< हितोपदेश 23 >

1 तँ खानलाई शासकसित बस्दा तेरो सामु राखिएको खानेकुरालाई होसियारीपूर्वक अवलोकन गर् ।
Midőn leülsz étkezni az uralkodóval, ügyelve ügyelj arra, hogy ki van előtted;
2 तँ धेरै खाने खन्चुवा हो भने तेरो घाँटीमा चक्‍कु राख् ।
kést tennél a torkodra, ha vágynak vagy az embere.
3 तिनको स्वादिष्‍ट खानेकुराको लालसा नगर्, किनकि यो झुटको खाना हो ।
Ne kívánkozzál csemegéi után, hisz hazugság étele az.
4 धन-सम्पत्ति कमाउन धेरै नघोट्टी । कहिले बन्द गर्ने भनी थाहा पाउन बुद्धिमानी बन् ।
Ne fáradozzál, hogy meggazdagodj, eszességednél fogva hagyj föl avval.
5 के यसमाथि तेरो आँखाको ज्योति चम्कन दिन्छस्? यो बितेर जाने छ, किनकि गरुडका झैँ यसका पखेटाहरू पलाउने छन् र यो आकाशमा उडेर जाने छ ।
A mint ráröpíted szemeidet, nincs meg; mert bizony szárnyakat csinál magának, mint a sas, mely az égbe röpül.
6 दुष्‍ट आँखा भएको मानिसको भोजन नखा, र त्यसको स्वादिष्‍ट खानेकुराको लालसा नगर् ।
Ne étkezzél az irigyszeműnek ételéből és ne kívánkozzál csemegéi után.
7 किनकि त्यो भोजनको मूल्य गिन्ती गर्ने मानिस हो । त्यसले भन्छ, “खाऊ र पिऊ ।” तर त्यसको हृदय तँसित हुँदैन ।
Mert olyan ő, a mint lelkében számítgat; egyél és igyál mondja neked, de szíve nincs veled.
8 तैँले खाएको थोरै खानेकुरा पनि तैँले बान्ता गर्ने छस्, र तैँले तेरो तारिफलाई त्यसै खेर जान दिनेछस् ।
Falatodat, melyet megettél, kihányod, elvesztegetted kedves beszédeidet.
9 मूर्खले सुन्‍ने गरी नबोल्, किनकि त्यसले तेरा वचनहरूको बुद्धिलाई तुच्छ ठान्‍ने छ ।
Balgának fülei előtt ne beszélj, mert kigúnyolná szavaid eszes voltát.
10 प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा वा अनाथहरूको खेतबारी नमिच् ।
Ne told el az ősrégi határt, s az árvák földjeibe ne lépj be;
11 किनभने तिनीहरूका उद्धारकर्ता शक्तिशाली हुनुहुन्छ, र उहाँले तेरो विरुद्धमा तिनीहरूको मुद्दा लड्नुहुने छ ।
mert megváltójuk erős, ő viszi majd ügyüket ellened.
12 तेरो हृदयलाई अर्तीतिर लगा, र तेरा कानलाई ज्ञानका वचनहरूमा लगा ।
Nyújtsd oda az oktatásnak szívedet és füledet a tudás mondásainak.
13 बच्‍चाबाट अर्तीलाई नरोक्, किनकि तैँले त्यसलाई अनुशासनमा राखिस् भने त्यो मर्ने छैन ।
Ne vond meg a fiútól a fenyítést; midőn vesszővel vered, nem hal meg;
14 त्यसलाई छडी लगाउने र पातालबाट त्यसको प्राण जोगाउने तँ नै होस् । (Sheol h7585)
te vesszővel vered őt és lelkét az alvilágtól mented meg. (Sheol h7585)
15 हे मेरो छोरो, तेरो हृदय बुद्धिमानी छ भने मेरो हृदय पनि प्रसन्‍न हुने छ ।
Fiam, ha bölcs lett a szíved, örül az én szívem is;
16 तेरो ओठले जे ठिक छ, त्यही बोल्दा मेरो अन्तस्करण रमाउने छ ।
és vigadnak veséim, mikor ajkaid egyeneset beszélnek.
17 तेरो हृदयलाई पापीहरूको ईर्ष्या गर्न नदे, तर दिनैभरि परमप्रभुको भयमा लागिराख् ।
Ne irigykedjék szíved a vétkesekre, hanem istenfélelemben legyen egész nap.
18 निश्‍चय नै एउटा भविष्य छ, र तेरो आशा निराश हुने छैन ।
Mert bizony van jövendő, és reményed nem írtatik ki.
