< हितोपदेश 12 >
1 अनुशासनलाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्दछ, तर सुधारलाई घृणा गर्नेचाहिँ अबुझ हो ।
Whoso loveth discipline loveth knowledge, but he that hateth reproof is brutish.
2 परमप्रभुले असल मानिसलाई स्नेह देखाउनुहुन्छ, तर दुष्ट योजनाहरू रच्ने मानिसलाई उहाँले दोषी ठहराउनुहुन्छ ।
A good [man] obtaineth favour of Jehovah; but a man of mischievous devices will he condemn.
3 दुष्टताद्वारा मानिस स्थापित हुन सक्दैन, तर धर्मी मानिसहरूलाई जरैदेखि उखेल्न सकिँदैन ।
A man shall not be established by wickedness; but the root of the righteous shall not be moved.
4 चरित्रवान् पत्नी आफ्नो पतिको मुकुट हो, तर लाज ल्याउने पत्नीचाहिँ आफ्नो हड्डी सडाउने रोगजस्तै हो ।
A woman of worth is a crown to her husband; but she that maketh ashamed is as rottenness in his bones.
5 धर्मीका योजनाहरू न्यायपूर्ण हुन्छन्, तर दुष्टको सल्लाह छलपूर्ण हुन्छ ।
The thoughts of the righteous are right; the counsels of the wicked are deceit.
6 दुष्ट मानिसका वचनहरू हत्या गर्ने मौकाको प्रतीक्षा गर्ने पासो हुन्, तर धर्मीहरूका वचनहरूले तिनीहरूलाई सुरक्षित राख्छन् ।
The words of the wicked are a lying-in-wait for blood; but the mouth of the upright shall deliver them.
7 दुष्ट मानिसहरू फालिन्छन्, र तिनीहरू रहँदैनन्, तर धर्मी मानिसहरूको घर खड रहने छ ।
Overthrow the wicked, and they are no [more]; but the house of the righteous shall stand.
8 मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर टेडो रोजाइ गर्नेचाहिँ तुच्छ ठानिन्छ ।
A man is commended according to his wisdom; but he that is of a perverted heart shall be despised.
9 आफ्नो प्रतिष्ठाबारे घमण्ड गरेर भोजन नहुनुभन्दा बरु नोकर भएर महत्वहीन पदमा बस्नु बेस हो ।
Better is he that is lightly esteemed, and hath a servant, than he that honoureth himself, and lacketh bread.
10 धर्मात्माले आफ्नो पशुका आवश्यकताहरूको वास्ता गर्छ, तर दुष्टको दया पनि क्रुर हुन्छ ।
A righteous man is concerned for the life of his beast; but the tender mercies of the wicked are cruel.
11 आफ्नो खेतबारी खनजोत गर्नेले प्रशस्त अन्न उब्जाउने छ, तर बेकामको कामको पछि कुद्नेचाहिँ बेसमझको हुन्छ ।
He that tilleth his land shall be satisfied with bread; but he that followeth the worthless is void of understanding.
12 दुष्टले खराब मानिसहरूले अरूबाट चोरेको वस्तुको इच्छा गर्छ, तर धर्मी मानिसहरूको फल तिनीहरू आफैबाट आउँछ ।
The wicked desireth the net of evil [men]; but the root of the righteous yieldeth [fruit].
13 दुष्ट व्यक्ति त्यसकै खराब बोलीवचनबाट पासोमा पर्छ, तर धर्मी व्यक्तिचाहिँ सङ्कष्टबाट उम्कन्छ ।
In the transgression of the lips is an evil snare; but a righteous [man] shall go forth out of trouble.
14 जसरी आफ्नो हातको कामले मानिसलाई इनाम दिन्छ, त्यसै गरी आफ्नै वचनको फलबाट ऊ असल थोकहरूले भरिन्छ ।
A man is satisfied with good by the fruit of his mouth; and the recompense of a man's hands shall be rendered unto him.
15 मूर्खको बाटो त्यसको आफ्नै दृष्टिमा ठिक हुन्छ, तर बुद्धिमान् मानिसले सरसल्लाह सुन्छ ।
The way of a fool is right in his own eyes; but he that is wise hearkeneth unto counsel.
16 मूर्खले आफ्नो रिस तुरुन्तै देखाउँछ, तर अपमानलाई बेवास्ता गर्नेचाहिँ विवेकी मानिस हो ।
The vexation of the fool is presently known; but a prudent [man] covereth shame.
17 सत्य बोल्नेले ठिक कुरा बोल्छ, तर झुटो साक्षीले झुटो कुरा बोल्छ ।
He that uttereth truth sheweth forth righteousness; but a false witness deceit.
18 असावधानसाथ बोल्नेका वचनहरू तरवारको घोचाइझैँ हुन्छन्, तर बुद्धिमान्को बोलीले चङ्गाइ ल्याउँछ ।
There is that babbleth like the piercings of a sword; but the tongue of the wise is health.
19 सत्य बोल्ने ओठ सधैँभरि रहिरहन्छ, तर झुट बोल्ने जिब्रो केही क्षण मात्र टिक्छ ।
The lip of truth shall be established for ever; but a lying tongue is but for a moment.
20 खराबी गर्ने योजना बनाउनेहरूको हृदयमा छल हुन्छ, तर शान्तिका परामर्शदाताहरूमा आनन्द आउँछ ।
Deceit is in the heart of them that devise evil; but to the counsellors of peace is joy.
21 धर्मात्मामाथि कुनै हानि आइपर्दैन, तर दुष्टचाहिँ कठिनाइहरूले भरिएको हुन्छ ।
There shall no evil happen to a righteous [man]; but the wicked shall be filled with mischief.
22 परमप्रभुले झुट बोल्ने ओठलाई घृणा गर्नुहुन्छ, तर विश्वासयोग्यसाथ जिउनेहरू उहाँका आनन्द हुन् ।
Lying lips are an abomination to Jehovah; but they that deal truly are his delight.
23 विवेकशील मानिसले आफ्नो ज्ञान लुकाएर राख्छ, तर मूर्खहरूको हृदयले मूर्खता प्रकट गर्छ ।
A prudent man concealeth knowledge; but the heart of the foolish proclaimeth folly.
24 परिश्रमीको हातले शासन गर्ने छ, तर अल्छे मानिसलाई जबरजस्ती काम लगाइने छ ।
The hand of the diligent shall bear rule; but the slothful [hand] shall be under tribute.
25 मानिसको हृदयमा भएको चिन्ताले उसलाई कमजोर तुल्याउँछ, तर असल वचनले उसलाई प्रसन्न पार्छ ।
Heaviness in the heart of man maketh it stoop; but a good word maketh it glad.
26 धर्मात्मा उसको मित्रको लागि पथ-प्रदर्शक हो, तर दुष्टहरूको चालले तिनीहरूलाई बरालिदिन्छ ।
The righteous guideth his neighbour; but the way of the wicked misleadeth them.
27 अल्छे मानिसले आफ्नो सिकार फेला पार्दैन, तर परिश्रमी मानिसले बहुमूल्य सम्पत्ति पाउने छ ।
The slothful roasteth not what he took in hunting; but man's precious substance is to the diligent.
28 ठिक मार्गमा हिँड्नेहरूले जीवन पाउने छ, र त्यस मार्गमा मृत्यु हुँदैन ।
In the path of righteousness is life, and in the pathway thereof there is no death.