< हितोपदेश 1 >
1 दाऊदका छोरा इस्राएलका राजा सोलोमनको हितोपदेशः
These are the proverbs of Solomon son of David, king of Israel,
2 यी हितोपदेशहरू बुद्धि र निर्देशनक कुराहरू सिकाउन र अन्तर्दृष्टिका वचनहरू सिकाउनलाई हो,
for gaining wisdom and discipline, for comprehending words of insight,
3 ताकि जे ठिक, न्यायी र उचित छ त्यो गरेर बाँच्नलाई तिमीले निर्देशन प्राप्त गर्न सक ।
and for receiving instruction in wise living and in righteousness, justice, and equity.
4 यी हितोपदेशहरू सोझाहरूलाई बुद्धि दिन र युवाहरूलाई ज्ञान र समझदारी दिनलाई पनि हो ।
To impart prudence to the simple and knowledge and discretion to the young,
5 बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्,
let the wise listen and gain instruction, and the discerning acquire wise counsel
6 जसद्वारा तिनीहरूले हितोपदेशहरू, दृष्टान्तहरू, बुद्धिमानीहरूका वचनहरू र आहानहरू बुझून् ।
by understanding the proverbs and parables, the sayings and riddles of the wise.
7 परमप्रभुको भय नै ज्ञानको सुरु हो । मूर्खहरूले बुद्धि र निर्देशनलाई तुच्छ ठान्छ ।
The fear of the LORD is the beginning of knowledge, but fools despise wisdom and discipline.
8 हे मरो छोरो, आफ्नो छोरोको निर्देशन सुन्, र आफ्नी आमाका नियमहरूलाई पाखा नलगा ।
Listen, my son, to your father’s instruction, and do not forsake the teaching of your mother.
9 ती तेरो शिरमा अनुग्रहको माला हुने छन्, र तेरो गलामा सम्मानको हार हुने छन् ।
For they are a garland of grace on your head and a pendant around your neck.
10 हे मेरो छोरो, पापीहरूले तँलाई तिनीहरूकै पापमा बहकाउन खोजे भने, तिनीहरूको पछि नलाग् ।
My son, if sinners entice you, do not yield to them.
11 तिनीहरूले भन्लान्, “हामीसित आऊ । उक्तपातको लागि ढुकिबसौँ । विनाकारण लुकेर निर्दोष मानिसहरूलाई आक्रमण गरौँ ।
If they say, “Come along, let us lie in wait for blood, let us ambush the innocent without cause,
12 स्वस्थहरूलाई पातालले निलेझैँ तिनीहरूलाई जिउँदै निलौँ, र तिनीहरूलाई खाडलमा खस्नेहरूलाई झैँ गरौँ । (Sheol )
let us swallow them alive like Sheol, and whole like those descending into the Pit. (Sheol )
13 हामीले सबै किसिमका बहुमूल्य थोकहरू पाउने छौँ । तिनीहरूबाट हामीले चोरेका थोकहरूले हामी आफ्ना घरहरू भर्ने छौँ ।
We will find all manner of precious goods; we will fill our houses with plunder.
14 तिमी हामीसित साझेदार होऊ । हामी सबैको एउटै थैलो हुने छ ।”
Throw in your lot with us; let us all share one purse”—
15 हे मेरो छोरो, तिनीहरूसँग त्यस मार्गमा नचल । तिनीहरू हिँड्ने बाटोमा तेरा पाउलाई छुन नदे ।
my son, do not walk the road with them or set foot upon their path.
16 तिनीहरूका पाउ खराबीको लागि दौडन्छन्, र तिनीहरू रगत बगाउन हतारिन्छन् ।
For their feet run to evil, and they are swift to shed blood.
17 किनकि कुनै पनि पक्षीको दृष्टिमा जाल फ्याँक्नु बेकाम्मा हुन्छ ।
How futile it is to spread the net where any bird can see it!
18 यी मानिसहरू तिनीहरूको आफ्नै रगतको लागि ढुकिबस्छन् । तिनीहरूले आफ्नै ज्यानको लागि पासो थाप्छन् ।
But they lie in wait for their own blood; they ambush their own lives.
