< हितोपदेश 20 >

1 दाखमद्य खिल्ली उडाउने कुरो हो र मदिराचाहिँ कचिङ्गाल मच्‍चाउने कुरो हो । मदिराद्वारा बहकाइने कोही पनि बुद्धिमान् हुँदैन ।
לץ היין המה שכר וכל שגה בו לא יחכם׃
2 राजाको डर गर्जिरहेको जवान सिंहको डरजस्तै हुन्छ । तिनलाई रिस उठाउनेले आफ्नो जीवन गुमाउँछ ।
נהם ככפיר אימת מלך מתעברו חוטא נפשו׃
3 द्वन्द्वलाई हटाउनु हरेकको लागि आदर हो, तर हरेक मूर्खचाहिँ तर्क-वितर्कमा फस्छ ।
כבוד לאיש שבת מריב וכל אויל יתגלע׃
4 अल्छेले शरद् ऋतुमा जोत्दैन । त्यसले कटनीको बेला फसल खोज्छ, तर केहीँ पाउने छैन ।
מחרף עצל לא יחרש ישאל בקציר ואין׃
5 मानवीय हृदयमा भएको उद्धेश्य गहिरो पानीजस्तै हो, तर समझशक्ति भएको मानिसले यसलाई बाहिर निकाल्ने छ ।
מים עמקים עצה בלב איש ואיש תבונה ידלנה׃
6 धैरेले आफू भक्त भएको घोषणा गर्छन्, तर कसले विश्‍वासयोग्य जन पाउन सक्छ?
רב אדם יקרא איש חסדו ואיש אמונים מי ימצא׃
7 धर्मात्मा आफ्नो सत्यनिष्‍ठामा चल्छ, र त्यसलाई पछ्याउने त्यसका छोराहरू आशिषित् हुने छन् ।
מתהלך בתמו צדיק אשרי בניו אחריו׃
8 न्यायको काम गर्दै सिंहासनमा बस्‍ने राजाले आफ्नो सामु भएका सबै खराबी आफ्नै आँखाले केलाउँछन् ।
מלך יושב על כסא דין מזרה בעיניו כל רע׃
9 कसले भन्‍न सक्छ, “मैले मेरो हृदय शुद्ध राखेको छु । म मेरो पापबाट सफा छु?”
מי יאמר זכיתי לבי טהרתי מחטאתי׃
10 नमिल्ने नापहरू असमान ढकहरू दुवैलाई परमप्रभु घृणा गर्नुहुन्छ ।
אבן ואבן איפה ואיפה תועבת יהוה גם שניהם׃
11 एउटा बालकलाई पनि त्यसका गतिविधिहरूबाट त्यसको आचरण शुद्ध र सोझो छ कि छैन भनेर चिनिन्छ ।
גם במעלליו יתנכר נער אם זך ואם ישר פעלו׃
12 सुन्‍ने कान र देख्‍ने आँखा दुवैलाई परमप्रभुले बनाउनुभयो ।
אזן שמעת ועין ראה יהוה עשה גם שניהם׃
13 निद्रालाई प्रेम नगर्, नत्रता तँ दरिद्र हुने छस् । तेरा आँखा खोल्, र तँसित खानलाई प्रशस्त हुने छ ।
אל תאהב שנה פן תורש פקח עיניך שבע לחם׃
14 “यो खराब छ, यो खराब छ,” ग्राहकले भन्छ, तर पर पुगेपछि त्यसले घमण्ड गर्छ ।
רע רע יאמר הקונה ואזל לו אז יתהלל׃
15 सुन छ, र प्रशस्त महङ्गा मणिहरू छन्, तर ज्ञानको ओठ बहुमूल्य रत्‍न हो ।
יש זהב ורב פנינים וכלי יקר שפתי דעת׃
16 परदेशीको जमानी बस्‍नेको खास्टो पनि खोस्‍नू, र त्यसले अनैतिक स्‍त्रीको लागि यसो गरेको भए त्यो धरौटी राख्‍नू ।
לקח בגדו כי ערב זר ובעד נכרים חבלהו׃
17 छलद्वारा प्राप्‍त रोटीको स्वाद मिठो होला, तर पछि त्यसको मुखभरि रोडा हालेसरह हुन्छ ।
ערב לאיש לחם שקר ואחר ימלא פיהו חצץ׃
18 सरसल्लाहद्वारा योजनाहरू स्थापित हुन्छन्, र बुद्धिमान् मार्ग-दर्शनद्वारा मात्र तैँले लडाइँ लड् ।
מחשבות בעצה תכון ובתחבלות עשה מלחמה׃
19 कुरौटेले गुप्‍त कुराहरू बाहिर ल्याउँछ । त्यसैले धेरै कुरा गर्ने मानिसहरूसित सङ्गत नगर् ।
גולה סוד הולך רכיל ולפתה שפתיו לא תתערב׃
20 कसैले आफ्नो बुबा वा आफ्नी आमालाई सराप्यो भने निस्पट्ट अन्धकारमा त्यसो बत्ती निभाइने छ ।
מקלל אביו ואמו ידעך נרו באישון חשך׃
21 सुरुमा झट्टै प्राप्‍त गरेको पैतृक-सम्पत्तिले अन्त्यमा थोरै भलाइ गर्ने छ ।
נחלה מבחלת בראשנה ואחריתה לא תברך׃
22 यसो नभन्, “म यस खराबीको बदला लिने छु ।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटकारा दिनुहुने छ ।
אל תאמר אשלמה רע קוה ליהוה וישע לך׃
23 परमप्रभुले असमान ढकहरूलाई घृणा गर्नुहुन्छ, र बेइमान तराजुहरू ठिक होइनन् ।
תועבת יהוה אבן ואבן ומאזני מרמה לא טוב׃
24 मानिसका कदमहरू परमप्रभुद्वारा निर्देशित हुन्छन् भने तब त्यसले कसरी आफ्नो मार्ग बुझ्न सक्ला त?
מיהוה מצעדי גבר ואדם מה יבין דרכו׃
25 “यो कुरो पवित्र छ,” भनी हतारमा भन्‍ने र भाकल गरिसकेपछि मात्र त्यसको बारेमा सोच्नु मानिसको लागि पासो हुन्छ ।
מוקש אדם ילע קדש ואחר נדרים לבקר׃
26 बुद्धिमान् राजाले दुष्‍टहरूलाई पन्साउँछन्, र तिनले अन्‍न चुट्ने चक्‍काले तिनीहरूलाई प्रहार गर्छन् ।
מזרה רשעים מלך חכם וישב עליהם אופן׃
27 मानिसको आत्मा परमप्रभुको बत्ती हो जसले त्यसका भित्री भागहरूको खोजी गर्छ ।
נר יהוה נשמת אדם חפש כל חדרי בטן׃
28 करारको विश्‍वसनीयता र भरोसाले राजालाई जोगाउँछ । प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित हुन्छ ।
חסד ואמת יצרו מלך וסעד בחסד כסאו׃
29 युवाहरूको महिमा तिनीहरूको शक्ति हो, र पाकाहरूको शोभा तिनीहरूको फुलेको कपाल हो ।
תפארת בחורים כחם והדר זקנים שיבה׃
30 चोट लगाउने मुक्‍काले खराबीलाई साफ गर्छ, र पिटाइले भित्री भागहरूलाई शुद्ध पार्छ ।
חברות פצע תמריק ברע ומכות חדרי בטן׃

< हितोपदेश 20 >