< फिलिप्पी 1 >

1 ख्रीष्‍ट येशूका दासहरू पावल र तिमोथीबाट, फिलिप्‍पीमा भएका ख्रीष्‍ट येशूमा अलग गरिएकाहरू सबै, अनि बिशप र डिकनहरूलाई ।
Paulo na Timotheo atumwa ba yesu kristo, kwabalo babatengwile katika kristo baba tana filipi, pamope na babaangalia na mashemasi.
2 परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
Neema naibile kwinu na amani ya ibaka kwa nnongo tatebitu na nngwana witu yesu kristo.
3 हर समय तिमीहरूको सम्झना गर्दा, म मेरा परमेश्‍वरलाई धन्यवाद दिन्छु ।
nimshukuru nnongo kila panin kombokya mwenga mwabote.
4 तिमीहरू सबैका निम्ति मेरो हरेक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु ।
Mara yote katika kila loba kwanga kwaajili yinu mwenga mwabote. Nenda pulaikaga panimobyaga.
5 पहिलो दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूको सहभागिताको लागि म धन्यवाद दिन्छु ।
Ninashukrani yambone kwa sababu ya ushirika winu katika injili tango masobagakwanza mpaka leno.
6 म यो कुरामा निश्‍चित छु, कि तिमीहरूमा यो असल कामलाई प्रारम्भ गर्नुहुनेले येशू ख्रीष्‍टको दिनसम्म यसलाई पुरा गर्न निरन्तरता दिनुहुनेछ ।
Nina hakika kwamba hwembe hwatumbulisha kazi njema nkatiyinu ayendelwa kwikamilisha mpaka lisoba la nngana yesu kristo.
7 तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनकि मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्‍चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ ।
Ni sawa kwango kwisikiavyo juu yinu mwanga mwa bote kwasababu nimekie pamoja wango. mana mwenga mubile mwaashirika ayango latika neema katika kwitaba kwango na utetezi na uthibitishaji wango wa injili.
8 किनकि ख्रीष्‍ट येशूको प्रेमको गहिराइमा म तिमीहरूका निम्ति कति तृष्णा गर्दछु भन्‍ने कुरामा परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ ।
Nn”ungo nishahidi wango, jinsi mwamibile nashauku juu yinu mwabote katika undani wapendo la kristo yesu.
9 र मैले यस्तो भन्दै प्रार्थना गरिरहेको छु, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस् ।
Naniloba kwamba; upendo winu uyongekeye zaidi katika marifa na ufaham wote.
10 म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्‍न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्‍टको दिनमा इमानदार र दोषरहित रहन सक ।
Niloba kaajili ya neno ilimabe nawezo walengana saw, namambo gagabile bora sana. kae nenda kanobya ili besafi pasipo bantia yoyote katika lisoba kristo.
11 यो यसको निम्ति पनि हो, ताकि परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति, येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताको फलद्वारा तिमीहरू भरिन सक ।
Nakae ili mutweleewe nalitunda lahaki lipatikanelo. katika yesu kristo, kwautukufu na sifa ya nnongo.
12 भाइ हो, अब तिमीहरूलाई यो थाहा होस् भन्‍ने म चाहन्छु, कि मलाई भएका यी सबै कुराहरूले सुसमाचारलाई धेरै अगाडि बढाउने काम भएको छ ।
Sasa mwalongo bango, mbala ntange kuwa mamo gagapitike kwango gaipangite injili iyendeli sana.
13 किनकि ख्रीष्‍टमा मेरा साङ्लाहरूका विषयमा महलभरिका सारा रक्षकदेखि अरू सबै मानिसलाई थाहा भएको छ ।
Ndio maana kwitabu kwinu katika kristo, itanganikwe kwa alizi baikulu yote na kwakila mundu kae.
14 र परमप्रभुमा भएका धेरै भाइहरू मेरा साङ्लाहरूका कारण निडर भएर वचन बोल्ने आँट गर्न झनै बढी उत्साहित भएका छन् ।
Naa longo bababile kaika nngwana, kwasbabu ya kwitaba kwango, batishawishika nathubutu kulihubiri neno pasipo hofu
15 कसै-कसैले त ईर्ष्या र बेमेलमा, र अरूहरूले सद्‌भावले पनि ख्रीष्‍टको प्रचार गरेका छन् ।
baadhi kweli hala kumtanga kristo kwa fitina naugovi, na kae benge kwania njema.
16 प्रेमले ख्रीष्‍टको प्रचार गर्नेहरूले सुसमाचारको समर्थन गरेको कारण मलाई यहाँ राखिएको छ भन्‍ने कुरा जान्दछन् ।
Balo babalangaza kristo kwa upendo batangite mbekilwe pano kwaajili ya utetezi wainjili.
17 तर अरूहरूले ख्रीष्‍टको प्रचार स्वार्थ र निष्‍ठाहीन उद्देश्यले गर्दछन् । मेरा यी साङ्लाहरूका अवस्थामा तिनीहरूले मलाई अझै कष्‍ट दिइरहेका छन् भनी तिनीहरू विचार गर्छन् ।
Bali bonge matangaza kristo kwa ubinafsi na kwa nia mbaya. pagani kwasababisha matatizo kwango katika minyororo yango.
