< हितोपदेश 16 >
1 हृदयका योजनाहरू मानिसका हुन्, तर जिब्रोको जवाफ परमप्रभुबाट नै आउँछ ।
Kɵngüldiki niyǝtlǝr insanƣa tǝwǝdur; Biraⱪ tilning jawabi Pǝrwǝrdigarning ilkididur.
2 मानिसका सबै मार्ग उसको आफ्नै दृष्टिमा शुद्ध छन्, तर परमप्रभुले अभिप्रायहरू जोख्नुहुन्छ ।
Insan ɵzining ⱨǝmmǝ ⱪilƣan ixini pak dǝp bilǝr; Lekin ⱪǝlbdiki niyǝtlǝrni Pǝrwǝrdigar taraziƣa selip tartip kɵrǝr.
3 आफ्ना कामहरू परमप्रभुमा सुम्प, र तिम्रा योजनाहरू सफल हुने छन् ।
Niyǝt ⱪilƣan ixliringni Pǝrwǝrdigarƣa tapxurƣin, Xundaⱪ ⱪilƣanda pilanliring pixip qiⱪar.
4 परमप्रभुले हरेक थोक यसको आफ्नो उद्धेश्यको लागि बनाउनुभएको छ । उहाँले दुष्टहरूलाई समेत विनाशको दिनको लागि राख्नुभएको छ ।
Pǝrwǝrdigar barliⱪ mǝwjudiyǝtning ⱨǝrbirini mǝlum mǝⱪsǝt bilǝn apiridǝ ⱪilƣan; Ⱨǝtta yamanlarnimu balayi’apǝt küni üqün yaratⱪandur.
5 अहङ्कारी हृदय भएको हरेकलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर यो निश्चित छ, कि तिनीहरू दण्डविना उम्कने छैनन् ।
Tǝkǝbburluⱪⱪa tolƣan kɵngüllǝrning ⱨǝrbiri Pǝrwǝrdigarƣa yirginqliktur; Ⱪol tutuxup birlǝxsimu, jazasiz ⱪalmas.
6 करारको विश्वसनियता र भरोसाद्वारा अधर्मको प्रायश्चित्त हुन्छ, र परमप्रभुको भयद्वारा मानिसहरू खराबीबाट तर्कने छन् ।
Muⱨǝbbǝt-xǝpⱪǝt wǝ ⱨǝⱪiⱪǝt bilǝn gunaⱨlar kafarǝt ⱪilinip yepilar; Pǝrwǝrdigardin ǝyminix adǝmlǝrni yamanliⱪtin haliy ⱪilar.
7 जब मानिसका मार्गहरूले परमप्रभुलाई खुसी पार्छन्, तब उहाँले त्यसका शत्रुहरूलाई पनि त्यससित मिलापमा राख्नुहुने छ ।
Adǝmning ixliri Pǝrwǝrdigarni hursǝn ⱪilsa, U ⱨǝtta düxmǝnlirinimu uning bilǝn inaⱪlaxturar.
8 अन्यायसित कमाएको धेरै धन-सम्पत्तिभन्दा बरु ठिकसित कमाएको थोरै नै उत्तम हुन्छ ।
Ⱨalal alƣan az, Ⱨaram alƣan kɵptin ǝwzǝldur.
9 मानिसले आफ्नो हृदयमा योजना बुन्छ, तर परमप्रभुले नै त्यसका कदमहरू निर्धारण गर्नुहुन्छ ।
Insan kɵnglidǝ ɵz yolini tohtitar; Əmma ⱪǝdǝmlirini toƣrilaydiƣan Pǝrwǝrdigardur.
10 राजाको ओठमा अन्तर्ज्ञानयुक्त निर्णयहरू हुन्छन् । तिनको मुखले न्यायलाई धोका दिनुहुँदैन ।
Ⱨǝtta padixaⱨning lǝwlirigǝ ⱪaritip ǝpsun oⱪulsimu, Uning aƣzi toƣra ⱨɵkümdin qǝtnimǝs.
