< हितोपदेश 15 >

1 विनम्र जवाफले क्रोधलाई हटाउँछ, तर कठोर वचनले रिस उठाउँछ ।
מענה רך ישיב חמה ודבר עצב יעלה אף׃
2 बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ, तर मूर्खहरूको मुखले मूर्खता खन्याउँछ ।
לשון חכמים תיטיב דעת ופי כסילים יביע אולת׃
3 परमप्रभुको दृष्‍टि जताततै छ । उहाँले दुष्‍ट र असलमाथि नजर लगाउनुहुन्छ ।
בכל מקום עיני יהוה צפות רעים וטובים׃
4 निको पार्ने जिब्रो जीवनको रुख हो, तर छलपूर्ण जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ ।
מרפא לשון עץ חיים וסלף בה שבר ברוח׃
5 मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्‍नेचाहिँ विवेकशील हो ।
אויל ינאץ מוסר אביו ושמר תוכחת יערם׃
6 धर्मात्माको घरमा ठुलो खजाना हुन्छ, तर दुष्‍ट मानिसको कमाइले त्यसलाई कष्‍ट दिन्छ ।
בית צדיק חסן רב ובתבואת רשע נעכרת׃
7 बुद्धिमान् मानिसहरूको ओठले चारैतिर ज्ञान फैलाउँछ, तर मूर्खहरूको हृदय त्यस्तो हुँदैन ।
שפתי חכמים יזרו דעת ולב כסילים לא כן׃
8 परमप्रभुले दुष्‍ट मानिसहरूको बलिदानलाई घृणा गर्नुहुन्छ, तर धर्मी मानिसहरूको प्रार्थना उहाँको आनन्द हो ।
זבח רשעים תועבת יהוה ותפלת ישרים רצונו׃
9 परमप्रभुले दुष्‍ट मानिसहरूको मार्गलाई घृणा गर्नुहुन्छ, तर ठिक कुराको पछि लाग्‍नेलाई उहाँले प्रेम गर्नुहुन्छ ।
תועבת יהוה דרך רשע ומרדף צדקה יאהב׃
10 कठोर अनुशासनले आफ्नो बाटो त्याग्‍नेको प्रतीक्षा गर्छ, र सुधारलाई घृणा गर्नेचाहिँ मर्ने छ ।
מוסר רע לעזב ארח שונא תוכחת ימות׃
11 पाताल र विनाश परमप्रभुको सामु खुला छन् भने मानिसको हृदय झन् कति खुला होला? (Sheol h7585)
שאול ואבדון נגד יהוה אף כי לבות בני אדם׃ (Sheol h7585)
12 गिल्ला गर्ने सुधारदेखि अप्रसन्‍न हुन्छ । त्यो बुद्धिमान्‌कहाँ जाँदैन ।
לא יאהב לץ הוכח לו אל חכמים לא ילך׃
13 आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ, तर हृदयको पिरले आत्मालाई चोट पुर्‍याउँछ ।
לב שמח ייטב פנים ובעצבת לב רוח נכאה׃
14 विवेशकशीलहरूको हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खहरूको मुखले मूर्खता नै रुचाउँछ ।
לב נבון יבקש דעת ופני כסילים ירעה אולת׃
15 थिचोमिचोमा परेकाहरूका सबै दिन दुःखद हुन्छन्, तर आनन्दित हृदयको सुखको अन्त्य हुँदैन ।
כל ימי עני רעים וטוב לב משתה תמיד׃
16 भ्रमको साथ धेरै धन-सम्पत्ति हुनुभन्दा बरु परमप्रभुको भयको साथ थोरै हुनु उत्तम हो ।
טוב מעט ביראת יהוה מאוצר רב ומהומה בו׃
17 घृणा भएको ठाउँमा पुष्‍टाइएको बाछो खानुभन्दा बरु प्रेम भएको ठाउँमा सागसब्जी खानु उत्तम हो ।
