< हितोपदेश 20 >
1 दाखमद्य खिल्ली उडाउने कुरो हो र मदिराचाहिँ कचिङ्गाल मच्चाउने कुरो हो । मदिराद्वारा बहकाइने कोही पनि बुद्धिमान् हुँदैन ।
清酒令人輕狂,醇酒使人發瘋;凡沉溺於酒的,必不是明智人。
2 राजाको डर गर्जिरहेको जवान सिंहको डरजस्तै हुन्छ । तिनलाई रिस उठाउनेले आफ्नो जीवन गुमाउँछ ।
君王震怒,有如獅子的咆哮;觸怒他的,危害自己的性命。
3 द्वन्द्वलाई हटाउनु हरेकको लागि आदर हो, तर हरेक मूर्खचाहिँ तर्क-वितर्कमा फस्छ ।
平息爭端,是人的光榮;凡是愚人,都喜愛爭論。
4 अल्छेले शरद् ऋतुमा जोत्दैन । त्यसले कटनीको बेला फसल खोज्छ, तर केहीँ पाउने छैन ।
懶惰人一寒冷,便不耕作;收獲之時,他必一無所獲。
5 मानवीय हृदयमा भएको उद्धेश्य गहिरो पानीजस्तै हो, तर समझशक्ति भएको मानिसले यसलाई बाहिर निकाल्ने छ ।
人心的謀略,有如深水,唯有聰明人,纔能汲取。
6 धैरेले आफू भक्त भएको घोषणा गर्छन्, तर कसले विश्वासयोग्य जन पाउन सक्छ?
自命為仁者,比比皆是;但有誰找到忠貞的人﹖
7 धर्मात्मा आफ्नो सत्यनिष्ठामा चल्छ, र त्यसलाई पछ्याउने त्यसका छोराहरू आशिषित् हुने छन् ।
正義的人,必然為人正直;他的後代子孫,必然有福。
8 न्यायको काम गर्दै सिंहासनमा बस्ने राजाले आफ्नो सामु भएका सबै खराबी आफ्नै आँखाले केलाउँछन् ।
君王高坐在判座上,所有邪惡一目了然。
9 कसले भन्न सक्छ, “मैले मेरो हृदय शुद्ध राखेको छु । म मेरो पापबाट सफा छु?”
有誰能說:「我保持了心靈的潔淨,我是純潔無罪的﹖」
10 नमिल्ने नापहरू असमान ढकहरू दुवैलाई परमप्रभु घृणा गर्नुहुन्छ ।
不同的衡量,不同的升斗:二者皆為上主同樣厭惡。
11 एउटा बालकलाई पनि त्यसका गतिविधिहरूबाट त्यसको आचरण शुद्ध र सोझो छ कि छैन भनेर चिनिन्छ ।
孩童的行為,潔淨正執直與否,由他的舉動便可認出。
12 सुन्ने कान र देख्ने आँखा दुवैलाई परमप्रभुले बनाउनुभयो ।
能聽的耳朵,能看的眼睛:二者皆為上主所造。
13 निद्रालाई प्रेम नगर्, नत्रता तँ दरिद्र हुने छस् । तेरा आँखा खोल्, र तँसित खानलाई प्रशस्त हुने छ ।
不要貪睡眠,免得你受窮;兩眼睜開,纔能得飽食。
14 “यो खराब छ, यो खराब छ,” ग्राहकले भन्छ, तर पर पुगेपछि त्यसले घमण्ड गर्छ ।
顧客常說:「不好,不好! 」但一離去,讚不絕口。
15 सुन छ, र प्रशस्त महङ्गा मणिहरू छन्, तर ज्ञानको ओठ बहुमूल्य रत्न हो ।
雖有大批黃金寶石,但最寶貴的,還是明智的唇舌。
16 परदेशीको जमानी बस्नेको खास्टो पनि खोस्नू, र त्यसले अनैतिक स्त्रीको लागि यसो गरेको भए त्यो धरौटी राख्नू ।
誰為外方人作保,拿去他的衣服;誰為異邦人作保,以他本人作質。
17 छलद्वारा प्राप्त रोटीको स्वाद मिठो होला, तर पछि त्यसको मुखभरि रोडा हालेसरह हुन्छ ।
騙來的食物頗覺香甜,事後口中卻滿是砂礫。
18 सरसल्लाहद्वारा योजनाहरू स्थापित हुन्छन्, र बुद्धिमान् मार्ग-दर्शनद्वारा मात्र तैँले लडाइँ लड् ।
運籌帷幄,必先要商討;進行戰事,必該憑智謀。
19 कुरौटेले गुप्त कुराहरू बाहिर ल्याउँछ । त्यसैले धेरै कुरा गर्ने मानिसहरूसित सङ्गत नगर् ।
遊蕩閒談的,必洩露秘密;張口饒舌的,別與他交結。
20 कसैले आफ्नो बुबा वा आफ्नी आमालाई सराप्यो भने निस्पट्ट अन्धकारमा त्यसो बत्ती निभाइने छ ।
凡是辱罵自己父母的人,他的燈必在幽暗中熄滅。
21 सुरुमा झट्टै प्राप्त गरेको पैतृक-सम्पत्तिले अन्त्यमा थोरै भलाइ गर्ने छ ।
起初容易得來的財物,最後也不會得到祝福。
22 यसो नभन्, “म यस खराबीको बदला लिने छु ।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटकारा दिनुहुने छ ।
你切不可說:「我以惡報惡;」應信賴上主,他必拯救你。
23 परमप्रभुले असमान ढकहरूलाई घृणा गर्नुहुन्छ, र बेइमान तराजुहरू ठिक होइनन् ।
不同的衡量,為上主所惡;不同的天秤,實屬不道德。
24 मानिसका कदमहरू परमप्रभुद्वारा निर्देशित हुन्छन् भने तब त्यसले कसरी आफ्नो मार्ग बुझ्न सक्ला त?
世人的腳步,由上主支配;人那能了解自己的道路﹖
25 “यो कुरो पवित्र छ,” भनी हतारमा भन्ने र भाकल गरिसकेपछि मात्र त्यसको बारेमा सोच्नु मानिसको लागि पासो हुन्छ ।
人若冒然說「聖,」許願後纔反省,這是自投羅網。
26 बुद्धिमान् राजाले दुष्टहरूलाई पन्साउँछन्, र तिनले अन्न चुट्ने चक्काले तिनीहरूलाई प्रहार गर्छन् ।
智慧的君王簸揚惡人,且用車輪來壓軋他們。
27 मानिसको आत्मा परमप्रभुको बत्ती हो जसले त्यसका भित्री भागहरूको खोजी गर्छ ।
人的靈魂是天主的燈,探照肺腑的一切隱密。
28 करारको विश्वसनीयता र भरोसाले राजालाई जोगाउँछ । प्रेमद्वारा नै तिनको सिंहासन सुरक्षित हुन्छ ।
仁愛和忠誠,是君王的保障;他的寶座,是賴慈愛而支撐。
29 युवाहरूको महिमा तिनीहरूको शक्ति हो, र पाकाहरूको शोभा तिनीहरूको फुलेको कपाल हो ।
少年人的光榮,在於他們的魄力;老年人的榮耀,在於他們的白髮。
30 चोट लगाउने मुक्काले खराबीलाई साफ गर्छ, र पिटाइले भित्री भागहरूलाई शुद्ध पार्छ ।
見傷的鞭打能清除邪惡,杖擊能觸及肺腑的深處。