< हितोपदेश 11 >
1 बेठिक तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठिक तौलमा उहाँ आनन्द मनाउनुहुन्छ ।
Balança enganosa é abominação ao Senhor, mas o peso justo o seu prazer.
2 जब घमण्ड आउँछ, तब अपमान आउँछ, तर विनम्रतासित बुद्धि आउँछ ।
Vinda a soberba, virá tambem a affronta; mas com os humildes está a sabedoria.
3 सोझाहरूको निष्ठाले तिनीहरूलाई अगुवाइ गर्छ, तर विश्वासघातीहरूका टेडा मार्गहरूले तिनीहरूलाई नष्ट गर्छन् ।
A sinceridade dos sinceros os encaminhará, mas a perversidade dos aleives os destruirá.
4 क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ, तर ठिक गर्नाले मृत्युबाट जोगाउँछ ।
Não aproveitam as riquezas no dia da indignação, mas a justiça livra da morte.
5 खोटरहित व्यक्तिको ठिक आचरणले उसको मार्ग सिधा बनाउँछ, तर दुष्टहरूको दुष्टताको कारण तिनीहरूको पतन हुने छ ।
A justiça do sincero endireitará o seu caminho, mas o impio pela sua impiedade cairá.
6 परमेश्वरलाई खुसी पार्नेहरूको ठिक आचरणले तिनीहरूलाई सुरक्षित राख्छन्, तर विश्वासघातीहरू तिनीहरूकै अभिलाषाद्वारा पासोमा पर्छन् ।
A justiça dos virtuosos os livrará, mas na sua perversidade serão apanhados os iniquos.
7 दुष्ट मानिस मर्दा त्यसको आशा नष्ट हुन्छ, र त्यसको शक्तिमा भएको आशा निरर्थक हुन्छ ।
Morrendo o homem impio perece a sua expectação, e a esperança dos injustos se perde.
8 धर्मात्मा सङ्कष्टबाट बचाइन्छ, र त्यसको साटो यो दुष्टमाथि आइपर्छ ।
O justo é livre da angustia, e o impio vemem seu logar.
9 ईश्वरहीन व्यक्तिले आफ्नो मुखले त्यसको छिमेकीलाई नष्ट गर्छ, तर धर्मी मानिसहरू ज्ञानद्वारा सुरक्षित हुन्छन् ।
O hypocrita com a bocca destroe ao seu companheiro, mas os justos são livres pelo conhecimento.
10 धर्मी मानिसहरूले उन्नति गर्दा सहर नै रमाउँछ, तर दुष्टहरू नष्ट हुँदा रमाहट हुन्छ ।
No bem dos justos exulta a cidade; e, perecendo os impios, ha jubilo.
11 परमेश्वरलाई खुसी पार्नेहरूका असल उपहारहरूद्वारा सहर महान् हुन्छ, तर दुष्टहरूको मुखद्वारा सहर भताभुङ्ग हुन्छ ।
Pela benção dos sinceros se exalta a cidade, mas pela bocca dos impios se derriba.
12 आफ्नो साथीलाई तिरस्कार गर्ने मानिस बेसमझको हुन्छ, तर समझशक्ति भएको मानिस चुप लागेर बस्छ ।
O que carece de entendimento despreza a seu companheiro, mas o homem bem entendido cala-se.
13 चारैतिर बदख्याइँ गर्दै हिँड्नेले गोप्य कुराहरू प्रकट गर्छ, तर विश्वासयोग्य व्यक्तिले विषयलाई लुकाएर राख्छ ।
O que anda praguejando descobre o segredo, mas o fiel de espirito encobre o negocio.
14 बुद्धिमान् निर्देशन नहुँदा देशको पतन हुन्छ, तर धेरै परामर्शदाताहरूको कारण विजय आउँछ ।
Não havendo sabios conselhos, o povo cae, mas na multidão de conselheiros ha segurança.
