< हितोपदेश 18 >
1 आफैलाई अलग गर्ने मानिसले आफ्नै इच्छाको खोजी गर्छ, र त्यसले सबै पक्का न्यायको विरोध गर्छ ।
自己を人と異にする者はおのれの欲ずるところのみを求めてすべての善き考察にもとる
2 मूर्खलाई समझशक्तिमा कुनै रमाहट हुँदैन, तर त्यसको हृदयमा भएको कुरो प्रकट गर्न पाए त्यो प्रसन्न हुन्छ ।
愚なる者は明哲を喜ばず 惟おのれの心意を顕すことを喜ぶ
3 दुष्ट मानिस आउँदा त्योसितै हेला, लाज र निन्दा पनि आउँछन् ।
惡者きたれば藐視したがひてきたり 恥きたれば凌辱もともに來る
4 मानिसको मुखका वचनहरू गहिरो पानी हुन् । बुद्धिको फुहारा बगिरहने खोला हो ।
人の口の言は深水の如し 湧てながるる川 智慧の泉なり
5 दुष्ट मानिसको पक्ष लिनु राम्रो होइन, न त धर्मी मानिसको न्यायलाई इन्कार गर्नु राम्रो हो ।
惡者を偏視るは善らず 審判をなして義者を惡しとするも亦善らず
6 मूर्खको ओठले आफैमाथि कलह ल्याउँछ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ ।
愚なる者の口唇はあらそひを起し その口は打るることを招く
7 मूर्खको मुख त्यसको विनाश हो, र त्यसले आफ्नै ओठले आफैलाई पासोमा पार्छ ।
愚なる者の口はおのれの敗壊となり その口唇はおのれの霊魂の罟となる
8 कुरौटेका वचनहरू स्वादिष्ट गाँसझैँ हुन्छन्, र ती शरीरका भित्री भागसम्म पुग्छन् ।
人の是非をいふものの言はたはぶれのごとしといへども反つて腹の奥にいる
9 आफ्नो काम गराइमा मन्द हुने व्यक्ति सर्वनाश गर्नेको भाइजस्तै हो ।
その行爲をおこたる者は滅すものの兄弟なり
10 परमप्रभुको नाम एउटा बलियो धरहरा हो । धर्मात्मा त्यहाँ दौडेर जान्छ र सुरक्षित हुन्छ ।
ヱホバの各はかたき櫓のごとし 義者は之に走りいりて救を得
11 धनीको सम्पत्ति त्यसको किल्लाबन्दी गरिएको सहर हो, र त्यसको कल्पनामा यो अग्लो पर्खालझैँ हुन्छ ।
富者の資財はその堅き城なり これを高き石垣の如くに思ふ
12 आफ्नो पतनअगि मानिसको हृदयमा घमण्ड आउँछ, तर आदरअगि विनम्रता आउँछ ।
人の心のたかぶりは滅亡に先だち 謙遜はたふとまるる事にさきだつ
13 सुन्नअगि जवाफ दिनेको लागि त्यो त्यसको मूर्खता र लाज हो ।
いまだ事をきかざるさきに應ふる者は愚にして辱をかうぶる
14 मानिसको आत्मा बिरामी अवस्थामा बाँच्ने छ, तर टुटेको आत्माको पीडालाई कसले सहन सक्छ र?
人の心は尚其疾を忍ぶべし されど心の傷める時は誰かこれに耐んや
15 विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ, र बुद्धिमान्को कानले यसको खोजी गरेर भेट्टाउँछ ।
哲者の心は知識をえ 智慧ある者の耳は知識を求む
16 मानिसको उपहारले बाटो खोली उसलाई महत्त्वपूर्ण मानिसको सामु ल्याउन सक्छ ।
人の贈物はその人のために道をひらき かつ貴きものの前にこれを導く
17 प्रतिद्वन्दी अगाडि बढेर प्रश्नहरू नतेर्साएसम्म आफ्नो मुद्दाको पक्षमा वकालत गर्ने पहिलो व्यक्ति नै ठिक देखिन्छ ।
先に訴訟の理由をのぶるものは正義に似たれども その鄰人きたり詰問ひてその事を明かにす
18 चिट्ठा हाल्नाले वादविवादलाई मिलाउँछ, र बलिया प्रतिद्वन्द्वीहरूलाई अलग गराउँछ ।
籤は争端をとどめ且つよきものの間にへだてとなる
19 बलियो सहरमाथि जित हासिल गर्नुभन्दा बरु चोट लागेको भाइलाई जित्न कठिन हुन्छ, र झगडा गर्नुचाहिँ किल्लाका बारहरूझैँ हो ।
怒れる兄弟はかたき城にもまさりて説き伏せがたし 兄弟のあらそひは檜の貫木のごとし
20 आफ्नो मुखको फलले त्यसको पेट भरिएको हुन्छ । त्यसको ओठको फसलले त्यो सन्तुष्ट हुन्छ ।
人は口の徳によりて腹をあかし その口唇の徳によりて自ら飽べし
21 मृत्यु र जीवन जिब्रोद्वारा नियन्त्रित हुन्छ, र जिब्रोलाई प्रेम गर्नेहरूले यसको फल खाने छन् ।
死生は舌の權能にあり これを愛する者はその果を食はん
22 पत्नी पाउनेले असल कुरा पाउँछ, र परमप्रभुबाट निगाह प्राप्त गर्छ ।
妻を得るものは美物を得るなり 且ヱホバより恩寵をあたへらる
23 गरिब मानिसले कृपाको लागि बिन्ती गर्छ, तर धनी मानिसले हतारमा जवाफ दिन्छ ।
貧者は哀なる言をもて乞ひ 富人は厲しき答をなす
24 धेरै साथीहरू भएको दाबी गर्ने मानिस तिनीहरूद्वारा नै विनाशमा लगिन्छ, तर कुनै मित्रचाहिँ भाइभन्दा पनि नजिक रहन्छ ।
多の友をまうくる人は遂にその身を亡す 但し兄弟よりもたのもしき知己もまたあり