< हितोपदेश 15 >
1 विनम्र जवाफले क्रोधलाई हटाउँछ, तर कठोर वचनले रिस उठाउँछ ।
Jawabu la upole hugeuza ghadhabu, bali neno liumizalo huchochea hasira.
2 बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ, तर मूर्खहरूको मुखले मूर्खता खन्याउँछ ।
Ulimi wa mwenye hekima husifu maarifa, bali kinywa cha mpumbavu hufoka upumbavu.
3 परमप्रभुको दृष्टि जताततै छ । उहाँले दुष्ट र असलमाथि नजर लगाउनुहुन्छ ।
Macho ya Bwana yako kila mahali, yakiwaangalia waovu na wema.
4 निको पार्ने जिब्रो जीवनको रुख हो, तर छलपूर्ण जिब्रोले आत्मालाई चोट पुर्याउँछ ।
Ulimi uletao uponyaji ni mti wa uzima, bali ulimi udanganyao huponda roho.
5 मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्नेचाहिँ विवेकशील हो ।
Mpumbavu hubeza maonyo ya baba yake, bali yeyote akubaliye maonyo huonyesha busara.
6 धर्मात्माको घरमा ठुलो खजाना हुन्छ, तर दुष्ट मानिसको कमाइले त्यसलाई कष्ट दिन्छ ।
Nyumba ya mwenye haki ina hazina kubwa, bali mapato ya waovu huwaletea taabu.
7 बुद्धिमान् मानिसहरूको ओठले चारैतिर ज्ञान फैलाउँछ, तर मूर्खहरूको हृदय त्यस्तो हुँदैन ।
Midomo ya mwenye hekima hueneza maarifa, bali sivyo ilivyo mioyo ya wapumbavu.
8 परमप्रभुले दुष्ट मानिसहरूको बलिदानलाई घृणा गर्नुहुन्छ, तर धर्मी मानिसहरूको प्रार्थना उहाँको आनन्द हो ।
Bwana huchukia sana dhabihu za waovu, bali maombi ya wanyofu humfurahisha Mungu.
9 परमप्रभुले दुष्ट मानिसहरूको मार्गलाई घृणा गर्नुहुन्छ, तर ठिक कुराको पछि लाग्नेलाई उहाँले प्रेम गर्नुहुन्छ ।
Bwana huchukia sana njia ya waovu, bali huwapenda wale wafuatao haki.
10 कठोर अनुशासनले आफ्नो बाटो त्याग्नेको प्रतीक्षा गर्छ, र सुधारलाई घृणा गर्नेचाहिँ मर्ने छ ।
Adhabu kali humngoja yeye aachaye njia; yeye achukiaye maonyo atakufa.
11 पाताल र विनाश परमप्रभुको सामु खुला छन् भने मानिसको हृदय झन् कति खुला होला? (Sheol )
Mauti na Uharibifu viko wazi mbele za Bwana: je, si zaidi sana mioyo ya wanadamu! (Sheol )
12 गिल्ला गर्ने सुधारदेखि अप्रसन्न हुन्छ । त्यो बुद्धिमान्कहाँ जाँदैन ।
Mwenye mzaha huchukia maonyo; hatataka shauri kwa mwenye hekima.
13 आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ, तर हृदयको पिरले आत्मालाई चोट पुर्याउँछ ।
Moyo wenye furaha hufanya uso uchangamke, bali maumivu ya moyoni huponda roho.
14 विवेशकशीलहरूको हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खहरूको मुखले मूर्खता नै रुचाउँछ ।
Moyo wa mwenye ufahamu hutafuta maarifa, bali kinywa cha mpumbavu hujilisha upumbavu.
15 थिचोमिचोमा परेकाहरूका सबै दिन दुःखद हुन्छन्, तर आनन्दित हृदयको सुखको अन्त्य हुँदैन ।
Siku zote za wanaoonewa ni za taabu, bali moyo mchangamfu una karamu ya kudumu.
16 भ्रमको साथ धेरै धन-सम्पत्ति हुनुभन्दा बरु परमप्रभुको भयको साथ थोरै हुनु उत्तम हो ।
Afadhali kuwa na kidogo pamoja na kumcha Bwana, kuliko mali nyingi pamoja na ghasia.
17 घृणा भएको ठाउँमा पुष्टाइएको बाछो खानुभन्दा बरु प्रेम भएको ठाउँमा सागसब्जी खानु उत्तम हो ।
Afadhali chakula cha mboga mahali palipo na upendo kuliko nyama ya ndama iliyonona pamoja na chuki.
