< हितोपदेश 23 >
1 तँ खानलाई शासकसित बस्दा तेरो सामु राखिएको खानेकुरालाई होसियारीपूर्वक अवलोकन गर् ।
quando sederis ut comedas cum principe diligenter adtende quae posita sunt ante faciem tuam
2 तँ धेरै खाने खन्चुवा हो भने तेरो घाँटीमा चक्कु राख् ।
et statue cultrum in gutture tuo si tamen habes in potestate animam tuam
3 तिनको स्वादिष्ट खानेकुराको लालसा नगर्, किनकि यो झुटको खाना हो ।
ne desideres de cibis eius in quo est panis mendacii
4 धन-सम्पत्ति कमाउन धेरै नघोट्टी । कहिले बन्द गर्ने भनी थाहा पाउन बुद्धिमानी बन् ।
noli laborare ut diteris sed prudentiae tuae pone modum
5 के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस्? यो बितेर जाने छ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउने छन् र यो आकाशमा उडेर जाने छ ।
ne erigas oculos tuos ad opes quas habere non potes quia facient sibi pinnas quasi aquilae et avolabunt in caelum
6 दुष्ट आँखा भएको मानिसको भोजन नखा, र त्यसको स्वादिष्ट खानेकुराको लालसा नगर् ।
ne comedas cum homine invido et ne desideres cibos eius
7 किनकि त्यो भोजनको मूल्य गिन्ती गर्ने मानिस हो । त्यसले भन्छ, “खाऊ र पिऊ ।” तर त्यसको हृदय तँसित हुँदैन ।
quoniam in similitudinem arioli et coniectoris aestimat quod ignorat comede et bibe dicet tibi et mens eius non est tecum
8 तैँले खाएको थोरै खानेकुरा पनि तैँले बान्ता गर्ने छस्, र तैँले तेरो तारिफलाई त्यसै खेर जान दिनेछस् ।
cibos quos comederas evomes et perdes pulchros sermones tuos
9 मूर्खले सुन्ने गरी नबोल्, किनकि त्यसले तेरा वचनहरूको बुद्धिलाई तुच्छ ठान्ने छ ।
in auribus insipientium ne loquaris quia despicient doctrinam eloquii tui
10 प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा वा अनाथहरूको खेतबारी नमिच् ।
ne adtingas terminos parvulorum et agrum pupillorum ne introeas
11 किनभने तिनीहरूका उद्धारकर्ता शक्तिशाली हुनुहुन्छ, र उहाँले तेरो विरुद्धमा तिनीहरूको मुद्दा लड्नुहुने छ ।
propinquus enim eorum Fortis est et ipse iudicabit contra te causam illorum
12 तेरो हृदयलाई अर्तीतिर लगा, र तेरा कानलाई ज्ञानका वचनहरूमा लगा ।
ingrediatur ad doctrinam cor tuum et aures tuae ad verba scientiae
13 बच्चाबाट अर्तीलाई नरोक्, किनकि तैँले त्यसलाई अनुशासनमा राखिस् भने त्यो मर्ने छैन ।
noli subtrahere a puero disciplinam si enim percusseris eum virga non morietur
14 त्यसलाई छडी लगाउने र पातालबाट त्यसको प्राण जोगाउने तँ नै होस् । (Sheol )
tu virga percuties eum et animam eius de inferno liberabis (Sheol )
15 हे मेरो छोरो, तेरो हृदय बुद्धिमानी छ भने मेरो हृदय पनि प्रसन्न हुने छ ।
fili mi si sapiens fuerit animus tuus gaudebit tecum cor meum
16 तेरो ओठले जे ठिक छ, त्यही बोल्दा मेरो अन्तस्करण रमाउने छ ।
et exultabunt renes mei cum locuta fuerint rectum labia tua
17 तेरो हृदयलाई पापीहरूको ईर्ष्या गर्न नदे, तर दिनैभरि परमप्रभुको भयमा लागिराख् ।
non aemuletur cor tuum peccatores sed in timore Domini esto tota die
18 निश्चय नै एउटा भविष्य छ, र तेरो आशा निराश हुने छैन ।