15 परदेशीको लागि ऋणको जमानी बस्नेले निश्चय नै हानि भोग्ने छ, तर त्यस किसिमको प्रतिज्ञामा जमानीलाई इन्कार गर्ने सुरक्षित हुन्छ ।
Decerto soffrerá severamente aquelle que fica por fiador do estranho, mas o que aborrece aos que dão as mãos estará seguro.
16 अनुग्रही स्त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन-सम्पत्ति कमाउँछन् ।
A mulher aprazivel guarda a honra, como os violentos guardam as riquezas.
17 दयाले व्यक्तिले आफैमा लाभ ल्याउँछ, तर क्रुर व्यक्तिले आफैलाई चोट पुर्याउँछ ।
O homem benigno faz bem á sua propria alma, mas o cruel perturba a sua propria carne.
18 दुष्ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ ।
O impio faz obra falsa, mas para o que semeia justiça haverá galardão fiel.
19 ठिक कुरो गर्ने इमानदार व्यक्ति जिउने छ, तर खराबीको पिछा गर्नेचाहिँ मर्ने छ ।
Como a justiça encaminha para a vida, assim o que segue o mal vae para a sua morte.
20 कुटिल हृदय भएकाहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ, तर खोटरहित चाल भएकाहरूसित उहाँ आनन्द मनाउनुहुन्छ ।
Abominação são ao Senhor os perversos de coração, mas os sinceros de caminho são o seu deleite.
21 यो कुरो निश्चित छ, कि दुष्ट व्यक्ति दण्डविना उम्कने छैन, तर धर्मी मानिसहरूका सन्तानहरू सुरक्षित रहने छन् ।
Ainda que o mau junte mão á mão, não será inculpavel, mas a semente dos justos escapará.
22 विवेकहीन सुन्दरी स्त्री सुँगुरको नाकमा सुनको नत्थजस्तै हो ।
Como joia de oiro na tromba da porca, assim é a mulher formosa, que se aparta da razão.
23 धर्मी मानिसहरूका इच्छाले असल नतिजामा पुर्याउँछ, तर दुष्ट मानिसहरूले केवल क्रोधको अपेक्षा गर्न सक्छन् ।
O desejo dos justos tão sómente é o bem, mas a esperança dos impios é a indignação.
24 जसले छर्छ, त्यसले धेरै बटुल्ने छ । जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ ।
Alguns ha que espalham, e ainda se lhes accrescenta mais, e outros que reteem mais do que é justo, mas é para a sua perda.
25 उदार व्यक्तिको उन्नति हुने छ, र अरूलाई पानी दिने व्यक्ति आफैले पानी पाउने छ ।
A alma abençoante engordará, e o que regar, elle tambem será regado.
26 अन्न बेच्न इन्कार गर्ने व्यक्तिलाई मानिसहरूले सराप्छन्, तर यसलाई बेच्नेको शिरमा असल उपहारहरूको मुकुट हुने छ ।
Ao que retem o trigo o povo amaldiçoa, mas benção haverá sobre a cabeça do vendedor:
27 परिश्रमसाथ भलाइको खोजी गर्नेले स्नेहको पनि खोजी गरिरहेको हुन्छ, तर खराबीको खोजी गर्नेले त्यही पाउने छ ।
O que busca cedo o bem busca favor, porém o que procura o mal a esse lhe sobrevirá.
28 आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुने छ, तर धर्मी मानिसहरू पातझैँ मौलाउने छन् ।
Aquelle que confia nas suas riquezas cairá, mas os justos reverdecerão como a rama.
29 आफ्नै घरानामाथि सङ्कष्ट ल्याउनेको भाग बतास हुने छ, र मूर्खचाहिँ बुद्धिमान्को नोकर हुने छ ।
O que perturba a sua casa herdará o vento, e o tolo será servo do entendido de coração.
30 धर्मात्मा जीवनको रुखझैँ हुने छ, तर हिंसाले जीवन लिन्छ ।
O fructo do justo é arvore de vida, e o que ganha almas sabio é.
31 धर्मात्माले आफ्नो प्रतिफल पाउँछ भने दुष्ट र पापीले झन् कति बढी पाउलान्!
Eis que o justo é recompensado na terra; quanto mais o será o impio e o peccador.