< हितोपदेश 11 >

1 बेठिक तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठिक तौलमा उहाँ आनन्द मनाउनुहुन्छ ।
偽りのはかりは主に憎まれ、正しいふんどうは彼に喜ばれる。
2 जब घमण्ड आउँछ, तब अपमान आउँछ, तर विनम्रतासित बुद्धि आउँछ ।
高ぶりが来れば、恥もまた来る、へりくだる者には知恵がある。
3 सोझाहरूको निष्‍ठाले तिनीहरूलाई अगुवाइ गर्छ, तर विश्‍वासघातीहरूका टेडा मार्गहरूले तिनीहरूलाई नष्‍ट गर्छन् ।
正しい者の誠実はその人を導き、不信実な者のよこしまはその人を滅ぼす。
4 क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ, तर ठिक गर्नाले मृत्युबाट जोगाउँछ ।
宝は怒りの日に益なく、正義は人を救い出して、死を免れさせる。
5 खोटरहित व्यक्तिको ठिक आचरणले उसको मार्ग सिधा बनाउँछ, तर दुष्‍टहरूको दुष्‍टताको कारण तिनीहरूको पतन हुने छ ।
誠実な者は、その正義によって、その道をまっすぐにせられ、悪しき者は、その悪によって倒れる。
6 परमेश्‍वरलाई खुसी पार्नेहरूको ठिक आचरणले तिनीहरूलाई सुरक्षित राख्छन्, तर विश्‍वासघातीहरू तिनीहरूकै अभिलाषाद्वारा पासोमा पर्छन् ।
正しい者はその正義によって救われ、不信実な者は自分の欲によって捕えられる。
7 दुष्‍ट मानिस मर्दा त्यसको आशा नष्‍ट हुन्छ, र त्यसको शक्तिमा भएको आशा निरर्थक हुन्छ ।
悪しき者は死ぬとき、その望みは絶え、不信心な者の望みもまた絶える。
8 धर्मात्मा सङ्कष्‍टबाट बचाइन्छ, र त्यसको साटो यो दुष्‍टमाथि आइपर्छ ।
正しい者は、悩みから救われ、悪しき者は代ってそれに陥る。
9 ईश्‍वरहीन व्यक्तिले आफ्नो मुखले त्यसको छिमेकीलाई नष्‍ट गर्छ, तर धर्मी मानिसहरू ज्ञानद्वारा सुरक्षित हुन्छन् ।
不信心な者はその口をもって隣り人を滅ぼす、正しい者は知識によって救われる。
10 धर्मी मानिसहरूले उन्‍नति गर्दा सहर नै रमाउँछ, तर दुष्‍टहरू नष्‍ट हुँदा रमाहट हुन्छ ।
正しい者が、しあわせになれば、その町は喜び、悪しき者が滅びると、喜びの声がおこる。
11 परमेश्‍वरलाई खुसी पार्नेहरूका असल उपहारहरूद्वारा सहर महान् हुन्छ, तर दुष्‍टहरूको मुखद्वारा सहर भताभुङ्ग हुन्छ ।
町は正しい者の祝福によって、高くあげられ、悪しき者の口によって、滅ぼされる。
12 आफ्नो साथीलाई तिरस्कार गर्ने मानिस बेसमझको हुन्छ, तर समझशक्ति भएको मानिस चुप लागेर बस्छ ।
隣り人を侮る者は知恵がない、さとき人は口をつぐむ。
13 चारैतिर बदख्याइँ गर्दै हिँड्नेले गोप्य कुराहरू प्रकट गर्छ, तर विश्‍वासयोग्य व्यक्तिले विषयलाई लुकाएर राख्छ ।
人のよしあしを言いあるく者は秘密をもらす、心の忠信なる者は事を隠す。
14 बुद्धिमान् निर्देशन नहुँदा देशको पतन हुन्छ, तर धेरै परामर्शदाताहरूको कारण विजय आउँछ ।
指導者がなければ民は倒れ、助言者が多ければ安全である。
15 परदेशीको लागि ऋणको जमानी बस्‍नेले निश्‍चय नै हानि भोग्‍ने छ, तर त्यस किसिमको प्रतिज्ञामा जमानीलाई इन्कार गर्ने सुरक्षित हुन्छ ।
他人のために保証をする者は苦しみをうけ、保証をきらう者は安全である。