18 त्यसो भए के त? चाहे बहानामा होस् वा सत्यतामा दुवै तरिकाले ख्रीष्‍टको प्रचार हुन्छ, र म यसैमा रमाउँदछु । हो, म रमाउनेछु ।
Kwanyo? mjalili, aidha nijalili ndela hibile kwa hila au kakweli, kristo ondatangazwa na katika leno nanda palaikya! ndiyo nenenda palaika.
19 किनकि मलाई थाहा छ, कि परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ । तिमीहरूको प्रार्थना र येशू ख्रीष्‍टको आत्माको सहायताको कारण यो हुनेछ ।
Kwa kwaa ndikite leno laleba yugolekwa kwango. Jambo lino huapita kwasababu ya malobo binu na msaada wa roho hua krsisto.
20 मेरो विश्‍वस्त आशा र निश्‍चयताअनुसार, म शर्ममा पर्नेछैनँ । बरु, सारा साहससँगै सधैँ जस्तै र अहिले पनि, चाहे मेरो जीवनद्वारा वा मृत्युद्वारा, ख्रीष्‍ट मेरो शरीरमा उचालिनुहुनेछ भन्‍ने म आशा गर्दछु ।
Lengana na matarajilo gango gawakika nagakweli ni kwamba nibonali oni. Badala yake kwaujqsiri wote kati ambavyo mosabagoli na sasa ndarajila kuwa kristo apala kakatuliwa katika yoga yango, manaibile katika ukoto au katika kiwo.
21 किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो ।
Kwa maana kwango, nenga lamanikistro na waa nifaida.
22 तर शरीरमा जिउनाले मेरो परिश्रमबाट प्रतिफल आउँछ भने, कुन कुरालाई चुन्‍ने भन्‍ने कुरा मलाई थाहा छैन ।
Lakini maa natana katika yoga mboleke litnda katika kazi ya mnongo, kwanyo ndititelii lyako lyakulisawa.
23 किनकि मैले चयन गर्नुपर्ने यी दुवै कुराद्वारा म बिचमा परेको छु । म बिदा भएर ख्रीष्‍टसँग हुने इच्छा गर्दछु, जुनचाहिँ झनै असल कुरा हो ।
Maana nenda yaleka yega napanga panope na kristo, kilebe ambaso chathamani munomuno.
24 तर तिमीहरूका निम्ति शरीरमा रहनुचाहिँ धेरै आवश्यक छ ।
Ingawa igala kwayega yono nijambo la muhimu muna kwaajili yinu.
25 यस कुरामा म निश्‍चित भएको कारणले म जान्दछु, कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म तिमीहरू सँग-सँगै रहेर निरन्तरता दिनेछु ।
Kwa kuwa nible nauakika juu yaleno, nitengite naigala nanayendelya baapamipe namwenga mwbote, kwaajili yamaendeleo na furaha ya imani yhinu.
26 परिणामस्वरूप, तिमीहरूकहाँ मेरो पुनः उपस्थितिको कारण तिमीहरूले ख्रीष्‍ट येशूलाई मेरो निम्ति महिमा दिने काम अझ धेरै प्रशस्त हुनेछ ।
Nal ino lipaleta furaha yhinu ngolo katika kristo yesu, kwasababu bakwango panope na mwenga.
27 ख्रीष्‍टको सुसमाचारको निम्ति योग्य हुने किसिमले मात्र आफ्नो जीवनयापन गर । चाहे म तिमीहरूलाई भेट्न आऊँ वा म उपस्थित नहोऊँ, यो गर, ताकि तिमीहरू एउटै आत्मामा दृढ भएर खडा भएका छौ भनेर तिमीहरूका विषयमा मैले सुन्‍न पाऊँ । सुसमाचारको विश्‍वासको निम्ति तिमीहरू मिलेर एउटै प्राणको भएर कडा परिश्रम गरिरहेका छौ भनेर सुन्‍ने मेरो चाहना छ ।
Mpalikwa mahishi maisha ginu katika mwenendo. Mzuri wamipasa injili ya kristo. mpangenyo ilipanaisa kwinu la au mana ninaisali, niyowe nyemeliko imara katika roho jlmo, mwendashinia, imani ya injili kwa panope.
28 र तिमीहरूका शत्रुहरूले गरेका कुनै कुराहरूबाट भयभीत नहोओ । यो तिनीहरूका निम्ति तिनीहरूको विनाशको चिह्न हो । तर तिमीहरूका निम्ति यो तिमीहरूको मुक्‍तिको चिह्न हो, र यो परमेश्‍वरबाट आएको हो ।
nakamantishike nakilebe sosote sakipangilwe na madai ginu. yheno kwabe mishara ya ualibifu. bali kwinu nilishara ya wokovu bokya kwanaongo.
29 किनकि ख्रीष्‍टको निम्ति यो तिमीहरूलाई दिइएको छ, उहाँमाथि विश्‍वास गर्न मात्र होइन, तर उहाँको निम्ति कष्‍ट भोग्‍न पनि ।
kwamana mwenga mutipeyeliwa kwaajil ya kristo, nimwanilelibai bali nateseka kai katika yhwembe.
30 किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्दछौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ ।
kwamaa mwina mgogoro wolywolya katika wamubenwikwango namwanda yowa kwamba nibilenao hata mbiya mbeno.

< फिलिप्पी 1 >