< हितोपदेश 17 >
1 कलहले भरिएको घरमा भोज खानुभन्दा शान्तिसाथ रोटीको सुक्खा टुक्रा खानु उत्तम हो ।
Bedre en tør Bid Brød med fred end Huset fuldt af Sul med Trætte.
2 बुद्धिमान् नोकरले लाजमर्दो गरी काम गर्ने छोरोमाथि शासन जमाउँछ, र दाजुभाइ सरह नै पैतृक-सम्पत्ति पाउने छ ।
Klog Træl bliver Herre over dårlig Søn og får lod og del mellem brødre.
3 चाँदी पगाल्न भाँडो र सुन खार्न आरन हुन्छ, तर परमप्रभुले नै हृदय जाँच गर्नुहुन्छ ।
Digel til Sølv og Ovn til Guld, men den, der prøver Hjerter, er HERREN.
4 खराब काम गर्नेले दुष्टको ओठमा ध्यान दिन्छ । झुट बोल्नेले विनाशक जिब्रोमा कान लगाउँछ ।
Den onde hører på onde Læber, Løgneren lytter til giftige Tunger.
5 गरिबलाई गिल्ला गर्नेले आफ्नो सृष्टिकर्ताको अपमान गर्छ, र अर्काको विपत्तिमा रमाउनेचाहिँ दण्डविना उम्कने छैन ।
Hvo Fattigmand spotter, håner hans Skaber, den skadefro slipper ikke for Straf.
6 नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन् ।
De gamles Krone er Børnebørn, Sønners Stolthed er Fædre.
7 सिपालु बोलीवचन मूर्खलाई सुहाउँदैन । शासकको लागि झुट बोल्ने ओठ झन कति असुहाउँदो हुन्छ!
Ypperlig Tale er ej for en Dåre, end mindre da Løgnfor den, som er ædel.
8 घुस दिनेको लागि यो टुनाजस्तै हो । त्यो जहाँ गए तापनि सफल हुन्छ ।
Som en Troldsten er Gave i Giverens Øjne; hvorhen den end vender sig, gør den sin Virkning.
9 चित्त दुखाइलाई बेवास्ता गर्नेले प्रेमको खोजी गर्छ, तर विषयलाई दोहोर्याउनेले घनिष्ठ मित्रहरूमा फाटो ल्याउँछ ।
Den, der dølger en Synd, søger Venskab, men den, der ripper op i en Sag, skiller Venner.
10 मूर्खलाई सय कोर्रा प्रहार गर्नुभन्दा बरु समझशक्ति भएको व्यक्तिलाई एउटा हप्की काफी हुन्छ ।
Bedre virker Skænd på forstandig end hundrede Slag på en Tåbe.
11 दुष्ट व्यक्तिले केवल विद्रोहको खोजी गर्दछ । त्यसैले त्यसको विरुद्धमा क्रुर दूत पठाइन्छ ।
Den onde har kun Genstridigbed for, men et skånselsløst Bud er udsendt imod ham.
12 मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा बरु बच्चा खोसिएको भालुसित भेट गर्नु उत्तम हुन्छ ।
Man kan møde en Bjørn, hvis Unger er taget, men ikke en Tåbe udi hans Dårskab.
13 जसले भलाइको साटो खराबी गर्छ, खराबीले त्यसको घर कहिल्यै छोड्ने छैन ।
Den, der gengælder godt med ondt, fra hans Hus skal Vanheld ej vige.
14 द्वन्द्वको सुरुआत सर्वत्र पानी फैलनुजस्तै हो । त्यसैले विवाद चर्किनुअगि नै त्यहाँबाट हिँडिहाल ।
At yppe Strid er at åbne for Vand, hold derfor inde, før Strid bryder løs.
15 दुष्ट मानिसलाई निर्दोष ठहराउने व्यक्ति र धर्मी मानिसलाई दण्ड दिने व्यक्ति दुवै नै परमप्रभुको लागि घृणित छन् ।
At frikende skyldig og dømme uskyldig, begge Dele er HERREN en Gru.
16 बुद्धिको विषयमा सिक्न मूर्खले किन पैसा तिर्ने जब कि त्योसित यसलाई सिक्ने कुनै क्षमता नै छैन?
Hvad hjælper Penge i Tåbens Hånd til at købe ham Visdom, når Viddet mangler?
17 मित्रले हर समय प्रेम गरिरहन्छ, र दाजुभाइचाहिँ कष्टको समयको लागि जन्मेका हुन्छन् ।
Ven viser Kærlighed når som helst, Broder fødes til Hjælp i Nød.
18 बेसमझको मानिसले वाचा बाँध्च, र आफ्नो छिमेकीको ऋणप्रति जिम्मेवार बन्छ ।
Mand uden Vid giver Håndslag og går i Borgen for Næsten.
19 द्वन्द्वलाई प्रेम गर्नेले पापलाई प्रेम गर्छ । आफ्नो ढोकाको सङ्घार अति अग्लो बनाउनेले हड्डी भँचाउने छ ।
Ven af Kiv er Ven af Synd; at højne sin Dør er at attrå Fald.
20 कुटिल हृदय भएको मानिसले कुनै असल कुरो पाउँदैन । छली जिब्रो भएको मानिस विपत्तिमा पर्छ ।
Ej finder man Lykke, når Hjertet er vrangt, man falder i Våde, når Tungen er falsk.
21 जो मूर्खको बुबाआमा, तिनीहरूले आफैमा शोक ल्याउँछन्, र मूर्खको बुबामा कुनै आनन्द हुँदैन ।
Den, der avler en Tåbe, får Sorg, Dårens Fader er ikke glad.
22 आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्डीहरूलाई सुकाउँछ ।
Glad Hjerte er godt for Legemet, nedslået Sind suger Marv af Benene.
23 न्यायको मार्गलाई बङ्ग्याउन दुष्ट मानिसले गुप्त घुसलाई स्वीकार गर्छ ।
Den gudløse tager Gave i Løn for at bøje Rettens Gænge.
24 समझशक्ति भएको व्यक्तिले बुद्धितिर आफ्नो मन लगाउँछ, तर मूर्खको आँखा पृथ्वीको कुनाकुनामा पुग्छ ।
Visdom står den forstandige for Øje, Tåbens Blik er ved Jordens Ende.
25 मूर्ख छोरो आफ्नो बुबाको लागि शोक हो, र त्यसलाई जन्माउने आमाको लागि तिक्तता हो ।
Tåbelig Søn er sin Faders Sorg, Kvide for hende, som fødte ham.
26 धर्मात्मालाई दण्ड दिनु कहिल्यै असल हुँदैन, न त निष्ठा भएका कुलीन मानिसहरूलाई कोर्रा लगाउनु असल हुन्छ ।
At straffe den, der har Ret, er ilde, værre endnu at slå de ædle.
27 ज्ञान भएको व्यक्तिले थोरै वचन बोल्दछ, र समझशक्ति भएको व्यक्तिचाहिँ ठन्डा मिजासको हुन्छ ।
Den, som har Kundskab tøjler sin Tale, Mand med Forstand er koldblodig.
28 चुप लागेमा मूर्खलाई पनि बुद्धिमान् ठानिन्छ । त्यसले आफ्नो मुख बन्द गर्दा त्यसलाई विवेकी मानिन्छ ।
Selv Dåren, der tier, gælder for viis, forstandig er den, der lukker sine Læber.