quia habebis spem in novissimo et praestolatio tua non auferetur
19 हे मेरो छोरो, सुन् र बुद्धिमान् हो, अनि तेरो हृदयलाई सुमार्गमा लगा ।
audi fili mi et esto sapiens et dirige in via animum tuum
20 मातेकाहरू वा धेरै मासु हुसर्नेहरूसित सङ्गत नगर्,
noli esse in conviviis potatorum nec in comesationibus eorum qui carnes ad vescendum conferunt
21 किनकि मतवाला र घिचुवाहरू गरिब बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरूलाई झुत्रे बनाउँछ ।
quia vacantes potibus et dantes symbola consumentur et vestietur pannis dormitatio
22 तँलाई जन्म दिने बुबाको कुरा सुन्, र तेरी आमा वृद्ध हुँदा उनलाई तुच्छ नठान् ।
audi patrem tuum qui genuit te et ne contemnas cum senuerit mater tua
23 सत्यलाई किन्, र त्यसलाई नबेच् । बुद्धि, अर्ती र समझशक्तिलाई किन् ।
veritatem eme et noli vendere sapientiam et doctrinam et intellegentiam
24 धर्मात्माको बुबा अत्यन्तै आनन्दित हुने छ, र बुद्धिमान् छोरोलाई जन्म दिने मानिस त्यसमा प्रसन्न हुने छ ।
exultat gaudio pater iusti qui sapientem genuit laetabitur in eo
25 तेरा बुबा र आमा प्रसन्न होऊन्, अनि तँलाई जन्म दिने आनन्दित होऊन् ।
gaudeat pater tuus et mater tua et exultet quae genuit te
26 हे मेरो छोरो, मलाई तेरो हृदय दे, र तेरा आँखाले मेरा मार्गहरू हेरून् ।
praebe fili mi cor tuum mihi et oculi tui vias meas custodiant
27 किनभने वेश्या एउटा गहिरो खाडल हो, र अनैतिक स्त्री एउटा साँघुरो इनार हो ।
fovea enim profunda est meretrix et puteus angustus aliena
28 त्यो चोरझैँ ढुकिबस्छे, र त्यसले मानिसहरूका बिचमा विश्वासघातीहरूको सङ्ख्या बढाउँछे ।
insidiatur in via quasi latro et quos incautos viderit interficit
29 कोसित कष्ट छ? कोसित शोक छ? कोसित कलह छ? कोसित गुनासो छ? कोसित विनाकारण चोट छ? कसका आँखा राताराता छन्?
cui vae cuius patri vae cui rixae cui foveae cui sine causa vulnera cui suffusio oculorum
30 तिनीहरूकै जो धेरै मद्य पिउँछन्, जसले मिश्रित मद्य पिउँछन् ।
nonne his qui morantur in vino et student calicibus epotandis
31 मद्य रातो हुँदा, कचौरामा त्यसको फिँज उठ्दा र त्यो सहजै उँधो जाँदा त्यसलाई नहेर् ।
ne intuearis vinum quando flavescit cum splenduerit in vitro color eius ingreditur blande
32 अन्त्यमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ ।
sed in novissimo mordebit ut coluber et sicut regulus venena diffundet
33 तेरा आँखाहरूले अनौठा कुराहरू देख्ने छन्, र तेरो मनले टेडा कुराहरू व्यक्त गर्ने छन् ।
oculi tui videbunt extraneas et cor tuum loquetur perversa
34 तँ महासमुद्रमा सुतिरहने व्यक्तिझैँ वा मस्तुलको डोरीको मास्तिर बस्नेझैँ हुने छ ।
et eris sicut dormiens in medio mari et quasi sopitus gubernator amisso clavo
35 तैँले भन्ने छस्, “तिनीहरू मलाई हिर्काए, तर मलाई चोट लागेन ।” तिनीहरूले मलाई पिटे, तर मलाई यसको अनुभूति भएन । म कहिले ब्युँझने छु? म अर्को चुस्की खोज्ने छु ।”
et dices verberaverunt me sed non dolui traxerunt me et ego non sensi quando evigilabo et rursum vina repperiam