 बुद्धिमान् योद्धा बलियो हुन्छ, र ज्ञानी मानिसले आफ्नो शक्ति बढाउँछ ।
A wise man is strong, and a man of knowledge enhances his strength.
6 किनभने बुद्धिमानी निर्देशनद्वारा तैँले आफ्नो युद्ध लड्न सक्छस्, र धेरै परामर्शदाताहरूद्वारा विजय हासिल गरिन्छ ।
Only with sound guidance should you wage war, and victory lies in a multitude of counselors.
7 मूर्खको लागि बुद्धि अति उच्च हुन्छ । ढोकामा त्यसले आफ्नो मुख खोल्दैन ।
Wisdom is too high for a fool; he does not open his mouth in the meeting place.
8 खराबी गर्न योजनाहरू बनाउने एउटा छ जसलाई मानिसहरू “षड्यन्त्रकारीको गुरु” भन्छन् ।
He who plots evil will be called a schemer.
9 मूर्ख योजना पाप हो, र मानिसहरूले खिल्ली उडाउनेलाई तुच्छ ठान्छन् ।
A foolish scheme is sin, and a mocker is detestable to men.
10 कष्टको दिनमा तँ डरले कमजोर भइस् भने तेरो शक्ति क्षीण हुने छ ।
If you faint in the day of distress, how small is your strength!
11 मृत्युको लागि लगिँदै गरेकाहरूलाई छुटकारा दे, र मारिनका लागि ढुनमुनिएकाहरूलाई बचा ।
Rescue those being led away to death, and restrain those stumbling toward the slaughter.
12 “हामीलाई यस विषयमा केही थाहा थिएन,” भनी तैँले भनिस् भने के हृदयको जाँच गर्नुहुनेले तैँले भनिरहेको कुरालाई बुझ्नुहुन्न र? तेरो जीवनको रखवाली गर्नुहुनेलाई के यो कुरा थाहा छैन र? के परमेश्वरले हरेकलाई त्यसको प्रतिफलअनुसार दिनुहुन्न र?
If you say, “Behold, we did not know about this,” does not He who weighs hearts consider it? Does not the One who guards your life know? Will He not repay a man according to his deeds?
13 हे मेरो छोरो, मह खा, किनकि यो गुलियो हुन्छ, किनकि महको चाकाबाटको महको स्वाद तँलाई गुलियो हुन्छ ।
Eat honey, my son, for it is good, and the honeycomb is sweet to your taste.
14 तेरो प्राणको लागि बुद्धि यही होः तैँले यसलाई भेट्टाइस् भने तेरो भविष्य सुन्दर हुने छ, र तेरो आशा निराश हुने छैन ।
Know therefore that wisdom is sweet to your soul. If you find it, there is a future for you, and your hope will never be cut off.
15 धर्मात्माको घरमाथि आक्रमण गर्ने दुष्ट मानिसजस्तै ढुकेर नबस् । त्यसको घर नभत्का ।
Do not lie in wait, O wicked man, near the dwelling of the righteous; do not destroy his resting place.
16 किनकि धर्मात्मा सात पटक लोट्छ र फेरि उठ्छ, तर दुष्ट मानिसहरू विपत्तिद्वारा तल खसालिन्छन् ।
For though a righteous man may fall seven times, he still gets up; but the wicked stumble in bad times.
17 तेरो शत्रुको पतन हुँदा उत्सव नमना, र त्यसले ठक्कर खाँदा तेरो हृदयलाई प्रसन्न हुन नदे ।
Do not gloat when your enemy falls, and do not let your heart rejoice when he stumbles,
18 नत्रता परमप्रभुले देख्नुहुने छ र असहमति जनाउनुहुने छ अनि त्यसबाट आफ्नो क्रोध हटाउनुहुने छ ।
or the LORD will see and disapprove, and turn His wrath away from him.
19 खराबी गर्नेहरूको कारण चिन्ता नमान्, र दुष्ट मानिसहरूको ईर्ष्या नगर् ।
Do not fret over evildoers, and do not be envious of the wicked.
20 किनभने दुष्ट मानिसको कुनै भविष्य छैन, र दुष्ट मानिसको बत्ती निभाइने छ ।
For the evil man has no future; the lamp of the wicked will be extinguished.
21 हे मेरो छोरो, परमप्रभुको भय मान्, र राजादेखि डरा । तिनीहरूको विरुद्धमा लाग्नेहरूको सङ्गत नगर् ।
My son, fear the LORD and the king, and do not associate with the rebellious.
22 किनभने उहाँहरूको विपत्ति अकस्मात आइपर्ने छ, र उहाँहरू दुवैबाट आउने विनाशको मात्रा कसलाई थाहा छ र?
For they will bring sudden destruction. Who knows what ruin they can bring?
23 यी पनि बुद्धिमान्का नीति-वचनहरू हुन् । मुद्दाको न्यायमा पक्षपात गर्नु राम्रो होइन ।
These also are sayings of the wise: To show partiality in judgment is not good.
24 दुष्ट मानिसलाई “तिमी धर्मात्मा हौ,” भनी भन्ने कुनै पनि व्यक्ति मानिसहरूद्वारा श्रापित हुने छ, र जाति-जातिहरूद्वारा घृणित हुने छ ।
Whoever tells the guilty, “You are innocent”— peoples will curse him, and nations will denounce him;
25 तर दुष्टलाई अनुशासनमा राख्नेहरू आनन्दित हुने छन्, र तिनीहरूमा भलाइका उपहारहरू आउने छन् ।
but it will go well with those who convict the guilty, and rich blessing will come upon them.
26 इमानदार जवाफ दिनेले ओठमा चुम्बन दिन्छ ।
An honest answer given is like a kiss on the lips.
27 तेरो बाहिरको काम तयार गर्, र खेतबारीमा गरिने हरेक काम तँ आफैले तयार राख् । त्यसपछि तेरो घर बना ।
Complete your outdoor work and prepare your field; after that, you may build your house.
28 विनाकारण तेरो छिमेकीको विरुद्धमा साक्षी नबन्, र तेरो ओठले छल्ने काम नगर् ।
Do not testify against your neighbor without cause, and do not deceive with your lips.
29 यसो नभन्, “त्यसले मलाई गरेजस्तै म त्यसलाई गर्ने छु । त्यसले मलाई गरेको साटो म लिने छु ।”
Do not say, “I will do to him as he has done to me; I will repay the man according to his work.”
30 म अल्छे मानिसको खेतनेरबाट गएँ, बेसमझ मानिसको दाखबारीबाट भएर गएँ ।
I went past the field of a slacker and by the vineyard of a man lacking judgment.
31 जताततै काँढाहरू उम्रेका थिए; जमिन झारैझारले ढाकिएको थियो, र यसको ढुङ्गाको पर्खाल तोडिएको थियो ।
Thorns had grown up everywhere, thistles had covered the ground, and the stone wall was broken down.
32 तब मैले देखेका कुरामा मैले विचार गरेँ । मैले हेरेँ र अर्ती प्राप्त गरेँ ।
I observed and took it to heart; I looked and received instruction:
33 क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्ने कामले
A little sleep, a little slumber, a little folding of the hands to rest,
34 गरिबी चोरझैँ आउने छ, र आवश्यकताचाहिँ हतियार भिरेको सिपाहीझैँ आउने छ ।
and poverty will come upon you like a robber, and need like a bandit.