< हितोपदेश 13 >
1 बुद्धिमान् छोरोले आफ्नो बुबाको अर्ती सुन्छ, तर गिल्ला गर्नेले हप्कीलाई सुन्दैन ।
Viisas poika kuulee isän kuritusta, mutta pilkkaaja ei ota nuhdetta kuullaksensa.
2 आफ्नो मुखको फलबाट मानिसले असल थोकहरूको भोग गर्दछ, तर विश्वासघातिको भोक हिंसाको लागि हुन्छ ।
Suunsa hedelmästä saa nauttia hyvää, mutta uskottomilla on halu väkivaltaan.
3 आफ्नो मुखको रखवाली गर्नेले आफ्नो जीवनको रक्षा गर्छ, तर असावधान बोलीवचनले आफ्नै जीवन बर्बाद गर्ने छ ।
Joka suistaa suunsa, se säilyttää henkensä, mutta avosuinen joutuu turmioon.
4 अल्छे मानिसको भोकले लालस गर्छ, तर केही पाउँदैन, जब कि परिश्रमी मानिसको भोक पूर्ण रूपमा सन्तुष्ट हुने छ ।
Laiskan sielu haluaa, saamatta mitään, mutta ahkerain sielu tulee ravituksi.
5 धर्मात्माले झुटलाई घृणा गर्छ, तर दुष्टले आफैलाई घृणित तुल्याउँछ, र लज्जास्पद कुरो गर्छ ।
Vanhurskas vihaa valhepuhetta, mutta jumalattoman meno on iljettävä ja häpeällinen.
6 धार्मिकताले ती मानिसहरूको रक्षा गर्छ, जो आफ्नो मार्गमा दोषरहित छन्, तर दुष्टताले पाप गर्नेहरूलाई पल्टाइदिन्छ ।
Vanhurskaus varjelee nuhteettomasti vaeltavan, mutta jumalattomuus syöksee syntisen kumoon.
7 कोही मानिस धनी भएजस्तो गर्छ, जब कि त्योसँग केही हुँदैन, र कसैले चाहिँ आफूसित भएको हरेक थोक दिन्छ, र पनि त्यो साँच्चै धनी हुन्छ ।
Toinen on olevinaan rikas, omistamatta mitään, toinen olevinaan köyhä, vaikka on tavaraa paljon.
8 धनी मानिसको जीवनको छुटकारा उसको सम्पत्ति हो, तर गरिब मानिसले धम्की सुन्नुपर्दैन ।
Rikkautensa saa mies antaa henkensä lunnaiksi, mutta köyhän ei tarvitse uhkauksia kuunnella.
9 धर्मात्माको बत्ती बलिरहन्छ, तर दुष्टको बत्ती निभाइने छ ।
Vanhurskasten valo loistaa iloisesti, mutta jumalattomien lamppu sammuu.
10 घमण्डले केवल द्वन्द्व निम्त्याउँछ, तर असल सल्लाह सुन्नेसित बुद्धि हुन्छ ।
Ylpeys tuottaa pelkkää toraa, mutta jotka ottavat neuvon varteen, niillä on viisaus.
11 बेइमानीसित कमाएको धनको महत्त्व घट्दै जान्छ, तर आफ्नो हातले परिश्रम गरेर कमाएको धन बढ्दै जान्छ ।
Tyhjällä saatu tavara vähenee, mutta joka vähin erin kokoaa, se saa karttumaan.
12 आशालाई स्थगित गरिँदा यसले हृदय छिया-छिया पार्छ, तर पुरा भएको तृष्णा जीवनको रुख हो ।
Pitkä odotus tekee sydämen sairaaksi, mutta täyttynyt halu on elämän puu.
13 अर्तीलाई तुच्छ ठान्नेले आफैमा विनाश ल्याउँछ, तर आज्ञालाई आदर गर्नेलाई इनाम दिइने छ ।
Joka sanaa halveksii, joutuu sanan pantiksi; mutta joka käskyä pelkää, saa palkan.
14 बुद्धिमान् मानिसको शिक्षा जीवनको फुहारा हो, जसले तपाईंलाई मृत्युका जालहरूबाट जोगाउँछ ।
Viisaan opetus on elämän lähde kuoleman paulain välttämiseksi.
15 असल अन्तर्दृष्टिले स्नेह प्राप्त गर्छ, तर विश्वासघातिको चाल कहिल्यै टुङ्गोमा आउँदैन ।
Hyvä ymmärrys tuottaa suosiota, mutta uskottomien tie on koleikkoa.
16 समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ ।
Jokainen mielevä toimii taitavasti, mutta tyhmä levittää hulluutta.
17 दुष्ट दूत सङ्कष्टमा फस्छ, तर विश्वासयोग्य दूतले मिलाप ल्याउँछ ।
Jumalaton sanansaattaja suistuu turmioon, mutta uskollinen lähetti on kuin lääke.
18 अर्तीलाई बेवास्ता गर्नेले गरिबी र लाज पाउने छ, तर सुधारबाट सिक्ने जनमा आदर आउने छ ।
Köyhyys ja häpeä kuritusta vierovalle, kunnia nuhdetta noudattavalle!
19 पुरा भएको इच्छा भोकको लागि मिठो हुन्छ, तर मूर्खहरू आफ्नो दुष्टताबाट फर्कन मन पराउँदैनन् ।
Tyydytetty halu on sielulle suloinen, pahan karttaminen tyhmille kauhistus.
20 बुद्धिमान् मानिसहरूसित हिँड र तिमी पनि बुद्धिमान् हुने छौ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्ने छ ।
Vaella viisasten kanssa, niin viisastut; tyhmäin seuratoverin käy pahoin.
21 विपत्तिले पापीहरूलाई खेद्ने छ, तर धर्मी मानिसले भलाइको इनाम पाउने छ ।
Syntisiä vainoaa onnettomuus, mutta vanhurskaat saavat onnen palkakseen.
22 असल व्यक्तिले आफ्ना नाति-नातिनाहरूका निम्ति पैतृक-सम्पत्ति छाड्छ, तर पापीको सम्पत्ति धर्मी व्यक्तिको लागि सञ्चय गरिन्छ ।
Hyvä jättää perinnön lastensa lapsillekin, mutta syntisen tavara talletetaan vanhurskaalle.
23 गरिब मानिसको नजोतिएको खेतबारीले प्रशस्तै अन्न उब्जाउला, तर अन्यायले त्यसलाई खोसेर लैजान्छ ।
Köyhien uudiskyntö antaa runsaan ruuan; mutta moni tuhoutuu, joka ei oikeudessa pysy.
24 आफ्नो छोरोलाई अनुशासनमा नराख्नेले उसलाई घृणा गर्छ, तर आफ्नो छोरोलाई प्रेम गर्नेले उसलाई होसियारीसाथ अर्ती दिन्छ ।
Joka vitsaa säästää, se vihaa lastaan; mutta joka häntä rakastaa, se häntä ajoissa kurittaa.
25 आफ्नो भोक तृप्त नभएसम्म धर्मात्माले खान्छ, तर दुष्टको पेट सधैँ भोकभोकै हुन्छ ।
Vanhurskas saa syödä kylläksensä, mutta jumalattomain vatsa jää vajaaksi.