19 हे मेरो छोरो, सुन् र बुद्धिमान् हो, अनि तेरो हृदयलाई सुमार्गमा लगा ।
Halljad, fiam te, és légy bölcs, és igazítsd az útra szívedet.
20 मातेकाहरू वा धेरै मासु हुसर्नेहरूसित सङ्गत नगर्,
Ne légy azok közt, kik bort isznak, azok közt, kik húsban dőzsölnek.
21 किनकि मतवाला र घिचुवाहरू गरिब बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरूलाई झुत्रे बनाउँछ ।
Mert az iszákos és dőzsölő elszegényedik, és rongyokba, öltöztet a szendergés.
22 तँलाई जन्म दिने बुबाको कुरा सुन्, र तेरी आमा वृद्ध हुँदा उनलाई तुच्छ नठान् ।
Hallgass atyádra, a ki téged nemzett, s ne gúnyolódjál, midőn megvénült az anyád.
23 सत्यलाई किन्, र त्यसलाई नबेच् । बुद्धि, अर्ती र समझशक्तिलाई किन् ।
Igazságot szerezz és ne add el, bölcsességet és oktatást és értelmet.
24 धर्मात्माको बुबा अत्यन्तै आनन्दित हुने छ, र बुद्धिमान् छोरोलाई जन्म दिने मानिस त्यसमा प्रसन्‍न हुने छ ।
Ujjongva ujjong az igaznak atyja, s a ki bölcsnek szülője, örül vele.
25 तेरा बुबा र आमा प्रसन्‍न होऊन्, अनि तँलाई जन्म दिने आनन्दित होऊन् ।
Örüljön atyád és anyád, és ujjongjon az, ki téged szült.
26 हे मेरो छोरो, मलाई तेरो हृदय दे, र तेरा आँखाले मेरा मार्गहरू हेरून् ।
Adjad, fiam, szívedet énnekem, és szemeid óvják meg az útjaimat.
27 किनभने वेश्या एउटा गहिरो खाडल हो, र अनैतिक स्‍त्री एउटा साँघुरो इनार हो ।
Mert mélységes verem a parázna nő, és szűk kút az idegen nő;
28 त्यो चोरझैँ ढुकिबस्छे, र त्यसले मानिसहरूका बिचमा विश्‍वासघातीहरूको सङ्ख्या बढाउँछे ।
sőt mint a rabló, úgy leselkedik ő, és hűteleneket az emberek közt gyarapít.
29 कोसित कष्‍ट छ? कोसित शोक छ? कोसित कलह छ? कोसित गुनासो छ? कोसित विनाकारण चोट छ? कसका आँखा राताराता छन्?
Kinek jaj; kinek baj, kinek viszálykodás, kinek panasz, kinek sebek ok nélkül, kinek szemek vörössége?
30 तिनीहरूकै जो धेरै मद्य पिउँछन्, जसले मिश्रित मद्य पिउँछन् ।
Azoknak, kik későig ülnek a bor mellett, azoknak, kik bemennek vizsgálni a kevert italt.
31 मद्य रातो हुँदा, कचौरामा त्यसको फिँज उठ्दा र त्यो सहजै उँधो जाँदा त्यसलाई नहेर् ।
Ne nézd a bort, mint piroslik, mint mutatja színét a serlegben, simán csúszik le!
32 अन्त्यमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ ।
A végén mar mint a kígyó, és mint a baziliszk sebesít.
33 तेरा आँखाहरूले अनौठा कुराहरू देख्‍ने छन्, र तेरो मनले टेडा कुराहरू व्यक्त गर्ने छन् ।
Szemeid idegen dolgokat látnak majd, és szíved ferdeségeket beszél;
34 तँ महासमुद्रमा सुतिरहने व्यक्तिझैँ वा मस्तुलको डोरीको मास्तिर बस्‍नेझैँ हुने छ ।
s olyan lész, mint a ki a tenger közepén fekszik s mint a ki fekszik az árbócznak tetején.
35 तैँले भन्‍ने छस्, “तिनीहरू मलाई हिर्काए, तर मलाई चोट लागेन ।” तिनीहरूले मलाई पिटे, तर मलाई यसको अनुभूति भएन । म कहिले ब्युँझने छु? म अर्को चुस्की खोज्ने छु ।”
Megvertek, nem fájt nekem, ütöttek, nem éreztem; mikor ébredek föl? Még továbbra is keresem.

< हितोपदेश 23 >