16 अनुग्रही स्‍त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन-सम्पत्ति कमाउँछन् ।
しとやかな女は、誉を得、強暴な男は富を得る。
17 दयाले व्यक्तिले आफैमा लाभ ल्याउँछ, तर क्रुर व्यक्तिले आफैलाई चोट पुर्‍याउँछ ।
いつくしみある者はおのれ自身に益を得、残忍な者はおのれの身をそこなう。
18 दुष्‍ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ ।
悪しき者の得る報いはむなしく、正義を播く者は確かな報いを得る。
19 ठिक कुरो गर्ने इमानदार व्यक्ति जिउने छ, तर खराबीको पिछा गर्नेचाहिँ मर्ने छ ।
正義を堅く保つ者は命に至り、悪を追い求める者は死を招く。
20 कुटिल हृदय भएकाहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ, तर खोटरहित चाल भएकाहरूसित उहाँ आनन्द मनाउनुहुन्छ ।
心のねじけた者は主に憎まれ、まっすぐに道を歩む者は彼に喜ばれる。
21 यो कुरो निश्‍चित छ, कि दुष्‍ट व्यक्ति दण्डविना उम्कने छैन, तर धर्मी मानिसहरूका सन्तानहरू सुरक्षित रहने छन् ।
確かに、悪人は罰を免れない、しかし正しい人は救を得る。
22 विवेकहीन सुन्दरी स्‍त्री सुँगुरको नाकमा सुनको नत्थजस्तै हो ।
美しい女の慎みがないのは、金の輪の、ぶたの鼻にあるようだ。
23 धर्मी मानिसहरूका इच्छाले असल नतिजामा पुर्‍याउँछ, तर दुष्‍ट मानिसहरूले केवल क्रोधको अपेक्षा गर्न सक्छन् ।
正しい者の願いは、すべて良い結果を得、悪しき者の望みは怒りに至る。
24 जसले छर्छ, त्यसले धेरै बटुल्ने छ । जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ ।
施し散らして、なお富を増す人があり、与えるべきものを惜しんで、かえって貧しくなる者がある。
25 उदार व्यक्तिको उन्‍नति हुने छ, र अरूलाई पानी दिने व्यक्ति आफैले पानी पाउने छ ।
物惜しみしない者は富み、人を潤す者は自分も潤される。
26 अन्‍न बेच्न इन्कार गर्ने व्यक्तिलाई मानिसहरूले सराप्छन्, तर यसलाई बेच्नेको शिरमा असल उपहारहरूको मुकुट हुने छ ।
穀物を、しまい込んで売らない者は民にのろわれる、それを売る者のこうべには祝福がある。
27 परिश्रमसाथ भलाइको खोजी गर्नेले स्‍नेहको पनि खोजी गरिरहेको हुन्छ, तर खराबीको खोजी गर्नेले त्यही पाउने छ ।
善を求める者は恵みを得る、悪を求める者には悪が来る。
28 आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुने छ, तर धर्मी मानिसहरू पातझैँ मौलाउने छन् ।
自分の富を頼む者は衰える、正しい者は木の青葉のように栄える。
29 आफ्नै घरानामाथि सङ्कष्‍ट ल्याउनेको भाग बतास हुने छ, र मूर्खचाहिँ बुद्धिमान्‌को नोकर हुने छ ।
自分の家族を苦しめる者は風を所有とする、愚かな者は心のさとき者のしもべとなる。
30 धर्मात्मा जीवनको रुखझैँ हुने छ, तर हिंसाले जीवन लिन्छ ।
正しい者の結ぶ実は命の木である、不法な者は人の命をとる。
31 धर्मात्माले आफ्नो प्रतिफल पाउँछ भने दुष्‍ट र पापीले झन् कति बढी पाउलान्!
もし正しい者がこの世で罰せられるならば、悪しき者と罪びととは、なおさらである。

< हितोपदेश 11 >