< हितोपदेश 11 >
1 बेठिक तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठिक तौलमा उहाँ आनन्द मनाउनुहुन्छ ।
Ubangiji yana ƙyamar ma’aunan zamba, amma ma’aunin da suke daidai ne abin farin cikinsa.
2 जब घमण्ड आउँछ, तब अपमान आउँछ, तर विनम्रतासित बुद्धि आउँछ ।
Sa’ad da girman kai ya zo, sai shan kunya ta zo, amma hikima kan zo tare da ƙasƙantar da kai.
3 सोझाहरूको निष्ठाले तिनीहरूलाई अगुवाइ गर्छ, तर विश्वासघातीहरूका टेडा मार्गहरूले तिनीहरूलाई नष्ट गर्छन् ।
Mutuncin masu aikata gaskiya takan bi da su, amma marasa aminci sukan hallaka ta wurin cin amanar da suke yi.
4 क्रोधको दिनमा धन-सम्पत्ति बेकामको हुन्छ, तर ठिक गर्नाले मृत्युबाट जोगाउँछ ।
Dukiya ba ta da amfani a ranar fushi, amma adalci kan yi ceto daga mutuwa.
5 खोटरहित व्यक्तिको ठिक आचरणले उसको मार्ग सिधा बनाउँछ, तर दुष्टहरूको दुष्टताको कारण तिनीहरूको पतन हुने छ ।
Adalcin marasa laifi kan miƙe hanyarsu, amma akan ƙasƙantar da mugaye ta wurin muguntarsu.
6 परमेश्वरलाई खुसी पार्नेहरूको ठिक आचरणले तिनीहरूलाई सुरक्षित राख्छन्, तर विश्वासघातीहरू तिनीहरूकै अभिलाषाद्वारा पासोमा पर्छन् ।
Adalcin masu aikata gaskiya kan cece su, amma rashin aminci tarko ne ga mugayen sha’awace-sha’awace.
7 दुष्ट मानिस मर्दा त्यसको आशा नष्ट हुन्छ, र त्यसको शक्तिमा भएको आशा निरर्थक हुन्छ ।
Sa’ad da mugu ya mutu, sa zuciyarsa kan hallaka; dukan abin da ya sa zuciya daga ikonsa ba ya amfana kome.
8 धर्मात्मा सङ्कष्टबाट बचाइन्छ, र त्यसको साटो यो दुष्टमाथि आइपर्छ ।
Akan kuɓutar da mai adalci daga wahala, sai ta dawo wa mugu a maimako.
9 ईश्वरहीन व्यक्तिले आफ्नो मुखले त्यसको छिमेकीलाई नष्ट गर्छ, तर धर्मी मानिसहरू ज्ञानद्वारा सुरक्षित हुन्छन् ।
Da bakinsa marar sanin Allah kan hallaka maƙwabcinsa, amma ta wurin sani mai adalci kan kuɓuta.
10 धर्मी मानिसहरूले उन्नति गर्दा सहर नै रमाउँछ, तर दुष्टहरू नष्ट हुँदा रमाहट हुन्छ ।
Sa’ad da adali ya yi nasara, birnin kan yi farin ciki; sa’ad da mugu ya hallaka, akwai sowa ta farin ciki.
11 परमेश्वरलाई खुसी पार्नेहरूका असल उपहारहरूद्वारा सहर महान् हुन्छ, तर दुष्टहरूको मुखद्वारा सहर भताभुङ्ग हुन्छ ।
Ta wurin albarkar mai aikata gaskiya birni kan ƙasaita, amma ta wurin bakin mugu akan hallaka birnin.
12 आफ्नो साथीलाई तिरस्कार गर्ने मानिस बेसमझको हुन्छ, तर समझशक्ति भएको मानिस चुप लागेर बस्छ ।
Mutum da ba shi da azanci kan ki maƙwabci, amma mutum mai fahimi kan ƙame harshensa.
13 चारैतिर बदख्याइँ गर्दै हिँड्नेले गोप्य कुराहरू प्रकट गर्छ, तर विश्वासयोग्य व्यक्तिले विषयलाई लुकाएर राख्छ ।
Gulma yakan lalace yarda, amma mutum mai aminci kan kiyaye asiri.
14 बुद्धिमान् निर्देशन नहुँदा देशको पतन हुन्छ, तर धेरै परामर्शदाताहरूको कारण विजय आउँछ ।
Saboda rashin jagora al’umma takan fāɗi, amma masu ba da shawara da yawa kan tabbatar da nasara.
15 परदेशीको लागि ऋणको जमानी बस्नेले निश्चय नै हानि भोग्ने छ, तर त्यस किसिमको प्रतिज्ञामा जमानीलाई इन्कार गर्ने सुरक्षित हुन्छ ।
Duk wanda ya ɗauki lamunin wani tabbatacce zai sha wahala, amma duk wanda ya ƙi ya sa hannu a ɗaukar lamuni ba ruwansa.
