< हितोपदेश 22 >

1 धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु अनि निगाह सुन र चाँदीभन्दा उत्तम हो ।
信譽比多財可取,敬仰必金銀可貴。
2 धनी र गरिब यस कुरामा समान छन्, कि दुवैका सृष्‍टिकर्ता परमेश्‍वर हुनुहुन्छ ।
富人與窮人彼此相遇,二者皆為上主所造。
3 विवेकी मानिसले सङ्कष्‍ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।
精明人遇見災禍,即行隱避;無知者反向前走,自招損害。
4 विनम्रता र परमप्रभुको भयको इनाम धन-सम्पत्ति, मान र जीवन हुन् ।
謙卑的賞報,是敬畏上主,是享有財富、尊榮和生命。
5 टेडा मानिसहरूको मार्गमा काँढा र पासाहरू लुकेका हुन्छन् । आफ्नो जीवनको रखवाली गर्नेचाहिँ तीबाट टाढै बस्‍ने छन् ।
邪惡者的路上,滿佈荊棘羅網;潔身自愛的人,必能遠而避之。
6 बच्‍चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्‍न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन ।
你教導孩童應行的道路,待他老年時也不會離棄。
7 धनी मानिसहरूले गरिब मानिसहरूमाथि शासन गर्छन्, र सापट लिनेचाहिँ सापट दिनेको दास बन्छ ।
富人宰割窮人,債主奴役債戶。
8 अन्याय छर्नेले सङ्कष्‍टको कटनी गर्ने छ, र त्यसको झोँखको लौरो भाँचिने छ ।
播種邪惡的,必收穫災禍;他辛苦工作,必全屬徒然。
9 उदार दृष्‍टि भएको मानिस आशिषित् हुने छ, किनकि त्यसले आफ्नो रोटी गरिबहरूसित बाँडचुँड गर्छ ।
目光慈祥的,必蒙受祝福,因他將食糧,施捨給狂人。
10 खिल्ली उडाउनेलाई बाहिर निकाल्, र द्वन्द्व हटेर जान्छ अनि वादविवाद र अपमान लोप हुने छन् ।
趕走了狂人,就除了爭執;爭訟與侮辱,亦相繼止息。
11 शुद्ध हृदयलाई प्रेम गर्ने र बोलीवचन अनुग्रहमय भएको मानिसको लागि राजा पनि मित्र हुने छ ।
純潔的心靈,是上主所愛;優雅的唇舌,是君王所悅。
12 परमप्रभुको दृष्‍टिले ज्ञानमाथि नजर लगाइरहन्छ, तर उहाँले विश्‍वासघातीका वचनहरूलाई मिल्काइदिनुहुन्छ ।
上主的眼目,常衛護知識;敗類的言論,必加以毀滅。
13 अल्छे मानिसले भन्छ, “बाटोमा एउटा सिंह छ । मलाई खुला ठाउँहरूमा मारिने छ ।”
只有懶人說:「外面有獅子,在街市之中,我會被吞噬。」
14 व्यभिचारी स्‍त्रीको मुख गहिरो खाडलजस्तै हो । त्यसभित्र खस्‍नेको विरुद्धमा परमप्रभुको क्रोध दन्कन्छ ।
淫婦們的口,實是個深坑;上主惱怒的,必墮入其中。
15 बच्‍चाको हृदयमा मूर्खता जेलिएको हुन्छ, तर अनुशासनको लट्ठीले त्यसलाई टाढा भगाउँछ ।
孩童心中藏愚昧,只有戒尺能驅逐。
16 आफ्नो धन-सम्पत्ति बढाउन गरिब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्‍ने छ ।
欺壓窮人,是使他致富;饋贈富者,是使他貧窮。
17 आफ्नो कान थाप् र बुद्धिमान्‌का वचनहरू सुन् अनि मेरो ज्ञानमा तेरो हृदय लगा ।
你應當傾聽智者的訓言,應專心致意領會我的知識。
18 किनभने तिनलाई तँभित्र राखिस् भने र ती सबै तेरो ओठमा तयार भए भने यो तेरो लागि रमणीय हुने छ ।
你若細心存想,常在口中誦念,必會令你喜悅。
19 तेरो भरोसा परमप्रभुमाथि होस् भनेर आज म तँलाई यी कुराहरू सिकाउँछु ।
為使你的信賴全托於上主,我今日特將道路指示給你。
20 के मैले तेरो लागि अर्ती र ज्ञानका तिसवटा नीति-वचन लेखिदिएको छैनँ र?
關於教誨和知識,我豈未多次寫過;
21 तँकहाँ पठाइएकाहरूलाई तैँले भरोसायोग्य जवाफहरू दिन सक् भनेर मैले तँलाई यी भरोसायोग्य वचनहरू सिकाएको होइनँ र?
使你認識真言實理,答覆前來問你的人﹖
22 गरिबलाई नलुट्, किनकि त्यो गरिब हो, न त खाँचोमा परेकोलाई मूल ढोकामा पेल्ने गर,
你不可因為人窮而剝削窮人,亦不可在城門口欺壓弱小者;
23 किनकि परमप्रभुले तिनीहरूको मुद्दाको पक्षमा वकालत गर्नुहुने छ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुने छ ।
因為他們的案件,上主必予以辯護;凡剝奪他們的人,上主必討其生命。
24 रिसद्वारा नियन्त्रित हुने मानिसलाई मित्र नबना, र क्रोधित मानिससित सङ्गत नगर् ।
易怒的人,不可與他交結,暴躁的人,不要與他往來,
25 नत्रता तैँले त्यसका मार्गहरू सिक्‍ने छस्, र तेरो प्राण पासोमा पर्ने छ ।
免得你沾染他的惡習,甘冒喪失性命的危險。
26 धितोमा आफ्नो हात नहाल् वा अर्काको ऋणको जमानी नबस् ।
不要為別人擊掌,不要為債務作保;
27 तँसित तिर्ने उपायको कमी भयो भने कसैलाई तेरो खाटसमेत लैजानबाट कुन कुराले रोक्‍न सक्छ?
免得你沒有什麼償還時,連你的床榻也被人奪走。
28 तेरा पिता-पुर्खाहरूले खडा गरेका प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा ।
祖先立定的舊界,你不要加以移動。
29 के आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्? त्यो राजाहरूका सामु खडा हुने छ । त्यो सर्वसाधारणको सामु खडा हुने छैन ।
你曾見過辦事能幹的人嗎﹖他必侍立在君王面前,決不侍立在庸人面前。

< हितोपदेश 22 >