< हितोपदेश 22 >
1 धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु अनि निगाह सुन र चाँदीभन्दा उत्तम हो ।
Yaxşı ad böyük sərvətdən, Lütfkarlıq isə qızıl-gümüşdən üstündür.
2 धनी र गरिब यस कुरामा समान छन्, कि दुवैका सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ ।
Zəngin və yoxsul insan bir şeydə bir-birinə bənzəyir – Hər ikisini yaradan Rəbdir.
3 विवेकी मानिसले सङ्कष्ट देखेर आफैलाई लुकाउँछ, तर निर्बुद्धि अगाडि बढ्छ र त्यसैको कारण दुःख भोग्छ ।
Uzaqgörən qabaqcadan şəri görüb ondan qaçar, Cahil isə irəli çıxar, ziyan tapar.
4 विनम्रता र परमप्रभुको भयको इनाम धन-सम्पत्ति, मान र जीवन हुन् ।
İtaətkarlığın və Rəbb qorxusunun nəticəsi Sərvət, şərəf, həyatdır.
5 टेडा मानिसहरूको मार्गमा काँढा र पासाहरू लुकेका हुन्छन् । आफ्नो जीवनको रखवाली गर्नेचाहिँ तीबाट टाढै बस्ने छन् ।
Əyri yol tikanlıdır, orada tələlər var, Canını qoruyan bundan uzaqlaşar.
6 बच्चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन ।
Uşağa tərbiyə ver ki, layiqli yol tutsun, O qocalanda da bu yoldan dönməz.
7 धनी मानिसहरूले गरिब मानिसहरूमाथि शासन गर्छन्, र सापट लिनेचाहिँ सापट दिनेको दास बन्छ ।
Zəngin yoxsulun ağası olar, Borclu adam borc verənə qul olar.
8 अन्याय छर्नेले सङ्कष्टको कटनी गर्ने छ, र त्यसको झोँखको लौरो भाँचिने छ ।
Haqsızlıq əkən şər biçər, Onun qəzəbinin dəyənəyi məhv edilər.
9 उदार दृष्टि भएको मानिस आशिषित् हुने छ, किनकि त्यसले आफ्नो रोटी गरिबहरूसित बाँडचुँड गर्छ ।
Əliaçıq bərəkət qazanar, Çünki çörəyindən kasıba paylar.
10 खिल्ली उडाउनेलाई बाहिर निकाल्, र द्वन्द्व हटेर जान्छ अनि वादविवाद र अपमान लोप हुने छन् ।
Rişxəndçi adamı qovsan, münaqişə qurtarar, Çəkişmə, şərəfsizlik sona çatar.
11 शुद्ध हृदयलाई प्रेम गर्ने र बोलीवचन अनुग्रहमय भएको मानिसको लागि राजा पनि मित्र हुने छ ।
Ürək təmizliyini sevən, Dilindən lütfkar sözlər tökülən padşahın dostudur.
12 परमप्रभुको दृष्टिले ज्ञानमाथि नजर लगाइरहन्छ, तर उहाँले विश्वासघातीका वचनहरूलाई मिल्काइदिनुहुन्छ ।
Rəbbin gözləri biliyi qoruyar, Xainin sözlərini isə boşa çıxarar.
13 अल्छे मानिसले भन्छ, “बाटोमा एउटा सिंह छ । मलाई खुला ठाउँहरूमा मारिने छ ।”
Tənbəl deyər: «Bayırda aslan var, Küçəyə çıxsam, məni parçalar».
14 व्यभिचारी स्त्रीको मुख गहिरो खाडलजस्तै हो । त्यसभित्र खस्नेको विरुद्धमा परमप्रभुको क्रोध दन्कन्छ ।
Əxlaqsız qadının ağzı dərin çuxura oxşar, Rəbbin lənətinə gələn ora yıxılar.