11 इमानदार तराजु परमप्रभुबाट आउँछ । थैलीमा भएका सबै ढक उहाँका काम हुन् ।
Adil taraza-mizanlar Pǝrwǝrdigarƣa hastur; Taraza taxlirining ⱨǝmmisini U yasiƣandur.
12 राजाले दुष्ट कामहरू गर्दा त्यसलाई तुच्छ ठानिनुपर्छ, किनकि ठिक गरेर नै सिंहासन स्थापित हुन्छ ।
Padixaⱨ rǝzillik ⱪilsa yirginqliktur, Qünki tǝht ⱨǝⱪⱪaniyǝt bilǝnla mǝⱨkǝm turar.
13 ठिक बोल्ने ओठमा राजा आनन्दित हुन्छ, र सत्य बोल्ने व्यक्तिलाई तिनी प्रेम गर्छन् ।
Ⱨǝⱪⱪaniy sɵzligǝn lǝwlǝr padixaⱨlarning hursǝnlikidur; Ular durus sɵzligüqilǝrni yahxi kɵrǝr.
14 राजाको क्रोध मृत्युको दूत हो, तर बुद्धिमान् मानिसले तिनको रिसलाई शान्त पार्ने कोसिस गर्छ ।
Padixaⱨning ⱪǝⱨri goya ɵlümning ǝlqisidur; Biraⱪ dana kixi [uning ƣǝzipini] tinqlandurar.
15 राजाको मुहारको ज्योतिमा जीवन हुन्छ, र तिनको निगाह वसन्त ऋतुमा झरी ल्याउने बादलजस्तै हो ।
Padixaⱨning qirayining nuri kixigǝ jan kirgüzǝr; Uning xǝpⱪiti waⱪtida yaƣⱪan «keyinki yamƣur»dur.
16 सुनभन्दा बुद्धि प्राप्त गर्नु र चाँदीभन्दा समझशक्ति प्राप्त गर्नु उत्तम हुन्छ ।
Danaliⱪ elix altun elixtin nǝⱪǝdǝr ǝwzǝldur; Yorutuluxni tallax kümüxni tallaxtin xunqǝ üstündur!
17 धर्मी मानिसहरूको लोकमार्ग खराबीबाट अलग रहन्छ । आफ्नो जीवनको रक्षा गर्नेले आफ्नो मार्गको रखवाली गर्छ ।
Durus adǝmning egiz kɵtürülgǝn yoli yamanliⱪtin ayrilixtur; Ɵz yoliƣa eⱨtiyat ⱪilƣan kixi jenini saⱪlap ⱪalar.
18 विनाशअगि घमण्ड आउँछ, र पतनअगि हठी आत्मा आउँछ ।
Mǝƣrurluⱪ ⱨalak boluxtin awwal kelǝr, Tǝkǝbburluⱪ yiⱪilixtin awwal kelǝr.
19 घमण्डी मानिसहरूलाई लुटको माल बाँड्नुभन्दा बरु गरिब मानिसहरूका बिचमा विनम्र हुनु उत्तम हुन्छ ।
Kǝmtǝr bolup miskinlǝr bilǝn bardi-kǝldidǝ bolux, Tǝkǝbburlar bilǝn ⱨaram mal bɵlüxkǝndin ǝwzǝldur.
20 सिकाइएको शिक्षामा मनन गर्नेले असल कुरो पाउने छ, र परमप्रभुमाथि भरोसा गर्नेहरू आशिषित् हुने छन् ।
Kimki ixni pǝm-parasǝt bilǝn ⱪilsa payda tapar; Pǝrwǝrdigarƣa tayanƣan bolsa, bǝht-saadǝt kɵrǝr.
21 हृदयमा बुद्धिमान् हुनेलाई विवेकशील भनिन्छ, र मिठा बोलीवचनले सिकाउने क्षमताको विकास गर्छ ।
Kɵngli dana kixi sǝgǝk atilar; Yeⱪimliⱪ sɵzlǝr adǝmlǝrning bilimini axurar.