16 अनुग्रही स्त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन-सम्पत्ति कमाउँछन् ।
Mace mai hankali na samu bangirma, amma azzalumai za su sami dukiya.
17 दयाले व्यक्तिले आफैमा लाभ ल्याउँछ, तर क्रुर व्यक्तिले आफैलाई चोट पुर्याउँछ ।
Mutumin kirki kan ribance kansa, amma mugu kan kawo wa kansa wahala.
18 दुष्ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ ।
Mugun mutum kan sami albashin ƙarya amma shi da ya shuka adalci zai girbe lada tabbatacce.
19 ठिक कुरो गर्ने इमानदार व्यक्ति जिउने छ, तर खराबीको पिछा गर्नेचाहिँ मर्ने छ ।
Mutum mai adalci da gaske yakan sami rai, amma shi da ya duƙufa ga aikata mugunta kan tarar da mutuwarsa.
20 कुटिल हृदय भएकाहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ, तर खोटरहित चाल भएकाहरूसित उहाँ आनन्द मनाउनुहुन्छ ।
Ubangiji yana ƙyamar mutane masu muguwar zuciya amma yana jin daɗin waɗanda hanyoyinsu ba su da laifi.
21 यो कुरो निश्चित छ, कि दुष्ट व्यक्ति दण्डविना उम्कने छैन, तर धर्मी मानिसहरूका सन्तानहरू सुरक्षित रहने छन् ।
Ka tabbata da wannan. Mugaye ba za su tafi babu hukunci ba, amma waɗanda suke masu adalci za su tafi babu hukunci.
22 विवेकहीन सुन्दरी स्त्री सुँगुरको नाकमा सुनको नत्थजस्तै हो ।
Kamar zinariya a hancin alade haka kyan mace wadda ba ta da hankali.
23 धर्मी मानिसहरूका इच्छाले असल नतिजामा पुर्याउँछ, तर दुष्ट मानिसहरूले केवल क्रोधको अपेक्षा गर्न सक्छन् ।
Sha’awar adalai kan ƙare kawai a aikata alheri, amma sa zuciyar mugaye kan ƙarasa kawai a fushi.
24 जसले छर्छ, त्यसले धेरै बटुल्ने छ । जसले दिनुपर्ने पनि समातेर राख्छ, त्यो दरिद्रतामा पर्छ ।
Wani mutum kan bayar hannu sake, duk da haka yakan sami fiye; wani yakan riƙe abin da ba nasa ba, amma sai ya ƙarasa cikin talauci.
25 उदार व्यक्तिको उन्नति हुने छ, र अरूलाई पानी दिने व्यक्ति आफैले पानी पाउने छ ।
Mutum mai kyauta zai azurta; shi da yakan taimake waɗansu, za a taimake shi.
26 अन्न बेच्न इन्कार गर्ने व्यक्तिलाई मानिसहरूले सराप्छन्, तर यसलाई बेच्नेको शिरमा असल उपहारहरूको मुकुट हुने छ ।
Mutane kan la’anci mai ɓoye hatsi yana jira ya yi tsada, amma albarka kan zauna a kan wanda yake niyya ya sayar.
27 परिश्रमसाथ भलाइको खोजी गर्नेले स्नेहको पनि खोजी गरिरहेको हुन्छ, तर खराबीको खोजी गर्नेले त्यही पाउने छ ।
Duk mai nema alheri kan sami alheri, amma mugu kan zo wa wanda yake nemansa.
28 आफ्ना धन-सम्पत्तिमाथि भरोसा गर्नेहरूको पतन हुने छ, तर धर्मी मानिसहरू पातझैँ मौलाउने छन् ।
Duk wanda ya dogara ga arzikinsa zai fāɗi, amma adali zai yi nasara kamar koren ganye.
29 आफ्नै घरानामाथि सङ्कष्ट ल्याउनेको भाग बतास हुने छ, र मूर्खचाहिँ बुद्धिमान्को नोकर हुने छ ।
Duk wanda ya kawo wahala wa iyalinsa zai gāji iska kawai, kuma wawa zai zama bawan masu hikima.
30 धर्मात्मा जीवनको रुखझैँ हुने छ, तर हिंसाले जीवन लिन्छ ।
’Ya’yan itacen adali itacen rai ne, kuma duk mai samun rayuka mai hikima ne.
31 धर्मात्माले आफ्नो प्रतिफल पाउँछ भने दुष्ट र पापीले झन् कति बढी पाउलान्!
In masu adalci sun sami abin da ya dace da su a duniya, yaya zai zama ga marasa sanin Allah da kuma masu zunubi!