15 बच्चाको हृदयमा मूर्खता जेलिएको हुन्छ, तर अनुशासनको लट्ठीले त्यसलाई टाढा भगाउँछ ।
Səfehlik uşağın qəlbindən yapışar, Kötəklə tənbeh ediləndə bu ondan uzaqlaşar.
16 आफ्नो धन-सम्पत्ति बढाउन गरिब मानिसहरूमाथि थिचोमिचो गर्ने वा धनी मानिसहरूलाई दिने व्यक्ति दरिद्रतामा पुग्ने छ ।
Varlanmaq üçün kasıba zülm edən, Zəngin adama verən ehtiyaca düşər.
17 आफ्नो कान थाप् र बुद्धिमान्का वचनहरू सुन् अनि मेरो ज्ञानमा तेरो हृदय लगा ।
Qulağını aç, hikmətlilərin sözlərini eşit, Ürəyini mənim biliyimə ver.
18 किनभने तिनलाई तँभित्र राखिस् भने र ती सबै तेरो ओठमा तयार भए भने यो तेरो लागि रमणीय हुने छ ।
Onları sinənə doldursan, Onların hamısını dilinə salsan, yaxşı olar.
19 तेरो भरोसा परमप्रभुमाथि होस् भनेर आज म तँलाई यी कुराहरू सिकाउँछु ।
Rəbbə güvənəsən deyə Bu gün bunları sənə bildirirəm.
20 के मैले तेरो लागि अर्ती र ज्ञानका तिसवटा नीति-वचन लेखिदिएको छैनँ र?
Sənə nəsihətlə, biliklə dolu əla məsəllər yazmamışammı?
21 तँकहाँ पठाइएकाहरूलाई तैँले भरोसायोग्य जवाफहरू दिन सक् भनेर मैले तँलाई यी भरोसायोग्य वचनहरू सिकाएको होइनँ र?
Qoy bunlar haqq sözün həqiqətini sənə bildirsinlər ki, Hara səni göndərsələr, düz məlumat gətirəsən.
22 गरिबलाई नलुट्, किनकि त्यो गरिब हो, न त खाँचोमा परेकोलाई मूल ढोकामा पेल्ने गर,
Kasıbı fəqir olduğu üçün soyma, Darvazada məzlumu zülmə salma.
23 किनकि परमप्रभुले तिनीहरूको मुद्दाको पक्षमा वकालत गर्नुहुने छ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुने छ ।
Çünki onların münaqişəsinə Rəbb baxar, Onları soyanları soyub-talayar.
24 रिसद्वारा नियन्त्रित हुने मानिसलाई मित्र नबना, र क्रोधित मानिससित सङ्गत नगर् ।
Tez qəzəblənənə yoldaş olma, Kəmhövsələ ilə yola çıxma.
25 नत्रता तैँले त्यसका मार्गहरू सिक्ने छस्, र तेरो प्राण पासोमा पर्ने छ ।
Yoxsa onun yollarına alışarsan, Canını tələyə salarsan.
26 धितोमा आफ्नो हात नहाल् वा अर्काको ऋणको जमानी नबस् ।
Başqalarının borclarına zamin durmaqdan, Belə işə əl atmaqdan çəkin.
27 तँसित तिर्ने उपायको कमी भयो भने कसैलाई तेरो खाटसमेत लैजानबाट कुन कुराले रोक्न सक्छ?
Ödəməyə pulun olmasa, Altından yatağını apararlar.
28 तेरा पिता-पुर्खाहरूले खडा गरेका प्राचीन साँध-सिमानाको ढुङ्गो नहटा ।
Ata-babalarından qalan Qədim sərhəd daşının yerini dəyişmə.
29 के आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्? त्यो राजाहरूका सामु खडा हुने छ । त्यो सर्वसाधारणको सामु खडा हुने छैन ।
İşində mahir olanı görürsənmi? Sıravi adamların deyil, şahların hüzurunda dayanar.