< हितोपदेश 14 >

1 बुद्धिमान् स्‍त्रीले आफ्नो घर बनाउँछे, तर मूर्ख स्‍त्रीले आफ्नै हातले त्यो भत्काउँछे ।
Gudra sieva uztaisa savu namu, bet neprātniece to noposta pati savām rokām.
2 सोझो भएर हिँड्नेले परमप्रभुको भय मान्छ, तर आफ्ना चालहरूमा बेइमान व्यक्तिले उहाँलाई तुच्छ ठान्छ ।
Kas savā skaidrībā staigā, tas bīstas To Kungu; bet netiklais savā ceļā nebēdā par Viņu.
3 मूर्खको मुखबाट त्यसको मूर्खताको हाँगा निस्कन्छ, तर बुद्धिमान्‌को ओठले त्यसको रक्षा गर्छ ।
Ģeķa mutē ir viņa lepnības rīkste, bet gudro lūpas viņus pasargā.
4 गाईवस्तु नभएको ठाउँमा भकारी खाली हुन्छ, तर गोरुको बलद्वारा प्रशस्त फसलको कटनी हुन सक्छ ।
Kur vēršu nav, tur sile tīra; bet caur vēršu spēku nāk liela raža.
5 विश्‍वासयोग्य साक्षीले झुट बोल्दैन, तर झुटो साक्षीले झुटा कुराहरू निकाल्छ ।
Patiess liecinieks nemelo, bet nepatiess liecinieks izverd melus.
6 गिल्ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन, जब कि समझदार व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ ।
Garzobis meklē gudrību un neatrod; bet prātīgam atzīšana nāk lēti.
7 मूर्ख मानिसबाट टाढै बस, किनकि तिमीले त्यसको ओठमा ज्ञान पाउने छैनौ ।
Ej nost no ģeķa acīm; jo gudru valodu tu nedzirdēsi!
8 समझदार मानिसको बुद्धि उसको आफ्नै मार्ग बुझ्नको लागि हो, तर मूर्खहरूको मूर्खता छल हो ।
Prātīga vīra gudrība ir šī, savu ceļu saprast; bet nejēgu ģeķība ir aloties.
9 दोषबलि चढाइँदा मूर्खहरूले गिल्ला गर्छन्, तर सोझाहरूका बिचमा स्‍नेह बाँडचुँड गरिन्छ ।
Ģeķiem grēku upuris nelīdz, bet pie taisniem ir labpatikšana.
10 हृदयले यसको आफ्नै तिक्तता जान्दछ, र कुनै पनि परदेशीले यसको आनन्द बाँडचुँड गर्दैन ।
Sirds pati vien zina savas sāpes, un cits neviens nenomana viņas prieku.
11 दुष्‍ट मानिसहरूको घर नष्‍ट पारिने छ, तर धर्मी मानिसहरूको पालमा फलिफा हुने छ ।
Bezdievīgo nams taps nopostīts, bet taisno būdiņa zaļos.
12 कुनै बाटो मानिसलाई सोझोजस्तै लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्‍याउँछ ।
Dažs ceļš liekās iesākumā labs, savā galā ved nāvē.
13 हृदयमा हाँसो भए तापनि वेदना हुन सक्छ, र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ ।
Pat smejoties sirds brīžam sāp, un līksmība beidzās bēdās.
14 विश्‍वासयोग्य नभएको व्यक्तिले आफ्ना चालहरूको प्रतिफल भोग्‍ने छ, तर असल व्यक्तिले आफ्नो इनाम पाउने छ ।
Kas atkāpjas, tā sirds baudīs savu darbu augļus, tāpat labs vīrs savus.
15 बेवकूफ मानिसले हरेक कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना चालहरूबारे विचार गर्छ ।
Nejēga tic visu, bet prātīgais ņem vērā savus soļus.
16 बुद्धिमान् मानिस डराएर दुष्‍टताबाट टाढै बस्छ, तर मूर्खले निश्‍चयतासाथ चेताउनीलाई खारेज गरिदिन्छ ।
Gudrais bīstas un izsargās no ļauna, bet ģeķis ir kā uguns un drošs.
17 झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ ।
Ātras dusmas dara ģeķību, un niķainu cilvēku ienīst.
18 बेसमझ मानिसले मूर्खता कमाउँछ, तर समझदार मानिसले ज्ञानको मुकुट पहिरिन्छ ।
Nesaprašu mantība ir ģeķība, bet prātīgo kronis atzīšana.
19 खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्‍ट मानिसहरू धर्मात्माका ढोकाहरूमा झुक्‍ने छन् ।
Ļauniem jāklanās priekš labiem, un bezdievīgiem taisna vārtos.