18 रिसाएको मानिसले तर्क-वितर्क गर्छ, तर रिसाउनमा धिमा व्यक्तिले झगडालाई शान्त पार्छ ।
Mtu mwepesi wa hasira huchochea ugomvi, bali mtu mvumilivu hutuliza ugomvi.
19 अल्छेको बाटो काँढाको छेकबार भएको ठाउँझैँ हुन्छ, तर धर्मीको बाटो निर्मित लोकमार्ग हो ।
Njia ya mvivu imezibwa na miiba, bali njia ya mwenye haki ni barabara kuu.
20 बुद्धिमान् छोरोले आफ्नो बुबालाई आनन्द दिन्छ, तर मूर्ख व्यक्तिले आफ्नी आमालाई तुच्छ ठान्छ ।
Mwana mwenye hekima huleta furaha kwa baba yake, bali mtu mpumbavu humdharau mama yake.
21 मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ।
Upumbavu humfurahisha mtu ambaye hana akili, bali mtu mwenye ufahamu hushika njia iliyonyooka.
22 सरसल्लाह नहुँदा योजनाहरू गलत हुन्छन्, तर धेरै परामर्शदाताहरूद्वारा तिनीहरू सफल हुन्छन् ।
Mipango hushindwa kufanikiwa kwa ajili ya kukosa ushauri, bali kukiwa na washauri wengi hufanikiwa.
23 उचित जवाफ दिँदा मानिसले आनन्द पाउँछ । ठिक समयमा बोलिएको वचन कति असल हुन्छ!
Mtu hupata furaha katika kutoa jibu linalofaa: je, ni zuri namna gani neno lililotoka kwa wakati wake!
24 जीवनको मार्गले विवेकशील मानिसहरूलाई उँभोतिर लैजान्छ । यसले तिनीहरूलाई उँधो पातालतिर जानदेखि फर्काउँछ । (Sheol )
Mapito ya uzima huelekea juu kwa ajili ya wenye hekima kumwepusha asiende chini kaburini. (Sheol )
25 परमप्रभुले अहङ्कारीको घर भत्काइदिनुहुन्छ, तर विधवाको सम्पत्तिको रक्षा गर्नुहुन्छ ।
Bwana hubomoa nyumba ya mtu mwenye kiburi, bali huilinda mipaka ya mjane isiguswe.
26 परमप्रभुले दुष्ट मानिसहरूको विचारलाई घृणा गर्नुहुन्छ, तर दयाका वचनहरू शुद्ध हुन्छन् ।
Bwana huchukia sana mawazo ya mwovu, bali mawazo ya wale walio safi humfurahisha yeye.
27 चोरी गर्नेले आफ्नो परिवारमा सङ्कष्ट ल्याउँछ, तर घुसलाई घृणा गर्नेचाहिँ बाँच्ने छ ।
Mtu mwenye tamaa huletea jamaa yake taabu, bali yeye achukiaye rushwa ataishi.
28 जवाफ दिनुअगि धर्मात्माको हृदयले मनन गर्छ, तर दुष्ट मानिसको मुखले आफ्नो सबै खराबी ओकल्छ ।
Moyo wa mwenye haki hupima majibu yake, bali kinywa cha mwovu hufoka ubaya.
29 दुष्ट मानिसहरूबाट परमप्रभु निकै टाढा हुनुहुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्नुहुन्छ ।
Bwana yuko mbali na waovu, bali husikia maombi ya wenye haki.
30 आँखाको ज्योतिले हृदयमा आनन्द ल्याउँछ, र शुभ खबर शरीरको लागि स्वास्थ्य हो ।
Mtazamo wa tabasamu huleta furaha moyoni, nazo habari njema huipa mifupa afya.
31 कसरी जिउने भनी कसैले तिमीलाई सुधार गर्दा तिमीले ध्यान दियौ भने तिमी बुद्धिमान् मानिसहरूका बिचमा रहने छौ ।
Yeye asikilizaye maonyo yatoayo uzima atakuwa miongoni mwa wenye hekima.
32 अनुशासनलाई इन्कार गर्नेले आफैलाई तुच्छ ठान्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति पाउँछ ।
Yeye anayedharau maonyo hujidharau mwenyewe, bali yeyote anayekubali maonyo hupata ufahamu.
33 परमप्रभुको भयले बुद्धि सिकाउँछ, र आदरअगि विनम्रता आउँछ ।
Kumcha Bwana humfundisha mtu hekima, nao unyenyekevu huja kabla ya heshima.