< हितोपदेश 19 >
1 बोलीवचनमा कुटिल भई मूर्ख हुनुभन्दा आफ्नो सत्यनिष्ठामा हिँड्ने गरिब मानिस उत्तम हो ।
Ndi wabwino munthu wosauka amene amayenda mu ungwiro, aposa munthu wopusa woyankhula zokhota.
2 ज्ञानविनाको इच्छा राम्रो हुँदैन, र हतार गर्नेले बाटो बिराउँछ ।
Si bwino kuti munthu akhale wopanda nzeru; ndipo munthu woyenda mofulumira amaphonya njira.
3 मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ ।
Uchitsiru wa munthu umamubweretsera zovuta, mtima wake umakwiyira Yehova.
4 धनले धेरै मित्रहरू बनाउँछ, तर गरिब मानिसचाहिँ आफ्ना मित्रहरूबाट त्यागिन्छ ।
Chuma chimachulukitsa abwenzi; koma munthu wosauka bwenzi lake limamuthawa.
5 झुटो साक्षी दण्डविना उम्कने छैन, र झुटो कुरो बोल्ने फुत्कने छैन ।
Mboni yonama sidzalephera kulangidwa; ndipo iye amene amanena mabodza sadzapulumuka.
6 धेरैले उदार मानिसबाट निगाहको लागि बिन्ति गर्ने छन्, र हरेक व्यक्ति उपहार दिनेको मित्र बन्छ ।
Anthu ambiri amafuna munthu wopatsa kuti awakomere mtima, ndipo munthu amene amapereka mphatso ndi bwenzi la munthu aliyense.
7 गरिब मानिसका सबै दाजुभाइले त्यसलाई घृणा गर्छन् भने, त्यसका टाढा जाने मित्रहरूले त झन् कति धेरै त्यसलाई त्याग्लान्! त्यसले तिनीहरूलाई बोलाउँछन्, तर तिनीहरू गइसकेका हुन्छन् ।
Ngati munthu wosauka abale ake omwe amadana naye, nanji abwenzi ake tsono! Iwo adzamuthawa kupita kutali. Amayesa kuwatsatira mowapembedza koma iwo samapezeka konse.
8 बुद्धि प्राप्त गर्नेले आफ्नो जीवनलाई प्रेम गर्छ । समझशक्तिलाई जोगाउनेले जे असल छ, त्यो पाउने छ ।
Iye amene amapeza nzeru ndiye kuti amakonda moyo wake. Wosamalitsa kukhala wanzeru, zinthu zimamuyendera bwino.
9 झुटो साक्षी दण्डविना उम्कने छैन, तर झुटो कुरो बोल्नेचाहिँ नष्ट हुने छ ।
Mboni yonama sidzalephera kulangidwa, ndipo iye amene amanena mabodza adzawonongeka.
10 मूर्खलाई भोग-विलासमा जिउनु सुहाउँदैन भने कमाराले राजकुमारहरूमाथि शासन चलाउनु झन् कति नराम्रो हो!
Nʼkosayenera kuti chitsiru chizikhala ndi moyo wamanyado, nanjinso kuti kapolo azilamulira akalonga!
11 विवेकले मानिसलाई रिसाउन धिमा बनाउँछ, र चित्त दुखाइलाई बेवास्ता गर्नु त्यसको महिमा हो ।
Nzeru zimapangitsa munthu kukhala wosakwiya msanga; ulemerero wake uli posalabadira kuchitiridwa zoyipa.
12 राजाको क्रोध जवान सिंहको गर्जनजस्तै हुन्छ, तर तिनको निगाह घाँसमाथिको शीतजस्तै हुन्छ ।
Mkwiyo wa mfumu uli ngati kubangula kwa mkango, koma kukoma mtima kwake kuli ngati mame pa udzu.
13 मूर्ख छोरो त्यसको बुबाको लागि विनाश हो, र झगडा गर्ने पत्नीचाहिँ नित्य परिरहने तपतपे झरीजस्तै हो ।
Mwana wopusa ndiye tsoka la abambo ake ndipo mkazi wolongolola ndi wotopetsa ngati mvula yamvumbi.
14 घर र धन-सम्पत्ति बुबाआमाबाट आएका हुन्छन्, तर विवेकी पत्नीचाहिँ परमप्रभुबाट आउँछ ।
Nyumba ndi chuma ndiye cholowa chochokera kwa makolo; koma mkazi wanzeru ndi wochokera kwa Yehova.
