< हितोपदेश 14 >
1 बुद्धिमान् स्त्रीले आफ्नो घर बनाउँछे, तर मूर्ख स्त्रीले आफ्नै हातले त्यो भत्काउँछे ।
Every wise woman has built her house, And the foolish breaks it down with her hands.
2 सोझो भएर हिँड्नेले परमप्रभुको भय मान्छ, तर आफ्ना चालहरूमा बेइमान व्यक्तिले उहाँलाई तुच्छ ठान्छ ।
Whoever is walking in his uprightness is fearing YHWH, And the perverted is despising Him [in] his ways.
3 मूर्खको मुखबाट त्यसको मूर्खताको हाँगा निस्कन्छ, तर बुद्धिमान्को ओठले त्यसको रक्षा गर्छ ।
A rod of pride [is] in the mouth of a fool, And the lips of the wise preserve them.
4 गाईवस्तु नभएको ठाउँमा भकारी खाली हुन्छ, तर गोरुको बलद्वारा प्रशस्त फसलको कटनी हुन सक्छ ।
Without oxen a stall [is] clean, And great [is] the increase by the power of the ox.
5 विश्वासयोग्य साक्षीले झुट बोल्दैन, तर झुटो साक्षीले झुटा कुराहरू निकाल्छ ।
A faithful witness does not lie, And a false witness breathes out lies.
6 गिल्ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन, जब कि समझदार व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ ।
A scorner has sought wisdom, and it is not, And knowledge [is] easy to the intelligent.
7 मूर्ख मानिसबाट टाढै बस, किनकि तिमीले त्यसको ओठमा ज्ञान पाउने छैनौ ।
Go from before a foolish man, Or you have not known the lips of knowledge.
8 समझदार मानिसको बुद्धि उसको आफ्नै मार्ग बुझ्नको लागि हो, तर मूर्खहरूको मूर्खता छल हो ।
The wisdom of the prudent [is] to understand his way, And the folly of fools [is] deceit.
9 दोषबलि चढाइँदा मूर्खहरूले गिल्ला गर्छन्, तर सोझाहरूका बिचमा स्नेह बाँडचुँड गरिन्छ ।
Fools mock at a guilt-offering, And among the upright—a pleasing thing.
10 हृदयले यसको आफ्नै तिक्तता जान्दछ, र कुनै पनि परदेशीले यसको आनन्द बाँडचुँड गर्दैन ।
The heart knows its own bitterness, And a stranger does not interfere with its joy.
11 दुष्ट मानिसहरूको घर नष्ट पारिने छ, तर धर्मी मानिसहरूको पालमा फलिफा हुने छ ।
The house of the wicked is destroyed, And the tent of the upright flourishes.
12 कुनै बाटो मानिसलाई सोझोजस्तै लाग्ला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ ।
There is a way—right before a man, And its latter end [are] ways of death.
13 हृदयमा हाँसो भए तापनि वेदना हुन सक्छ, र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ ।
Even in laughter is the heart pained, And the latter end of joy [is] affliction.
14 विश्वासयोग्य नभएको व्यक्तिले आफ्ना चालहरूको प्रतिफल भोग्ने छ, तर असल व्यक्तिले आफ्नो इनाम पाउने छ ।
The backslider in heart is filled from his ways, And a good man—from his fruits.
15 बेवकूफ मानिसले हरेक कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना चालहरूबारे विचार गर्छ ।
The simple gives credence to everything, And the prudent attends to his step.
16 बुद्धिमान् मानिस डराएर दुष्टताबाट टाढै बस्छ, तर मूर्खले निश्चयतासाथ चेताउनीलाई खारेज गरिदिन्छ ।
The wise is fearing and turning from evil, And a fool is transgressing and is confident.
17 झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ ।
Whoever is short of temper does folly, And a man of wicked schemes is hated.
18 बेसमझ मानिसले मूर्खता कमाउँछ, तर समझदार मानिसले ज्ञानको मुकुट पहिरिन्छ ।
The simple have inherited folly, And the prudent are crowned [with] knowledge.
19 खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्ट मानिसहरू धर्मात्माका ढोकाहरूमा झुक्ने छन् ।
The evil have bowed down before the good, And the wicked at the gates of the righteous.