טוב ארחת ירק ואהבה שם משור אבוס ושנאה בו׃
18 रिसाएको मानिसले तर्क-वितर्क गर्छ, तर रिसाउनमा धिमा व्यक्तिले झगडालाई शान्त पार्छ ।
איש חמה יגרה מדון וארך אפים ישקיט ריב׃
19 अल्छेको बाटो काँढाको छेकबार भएको ठाउँझैँ हुन्छ, तर धर्मीको बाटो निर्मित लोकमार्ग हो ।
דרך עצל כמשכת חדק וארח ישרים סללה׃
20 बुद्धिमान् छोरोले आफ्नो बुबालाई आनन्द दिन्छ, तर मूर्ख व्यक्तिले आफ्नी आमालाई तुच्छ ठान्छ ।
בן חכם ישמח אב וכסיל אדם בוזה אמו׃
21 मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ।
אולת שמחה לחסר לב ואיש תבונה יישר לכת׃
22 सरसल्लाह नहुँदा योजनाहरू गलत हुन्छन्, तर धेरै परामर्शदाताहरूद्वारा तिनीहरू सफल हुन्छन् ।
הפר מחשבות באין סוד וברב יועצים תקום׃
23 उचित जवाफ दिँदा मानिसले आनन्द पाउँछ । ठिक समयमा बोलिएको वचन कति असल हुन्छ!
שמחה לאיש במענה פיו ודבר בעתו מה טוב׃
24 जीवनको मार्गले विवेकशील मानिसहरूलाई उँभोतिर लैजान्छ । यसले तिनीहरूलाई उँधो पातालतिर जानदेखि फर्काउँछ । (Sheol h7585)
ארח חיים למעלה למשכיל למען סור משאול מטה׃ (Sheol h7585)
25 परमप्रभुले अहङ्कारीको घर भत्काइदिनुहुन्छ, तर विधवाको सम्पत्तिको रक्षा गर्नुहुन्छ ।
בית גאים יסח יהוה ויצב גבול אלמנה׃
26 परमप्रभुले दुष्‍ट मानिसहरूको विचारलाई घृणा गर्नुहुन्छ, तर दयाका वचनहरू शुद्ध हुन्छन् ।
תועבת יהוה מחשבות רע וטהרים אמרי נעם׃
27 चोरी गर्नेले आफ्नो परिवारमा सङ्कष्‍ट ल्याउँछ, तर घुसलाई घृणा गर्नेचाहिँ बाँच्ने छ ।
עכר ביתו בוצע בצע ושונא מתנת יחיה׃
28 जवाफ दिनुअगि धर्मात्माको हृदयले मनन गर्छ, तर दुष्‍ट मानिसको मुखले आफ्नो सबै खराबी ओकल्छ ।
לב צדיק יהגה לענות ופי רשעים יביע רעות׃
29 दुष्‍ट मानिसहरूबाट परमप्रभु निकै टाढा हुनुहुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्‍नुहुन्छ ।
רחוק יהוה מרשעים ותפלת צדיקים ישמע׃
30 आँखाको ज्योतिले हृदयमा आनन्द ल्याउँछ, र शुभ खबर शरीरको लागि स्वास्थ्य हो ।
מאור עינים ישמח לב שמועה טובה תדשן עצם׃
31 कसरी जिउने भनी कसैले तिमीलाई सुधार गर्दा तिमीले ध्यान दियौ भने तिमी बुद्धिमान् मानिसहरूका बिचमा रहने छौ ।
אזן שמעת תוכחת חיים בקרב חכמים תלין׃
32 अनुशासनलाई इन्कार गर्नेले आफैलाई तुच्छ ठान्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति पाउँछ ।
פורע מוסר מואס נפשו ושומע תוכחת קונה לב׃
33 परमप्रभुको भयले बुद्धि सिकाउँछ, र आदरअगि विनम्रता आउँछ ।
יראת יהוה מוסר חכמה ולפני כבוד ענוה׃

< हितोपदेश 15 >