< हितोपदेश 10 >
1 सोलोमनको हितोपदेश । बुद्धिमान् छोरोले आफ्नो बुबालाई खुसी तुल्याउँछ, तर मूर्ख छोरोले आफ्नी आमामा शोक ल्याउँछ ।
Proverbes de Salomon. L'enfant sage réjouit son père; mais l'enfant insensé est le chagrin de sa mère.
2 दुष्टताद्वारा जम्मा गरिएको धन-सम्पत्तिको कुनै मूल्य हुँदैन, तर ठिक गर्नाले तपाईंलाई मृत्युबाट जोगाउँछ ।
Les trésors de méchanceté ne profitent point; mais la justice délivre de la mort.
3 परमप्रभुले धर्मी व्यक्तिको प्राणलाई भोकै रहन दिनुहुन्न, तर उहाँले दुष्टको इच्छालाई निराश तुल्याइदिनुहुन्छ ।
L'Éternel ne permet pas que le juste souffre de la faim; mais il repousse l'avidité des méchants.
4 अल्छे हातले मानिसलाई गरिब बनाउँछ, तर परिश्रमी मानिसको हातले धन-सम्पत्ति आर्जन गर्छ ।
La main paresseuse appauvrit; mais la main des diligents enrichit.
5 बुद्धिमान् छोरोले ग्रिष्म ऋतुमा फसल जोहो गर्छ, तर कटनीको समयमा सुत्नेले अपमान ल्याउँछ ।
Celui qui amasse en été est un fils prudent; celui qui dort pendant la moisson est un fils qui fait honte.
6 परमेश्वरका उपहारहरू धर्मी व्यक्तिको शिरमा पर्छन्, तर दुष्टहरूको मुख हिंसाले ढाकिएको हुन्छ ।
Il y a des bénédictions sur la tête du juste; mais la violence fermera la bouche aux méchants.
7 धर्मी व्यक्तिलाई सम्झनेहरूलाई उसले खुसी तुल्याउँछ, तर दुष्टहरूको नामचाहिँ सडेर जाने छ ।
La mémoire du juste sera en bénédiction; mais le nom des méchants tombera en pourriture.
8 संवेदनशील हुनेहरूले आज्ञालाई स्वीकार गर्छन्, तर बकबके मूर्ख नष्ट हुने छ ।
Celui qui a le cœur sage, reçoit les avertissements; mais celui qui a les lèvres insensées, tombera.
9 निष्ठामा हिँड्ने सुरक्षामा हिँड्छ, तर आफ्ना मार्गहरूलाई टेडो बनाउने पक्राउमा पर्ने छ ।
Celui qui marche dans l'intégrité, marche en assurance; mais celui qui pervertit ses voies, sera découvert.
10 द्वेषपूर्ण आँखा झिम्क्याउनेले शोक निम्त्याउँछ, तर बकबके मूर्ख फ्याँकिने छ ।
Celui qui cligne de l'œil cause du trouble; et celui qui a les lèvres insensées, court à sa perte.
11 धर्मात्माको मुख जीवनको पानीको फुहारा हो, तर दुष्टहरूको मुखमा हिंसा लुकेको हुन्छ ।
La bouche du juste est une source de vie; mais la violence fermera la bouche aux méchants.
12 घृणाले द्वन्द्व निम्त्याउँछ, तर प्रेमले सबै कुकर्मलाई ढाकिदिन्छ ।
La haine excite les querelles; mais la charité couvre toutes les fautes.
13 बुद्धि विवेकशील व्यक्तिको ओठमा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको व्यक्तिको लागि हो ।
La sagesse se trouve sur les lèvres de l'homme sage; mais la verge est pour le dos de celui qui est dépourvu de sens.
14 बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्, तर मूर्खको मुखले विनाशलाई नजिक ल्याउँछ ।
Les sages tiennent la science en réserve; mais la bouche de l'insensé est une ruine prochaine.
15 धनी मानिसको सम्पत्ति उसको किल्लाबन्दी गरिएको सहर हो, तर गरिबहरूको गरिबी तिनीहरूको विनाश हो ।
Les biens du riche sont sa ville forte; mais la pauvreté des misérables est leur ruine.
16 धर्मी मानिसको ज्यालाले जीवनमा पुर्याउँछ, तर दुष्टहरूको लाभले पापमा पुर्याउँछ ।
L'œuvre du juste conduit à la vie; mais le fruit du méchant est le péché.