20 आफ्नै मित्रहरूबाट समेत गरिब मानिसलाई घृणा गरिन्छ, तर धनी मानिसका धेरै साथीहरू हुन्छन् ।
The poor is hated even of his neighbor, And those loving the rich [are] many.
21 आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गरिरहेको हुन्छ, तर गरिबलाई स्नेह देखाउने आशिषित् हुन्छ ।
Whoever is despising his neighbor sins, Whoever is favoring the humble, O his blessedness.
22 के खराब युक्ति रच्नेहरू बरालिँदैनन् र? तर असल गर्ने योजना बनाउनेहरूले करारको विश्वसनीयता र भरोसा प्राप्त गर्ने छन् ।
Do they who are devising evil not err? And kindness and truth [are] to those devising good,
23 सबै कडा परिश्रमले लाभ ल्याउँछ, तर कुरा मात्र गर्नाले गरिबीमा पुर्याउँछ ।
In all labor there is advantage, And a thing of the lips [is] only to want.
24 बुद्धिमान् मानिसहरूको मुकुट तिनीहरूको सम्पत्ति हो, तर मूर्खहरूको मूर्खताले तिनीहरूमा झन् बढी मूर्खता ल्याउँछ ।
The crown of the wise is their wealth, The folly of fools [is] folly.
25 विश्वासयोग्य साक्षीले जीवन बचाउँछ, तर झुटो साक्षीले झुटा कुराहरू ओकल्छ ।
A true witness is delivering souls, And a deceitful one breathes out lies.
26 परमप्रभुको भय मान्नेसित बढी निश्चयता हुन्छ । त्यस मानिसको छोराछोरीका निम्ति यो सुरक्षाको एउटा बलियो स्थानझैँ हुने छ ।
Strong confidence [is] in the fear of YHWH, And there is a refuge to His sons.
27 परमप्रभुको भय जीवनको फुहारा हो, जसद्वारा मानिस मृत्युका जालहरूबाट उम्कन्छ ।
The fear of YHWH [is] a fountain of life, To turn aside from snares of death.
28 राजाको महिमा तिनका धेरै मानिसहरूको सङ्ख्यामा पाइन्छ, तर मानिसहरूविना राजकुमार नष्ट हुन्छ ।
The honor of a king [is] in the multitude of a people, And the ruin of a prince in lack of people.
29 धैर्यवान् मानिससित ठुलो समझशक्ति हुन्छ, तर गरम मिजासको मानिसले मूर्खतालाई उचाल्छ ।
Whoever is slow to anger [is] of great understanding, And whoever is short in temper is exalting folly.
30 शान्त हृदय शरीरको लागि जीवन हो, तर ईर्ष्याले हड्डीहरूलाई सडाउँछ ।
A healed heart [is] life to the flesh, And rottenness to the bones [is] envy.
31 गरिबलाई थिचोमिचो गर्नेले आफ्नो सृष्टिकर्तालाई सराप्छ, तर खाँचोमा परेकाहरूलाई स्नेह देखाउनेले उहाँको आदर गर्छ ।
An oppressor of the poor reproaches his Maker, And whoever is honoring Him Is favoring the needy.
32 आफ्ना खराब कामहरूद्वारा दुष्ट मानिस तल खसालिन्छ, तर धर्मात्माले मृत्युमा समेत आश्रय पाउँछ ।
The wicked is driven away in his wickedness, And the righteous [is] trustful in his death.
33 बुद्धिले विवेकीको हृदयमा बास गर्छ, र मूर्खहरूका बिचमा समेत त्यसले आफूलाई चिनाउँछ ।
Wisdom rests in the heart of the intelligent. And it is known in the midst of fools.
34 धार्मिकताले देशलाई उचाल्छ, तर पाप कुनै पनि मानिसको लागि अपमानको कुरो हो ।
Righteousness exalts a nation, And the righteousness of peoples [is] a sin-offering.
35 समझदारसित काम गर्ने नोकरमाथि राजाको स्नेह हुन्छ, तर लाजमर्दो तरिकाले काम गर्नेमाथि तिनको रिस पर्छ ।
The favor of a king [is] to a wise servant, And one causing shame is an object of his wrath!