22 समझशक्ति भएको व्यक्तिको लागि त्यो जीवनको फुहारा हो, तर मूर्खहरूको अर्ती नै तिनीहरूको मूर्खता हो ।
Pǝm-parasǝt ɵzigǝ igǝ bolƣanlarƣa ⱨayatliⱪning buliⱪidur; Əⱪilsizlǝrgǝ tǝlim bǝrmǝkning ɵzi ǝⱪilsizliktur.
23 बुद्धिमान् व्यक्तिको हृदयले उसको मुखलाई अन्तर्दृष्टि प्रदान गर्छ, र उसको ओठमा विश्वसनीयता थप्छ ।
Aⱪilanǝ kixining ⱪǝlbi aƣzidin ǝⱪil qiⱪirar; Uning lǝwzigǝ bilimni ziyadǝ ⱪilar.
24 मिठा वचनहरू महका चाकाजस्ता हुन्, जुन प्राणको लागि मिठो हुन्छ, र हड्डीहरूका लागि चङ्गाइ हुन्छ ।
Yeⱪimliⱪ sɵzlǝr goya ⱨǝsǝldur; Kɵngüllǝrni hux ⱪilip tǝngǝ dawadur.
25 कुनै बाटो मानिसलाई सिधाजस्तो लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ ।
Adǝm balisiƣa toƣridǝk kɵrünidiƣan bir yol bar, Lekin aⱪiwiti ⱨalakǝtkǝ baridiƣan yollardur.
26 परिश्रमीको पेटले नै त्यसलाई काम गर्न लगाउँछ । त्यसको भोकले त्यसलाई अभिप्रेरित गर्छ ।
Ixligüqining ixtiyi uni ixⱪa salar; Uning ⱪarni uningƣa ⱨǝydǝkqilik ⱪilar.
27 बेकम्मा मानिसले खराबीको खाल्डो खन्छ, र त्यसको बोलीवचन पोल्ने आगोझैँ हुन्छ ।
Muttǝⱨǝm kixi yaman gǝpni kolap yürǝr; Uning lǝwliri lawuldap turƣan otⱪa ohxar.
28 टेडो मानिसले द्वन्द्व निम्त्याउँछ, र कुरा काट्नाले घनिष्ठ मित्रहरूमा पनि फाटो आउँछ ।
Əgri adǝm jedǝl-majira tuƣdurƣuqidur; Ƣǝywǝtqi yeⱪin dostlarni ayriwetǝr.
29 हिंसा गर्ने मानिसले आफ्नो छिमेकीलाई झुट बोल्छ, र त्यसलाई बेठिक मार्गमा लैजान्छ ।
Zorawan kixi yeⱪin adimini azdurar; Uni yaman yolƣa baxlap kirǝr.
30 द्वेषपूर्ण आँखा झिम्क्याउनेले टेडो षड्यन्त्र रचिरहेको हुन्छ । आफ्नो ओठ लेब्र्याउनेले खराबी ल्याउँछ ।
Kɵzini yumuwalƣan kixi yaman niyǝtni oylar; Lewini qixligǝn kixi yamanliⱪⱪa tǝyyardur.
31 फुलेको कपाल शोभाको मुकुट हो । ठिक तरिकाले जिएर यसलाई प्राप्त गर्न सकिन्छ ।
Ⱨǝⱪⱪaniyǝt yolida aⱪarƣan qaq, Adǝmning xɵⱨrǝt tajidur.
32 योद्धा हुनुभन्दा बरु रिसाउनमा धिमा हुनु उत्तम हुन्छ, र आफ्नो आत्मालाई नियन्त्रण गर्नेचाहिँ सहरमाथि विजयी हासिल गर्नेभन्दा बलियो हुन्छ ।
Asan aqqiⱪlimaydiƣan kixi palwandin ǝwzǝldur; Ɵzini tutuwalƣan xǝⱨǝr alƣandinmu üstündur.
33 सप्कोमा चिट्ठा त हालिन्छ, तर निर्णयचाहिँ परमप्रभुबाट नै आउँछ ।
Qǝk etǝkkǝ taxlanƣini bilǝn, Lekin nǝtijisi pütünlǝy Pǝrwǝrdigardindur.