Preface
Bibles
+
NEP
CSG
X
<
h8061
X
<
^
>
<
>
<
हितोपदेश
18
>
1
आफैलाई अलग गर्ने मानिसले आफ्नै इच्छाको खोजी गर्छ, र त्यसले सबै पक्का न्यायको विरोध गर्छ ।
與眾寡合的,只求私意;對任何指教,都表忿恨。
2
मूर्खलाई समझशक्तिमा कुनै रमाहट हुँदैन, तर त्यसको हृदयमा भएको कुरो प्रकट गर्न पाए त्यो प्रसन्न हुन्छ ।
愚昧的人不喜愛受教,只愛顯露自己的心意。
3
दुष्ट मानिस आउँदा त्योसितै हेला, लाज र निन्दा पनि आउँछन् ।
邪惡一來,輕視隨到;侮辱也隨無恥而至。
4
मानिसको मुखका वचनहरू गहिरो पानी हुन् । बुद्धिको फुहारा बगिरहने खोला हो ।
哲人口中的言語有如深水,又如洶湧的溪流,生命的泉源。
5
दुष्ट मानिसको पक्ष लिनु राम्रो होइन, न त धर्मी मानिसको न्यायलाई इन्कार गर्नु राम्रो हो ।
在判案時,徇惡人之私,加害於義人,實屬不公。
6
मूर्खको ओठले आफैमाथि कलह ल्याउँछ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ ।
愚人的唇舌,常引起爭端;愚人的口舌,常自招責打。
7
मूर्खको मुख त्यसको विनाश हो, र त्यसले आफ्नै ओठले आफैलाई पासोमा पार्छ ।
愚人的舌,使自己喪亡;他的嘴唇,是害己的陷阱。
8
कुरौटेका वचनहरू स्वादिष्ट गाँसझैँ हुन्छन्, र ती शरीरका भित्री भागसम्म पुग्छन् ।
進讒者的話,如可口美味,能深深透入肺腑的深處。
9
आफ्नो काम गराइमा मन्द हुने व्यक्ति सर्वनाश गर्नेको भाइजस्तै हो ।
懶於操勞的人,是敗子的弟兄。
10
परमप्रभुको नाम एउटा बलियो धरहरा हो । धर्मात्मा त्यहाँ दौडेर जान्छ र सुरक्षित हुन्छ ।
上主的名號,是堅固保壘;義人投入內,必得享安全。
11
धनीको सम्पत्ति त्यसको किल्लाबन्दी गरिएको सहर हो, र त्यसको कल्पनामा यो अग्लो पर्खालझैँ हुन्छ ।
富人的財產,是他的堅城;在他意想中,像座高牆垣。
12
आफ्नो पतनअगि मानिसको हृदयमा घमण्ड आउँछ, तर आदरअगि विनम्रता आउँछ ।
心傲是滅亡的前導,心謙是光榮的前驅。
13
सुन्नअगि जवाफ दिनेको लागि त्यो त्यसको मूर्खता र लाज हो ।
未聽而先答,實愚昧可恥。
14
मानिसको आत्मा बिरामी अवस्थामा बाँच्ने छ, तर टुटेको आत्माको पीडालाई कसले सहन सक्छ र?
剛毅的精神,能忍受病苦;精神萎靡,有誰能支持﹖
15
विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ, र बुद्धिमान्को कानले यसको खोजी गरेर भेट्टाउँछ ।
明智人的心,必獲得學問;智慧人的耳,必探求知識。
16
मानिसको उपहारले बाटो खोली उसलाई महत्त्वपूर्ण मानिसको सामु ल्याउन सक्छ ।
禮物能給人大開門路,引人晉謁權貴。
17
प्रतिद्वन्दी अगाडि बढेर प्रश्नहरू नतेर्साएसम्म आफ्नो मुद्दाको पक्षमा वकालत गर्ने पहिलो व्यक्ति नै ठिक देखिन्छ ।
先訴理者似有理,對手來時再審斷。
18
चिट्ठा हाल्नाले वादविवादलाई मिलाउँछ, र बलिया प्रतिद्वन्द्वीहरूलाई अलग गराउँछ ।
抽籤可以使爭端平息,也能調解權貴的糾紛。
19
बलियो सहरमाथि जित हासिल गर्नुभन्दा बरु चोट लागेको भाइलाई जित्न कठिन हुन्छ, र झगडा गर्नुचाहिँ किल्लाका बारहरूझैँ हो ।
兄弟若不和,比堅城還難攻克;他們的爭辯,有如碉堡的門閂。
20
आफ्नो मुखको फलले त्यसको पेट भरिएको हुन्छ । त्यसको ओठको फसलले त्यो सन्तुष्ट हुन्छ ।
人必以口中果實充滿肚腹,必飽嘗自己唇舌的出產。
21
मृत्यु र जीवन जिब्रोद्वारा नियन्त्रित हुन्छ, र जिब्रोलाई प्रेम गर्नेहरूले यसको फल खाने छन् ।
死亡和生命,全在乎唇舌;放縱唇舌的,必自食其果。
22
पत्नी पाउनेले असल कुरा पाउँछ, र परमप्रभुबाट निगाह प्राप्त गर्छ ।
誰覓得了賢妻,便覓得了幸福,得了上主恩眷。
23
गरिब मानिसले कृपाको लागि बिन्ती गर्छ, तर धनी मानिसले हतारमा जवाफ दिन्छ ।
貧窮的人哀懇乞憐;富貴的人厲聲以對。
24
धेरै साथीहरू भएको दाबी गर्ने मानिस तिनीहरूद्वारा नै विनाशमा लगिन्छ, तर कुनै मित्रचाहिँ भाइभन्दा पनि नजिक रहन्छ ।
交朋友過多,必會有損害;但有些朋友,遠勝親兄弟。
<
हितोपदेश
18
>
Go to
>
Bookmark
/
Concordance
/
Maps
/
Report Issue
The world's first Holy Bible un-translation!