17 अनुशासनलाई पछ्याउनेको लागि जीवनको मार्ग छ, तर सुधारलाई इन्कार गर्ने कुबाटोमा लगिन्छ ।
Celui qui garde l'instruction, est dans le chemin de la vie; mais celui qui oublie la correction, s'égare.
18 घृणालाई लुकाउने जोसुकैसित छली जिब्रो हुन्छ, र बदख्याइँ फैलाउनेचाहिँ मूर्ख हो ।
Celui qui dissimule la haine a des lèvres trompeuses; et celui qui répand la calomnie, est un insensé.
19 जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो ।
Où il y a beaucoup de paroles, il ne manque pas d'y avoir du péché; mais celui qui retient ses lèvres est prudent.
20 धर्मी व्यक्तिको जिब्रो शुद्ध चाँदी हो, तर दुष्टहरूको हृदयमा थोरै मूल्य हुन्छ ।
La langue du juste est un argent de choix; mais le cœur des méchants vaut peu de chose.
21 धर्मी व्यक्तिको ओठले धेरैलाई तृप्त पार्छ, तर समझशक्तिको कमीको कारण मूर्खहरू मर्छन् ।
Les lèvres du juste nourrissent beaucoup d'hommes; mais les insensés mourront, faute de sens.
22 परमप्रभुका असल वरदानहरूले धन-सम्पत्ति ल्याउँछन्, र उहाँले त्यसमा दुःखकष्ट थप्नुहुन्न ।
C'est la bénédiction de l'Éternel qui enrichit, et il n'y joint aucune peine.
23 दुष्टता मूर्खले खेल्ने खेल हो, तर बुद्धि समझशक्ति भएको मानिसको लागि खुसी हो ।
Faire le mal est la joie de l'insensé; la sagesse est celle de l'homme prudent.
24 दुष्ट व्यक्तिको डरले त्यसलाई उछिन्ने छ, तर धर्मी व्यक्तिको इच्छा पुरा हुने छ ।
Ce que le méchant craint, lui arrivera; mais Dieu accordera aux justes ce qu'ils désirent.
25 दुष्टहरू बितिजाने आँधीबेहरीझैँ हुन्, र तिनीहरू रहँदैनन्, तर धर्मात्माचाहिँ सदा टिकिरहने जग हो ।
Comme le tourbillon passe, ainsi le méchant disparaît; mais le juste s'appuie sur un fondement éternel.
26 दाँतमा सिर्का र आँखामा धुवाँजस्तै अल्छे आफूलाई पठाउनेहरूका निम्ति त्यस्तै हुन्छ ।
Ce que le vinaigre est aux dents, et la fumée aux yeux, tel est le paresseux à ceux qui l'envoient.
27 परमप्रभुले भयले जीवनको आयु लम्ब्याउँछ, तर दुष्टको आयु छोटिने छ ।
La crainte de l'Éternel multiplie les jours; mais les années des méchants seront retranchées.
28 धर्मी मानिसहरूको आशा तिनीहरूको आनन्द हो, तर दुष्ट मानिसहरूको आयु छोटिने छ ।
L'espérance des justes est la joie; mais l'attente des méchants périra.
29 परमप्रभुको मार्गले निष्ठावान् मानिसहरूको रक्षा गर्छ, तर दुष्टको लागि यो विनाश हो ।
La voie de l'Éternel est la force de l'homme intègre; mais elle est la ruine des ouvriers d'iniquité.
30 धर्मात्मा कहिल्यै उखेलिने छैन, तर दुष्टचाहिँ पृथ्वी रहने छैन ।
Le juste ne sera jamais ébranlé; mais les méchants n'habiteront point sur la terre.
31 धर्मात्माको मुखबाट बुद्धिको फल निस्कन्छ, तर भड्काउने जिब्रो काटिने छ ।
La bouche du juste produira la sagesse; mais la langue perverse sera retranchée.
32 धर्मात्माको ओठले स्वीकारयोग्य कुरा जान्दछ, तर दुष्टको मुखले बाङ्गोटिङ्गो कुरा मात्र जान्दछ ।
Les lèvres du juste connaissent ce qui est agréable; mais la bouche des méchants n'est que perversité.