15 अल्छीपनले मानिसलाई घोर निद्रामा पुर्याउँछ, र काम गर्न अनिच्छुकचाहिँ भोकभोकै हुने छ ।
Ulesi umagonetsa tulo tofa nato ndipo munthu wosatakataka amakhala ndi njala.
16 आज्ञा पालन गर्नेले त्यसको जीवनको रखवाली गर्छ, तर आफ्ना मार्गहरूबारे नसोच्नेचाहिँ मर्ने छ ।
Amene amamvera malangizo amasunga moyo wake, koma amene sasamala malamulo a Yehova adzafa.
17 गरिबप्रति दयालु हुनेले परमप्रभुलाई सापट दिन्छ, र उहाँले त्यसले गरेको कामको प्रतिफल दिनुहुने छ ।
Amene amakomera mtima osauka amachita ngati wakongoletsa Yehova, ndipo Yehovayo ndiye adzamubwezere.
18 आशा बाँकी छँदै आफ्नो छोरोलाई अनुशासनमा राख, र त्यसलाई मृत्युण्ड दिने इच्छा नबना ।
Langa mwana wako, chiyembekezo chikanalipo; ngati sutero udzawononga moyo wake.
19 गरम मिजास भएको मानिसले जरिवाना तिर्नैपर्छ । त्यसलाई छुटकारा दिइस् भने तैँले दोस्रो पटक त्यसै गर्नुपर्ने हुन्छ ।
Munthu waukali woopsa ayenera kulandira chilango; pakuti akamulekelera ndiye zidzayipa kuposa kale.
20 सरसल्लाह सुन् र अर्तीलाई स्वीकार गर्, ताकि तेरो जीवनको अन्त्यसम्ममा तँ बुद्धिमान् बन्न सक्छस् ।
Mvera uphungu ndipo landira malangizo; pa mapeto pake udzakhala wanzeru.
21 मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुको उद्धेश्य नै स्थिर रहने छ ।
Munthu amakonzekera zambiri mu mtima mwake, koma cholinga cha Yehova ndiye chidzachitike.
22 मानिसले भक्तिको चाह गर्छ, र झुटो बोल्नेभन्दा त गरिब मानिस उत्तम हो ।
Chimene munthu amafuna ndi chikondi chosatha; nʼkwabwino kukhala wosauka kusiyana ndi kukhala wabodza.
23 परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्याउँछ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन ।
Kuopa Yehova kumabweretsa moyo; wotereyo amakhala mu mtendere; ndiye kuti choyipa sichidzamugwera.
24 अल्छेले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पनि ल्याउँदैन ।
Munthu waulesi amapisa dzanja lake mʼmbale; koma sangathe kufikitsa dzanja lakelo pakamwa pake.
25 गिल्ला गर्नेलाई हिर्का, र निर्बुद्धि मानिस विवेकी बन्ने छ । समझदार मानिसलाई अनुशासनमा राख्, र त्यसले ज्ञान प्राप्त गर्ने छ ।
Menya munthu wonyoza, ndipo anthu opanda nzeru adzachenjererapo; dzudzula munthu wozindikira zinthu, ndipo iye adzapezapo chidziwitso.
26 आफ्नो बुबालाई लुट्ने र आफ्नी आमालाई लखेट्ने छोरोले लाज र बेइज्जत ल्याउँछ ।
Mwana wochita ndewu ndi abambo ake ndi kuthamangitsa amayi ake, ndi mwana wochititsa manyazi ndi wonyozetsa.
27 हे मेरो छोरो, तैँले अर्ती सुन्न छाडिस् भने तँ ज्ञानका वचनहरूबाट बहकिने छस् ।
Mwana wanga, ukaleka kumvera malangizo, udzapatukana ndi mawu opatsa nzeru.
28 भ्रष्ट साक्षीले न्यायको खिल्ली उडाउँछ, र दुष्टको मुखले अधर्मलाई निलिदिन्छ ।
Mboni yopanda pake imanyoza cholungama, ndipo pakamwa pa anthu oyipa pamameza zoyipa.
29 गिल्ला गर्नेहरूका लागि दण्डाज्ञा र मूर्खहरूको पिठिउँको लागि कोर्रा तयार छ ।
Chilango chakonzedwa kale kuti chigwere anthu oyipa, ndipo mkwapulo wakonzedwa kale kuti ukwapule misana ya anthu opusa.