19 अन्यायद्वारा धन थुपार्ने हरेकका मार्गहरू पनि त्यस्तै हुन्छन् । अन्यायद्वारा कमाउनेहरूको जीवन त्यही धनले छिनेर लैजान्छ ।
Such is the fate of all who are greedy, whose unjust gain takes the lives of its possessors.
20 बुद्धि सडकमा चर्को गरी कराउँछ, र खुला ठाउँहरूमा त्यसले आफ्नो सोर उचाल्छ ।
Wisdom calls out in the street, she lifts her voice in the square;
21 होहल्लाले भरिएका सडकहरूको माथि त्यो कराउँछ, र सहरको मूल ढोकामा त्यसले भन्छ,
in the main concourse she cries aloud, at the city gates she makes her speech:
22 “हे निर्बुद्धि मानिसहरू हो, तिमीहरू कहिलेसम्म निर्बुद्धि भइरहन्छौ? हे गिल्ला गर्नेहरू हो, तिमीहरू कहिलेसम्म गिल्ला गर्नमा रमाउँछौ? र हे मूर्खहरू हो, तिमीहरू कहिलेसम्म ज्ञानलाई घृणा गर्छौ?
“How long, O simple ones, will you love your simple ways? How long will scoffers delight in their scorn and fools hate knowledge?
23 मेरो सुधारलाई ध्यान देओ । म तिमीहरूमाथि मेरा विचार खन्याइदिने छु । म तिमीहरूलाई मेरा वचनहरू ज्ञात गराइदिने छु ।
If you had repented at my rebuke, then surely I would have poured out my spirit on you; I would have made my words known to you.
24 मैले बोलाएको छु, तर तिमीहरूले सुन्न इन्कार गरेका छौ । मैले मेरा हात फैलाएँ, तर ध्यान दिने कोही थिएन ।
Because you refused my call, and no one took my outstretched hand,
25 तिमीहरूले मेरा सबै निर्देशनलाई बेवास्ता गरेका छौ, र मेरो सुधारलाई वास्तै गरेका छैनौ ।
because you neglected all my counsel, and wanted none of my correction,
26 तिमीहरूमाथि विपत्ति आइपर्दा म खिसी गर्ने छु; त्रास आउँदा म तिमीहरूलाई उपहास गर्ने छु-
in turn I will mock your calamity; I will sneer when terror strikes you,
27 जब तिमीहरूमाथि आँधीबेहरीझैँ डरलाग्दो त्रास आउने छ, र भुमरीझैँ विपत्ति तिमीहरूमाथि मडारिन्छ, र सङ्कष्ट र पीडा तिमीहरूमाथि आउँछन् ।
when your dread comes like a storm, and your destruction like a whirlwind, when distress and anguish overwhelm you.
28 तब तिनीहरूले मेरो पुकारा गर्ने छन्, तर मे जवाफ दिने छैनँ । तिनीहरूले मेरो औधी खोजी गर्ने छन्, तर मलाई भेट्टाउने छैनन् ।
Then they will call on me, but I will not answer; they will earnestly seek me, but will not find me.
29 तिनीहरूले ज्ञानलाई घृणा गर्ने भएकाले र परमप्रभुको भयलाई नरोजेकाले,
For they hated knowledge and chose not to fear the LORD.
30 तिनीहरूले मेरो निर्देशनलाई मानेनन्, र मेरो सुधारलाई तुच्छ ठाने ।
They accepted none of my counsel; they despised all my reproof.
31 तिनीहरूले तिनीहरूका चालको फल खाने छन्, र तिनीहरूका षड्यन्त्रको फलले तिनीहरू भरिने छन् ।
So they will eat the fruit of their own way, and be filled with their own devices.
32 किनकि निर्बुद्धिहरू फर्कंदा तिनीहरू मारिन्छन्, र मूर्खहरूको तटस्थताले तिनीहरूलाई नष्ट गर्ने छन् ।
For the waywardness of the simple will slay them, and the complacency of fools will destroy them.
33 तर मेरो कुरा सुन्ने सुरक्षामा जिउने छ, र कुनै पनि विपत्तिको डरैविना ढुक्कसित बस्ने छ ।”
But whoever listens to me will dwell in safety, secure from the fear of evil.”