20 आफ्नै मित्रहरूबाट समेत गरिब मानिसलाई घृणा गरिन्छ, तर धनी मानिसका धेरै साथीहरू हुन्छन् ।
Pat draugs nabagu ienīst, bet bagātiem mīlētāju daudz.
21 आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गरिरहेको हुन्छ, तर गरिबलाई स्‍नेह देखाउने आशिषित् हुन्छ ।
Kas pulgo savu tuvāko, grēko; bet svētīgs, kas par nabagu apžēlojās.
22 के खराब युक्ति रच्नेहरू बरालिँदैनन् र? तर असल गर्ने योजना बनाउनेहरूले करारको विश्‍वसनीयता र भरोसा प्राप्‍त गर्ने छन् ।
Vai tad neceļā nekļūs, kas ļaunu perē? bet kam prāts uz labu, panāks žēlastību un uzticību.
23 सबै कडा परिश्रमले लाभ ल्याउँछ, तर कुरा मात्र गर्नाले गरिबीमा पुर्‍याउँछ ।
Kur sviedriem strādā, tur kas atliek; bet kur vārdi vien, tur trūcība.
24 बुद्धिमान् मानिसहरूको मुकुट तिनीहरूको सम्पत्ति हो, तर मूर्खहरूको मूर्खताले तिनीहरूमा झन् बढी मूर्खता ल्याउँछ ।
Bagātība ir gudriem par kroni, bet nejēgu ģeķība paliek ģeķība.
25 विश्‍वासयोग्य साक्षीले जीवन बचाउँछ, तर झुटो साक्षीले झुटा कुराहरू ओकल्छ ।
Patiess liecinieks izpestī dvēseles, bet kas melus runā, ir blēdis.
26 परमप्रभुको भय मान्‍नेसित बढी निश्‍चयता हुन्छ । त्यस मानिसको छोराछोरीका निम्ति यो सुरक्षाको एउटा बलियो स्थानझैँ हुने छ ।
Tā Kunga bijāšanā ir liela drošība, un tā būs viņa bērniem par patvērumu.
27 परमप्रभुको भय जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्युका जालहरूबाट उम्कन्छ ।
Tā Kunga bijāšana ir dzīvības avots, izsargāties no nāves valgiem.
28 राजाको महिमा तिनका धेरै मानिसहरूको सङ्ख्यामा पाइन्छ, तर मानिसहरूविना राजकुमार नष्‍ट हुन्छ ।
Ķēniņa gods stāv ļaužu pulkā, bet ļaužu trūkums ir valdnieku vaidi.
29 धैर्यवान् मानिससित ठुलो समझशक्ति हुन्छ, तर गरम मिजासको मानिसले मूर्खतालाई उचाल्छ ।
Lēnprātīgam liela gudrība, bet ātrais ir liels ģeķis.
30 शान्त हृदय शरीरको लागि जीवन हो, तर ईर्ष्याले हड्‍डीहरूलाई सडाउँछ ।
Lēna sirds ir miesas dzīvība, bet ātrs prāts ir puveši kaulos.
31 गरिबलाई थिचोमिचो गर्नेले आफ्नो सृष्‍टिकर्तालाई सराप्छ, तर खाँचोमा परेकाहरूलाई स्‍नेह देखाउनेले उहाँको आदर गर्छ ।
Kas nabagu nospiež, pulgo viņa Radītāju; bet kas par sērdieni apžēlojās, tas godā Dievu.
32 आफ्ना खराब कामहरूद्वारा दुष्‍ट मानिस तल खसालिन्छ, तर धर्मात्माले मृत्युमा समेत आश्रय पाउँछ ।
Bezdievīgais pazūd savā postā, bet taisnais arī savā nāvē ir drošs,
33 बुद्धिले विवेकीको हृदयमा बास गर्छ, र मूर्खहरूका बिचमा समेत त्यसले आफूलाई चिनाउँछ ।
Prātīgo sirdī gudrība dus, bet ģeķu starpā tā parādās.
34 धार्मिकताले देशलाई उचाल्छ, तर पाप कुनै पनि मानिसको लागि अपमानको कुरो हो ।
Taisnība tautu paaugstina, bet grēks ir ļaužu posts.
35 समझदारसित काम गर्ने नोकरमाथि राजाको स्‍नेह हुन्छ, तर लाजमर्दो तरिकाले काम गर्नेमाथि तिनको रिस पर्छ ।
Tiklam kalpam ķēniņa žēlastība, bet viņa dusmas bezkaunīgam.

< हितोपदेश 14 >