< फिलिप्पी 1 >
1 ख्रीष्ट येशूका दासहरू पावल र तिमोथीबाट, फिलिप्पीमा भएका ख्रीष्ट येशूमा अलग गरिएकाहरू सबै, अनि बिशप र डिकनहरूलाई ।
Pavao i Timotej, sluge Krista Isusa, svima svetima u Kristu Isusu koji su u Filipima, s nadglednicima i poslužiteljima.
2 परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
Milost vam i mir od Boga, Oca našega, i Gospodina Isusa Krista!
3 हर समय तिमीहरूको सम्झना गर्दा, म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु ।
Zahvaljujem Bogu svomu kad vas se god sjetim.
4 तिमीहरू सबैका निम्ति मेरो हरेक प्रार्थनामा म आनन्दसाथ प्रार्थना गर्दछु ।
Uvijek se u svakoj svojoj molitvi za vas s radošću molim
5 पहिलो दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूको सहभागिताको लागि म धन्यवाद दिन्छु ।
zbog vašeg udjela u evanđelju od onoga prvog dana sve do sada -
6 म यो कुरामा निश्चित छु, कि तिमीहरूमा यो असल कामलाई प्रारम्भ गर्नुहुनेले येशू ख्रीष्टको दिनसम्म यसलाई पुरा गर्न निरन्तरता दिनुहुनेछ ।
uvjeren u ovo: Onaj koji otpoče u vama dobro djelo, dovršit će ga do Dana Krista Isusa.
7 तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनकि मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ ।
I pravo je da tako osjećam o svima vama! Ta ja vas nosim u srcu jer u okovima mojim i u obrani i utvrđivanju evanđelja svi ste vi suzajedničari moje milosti.
8 किनकि ख्रीष्ट येशूको प्रेमको गहिराइमा म तिमीहरूका निम्ति कति तृष्णा गर्दछु भन्ने कुरामा परमेश्वर मेरो साक्षी हुनुहुन्छ ।
Bog mi je doista svjedok koliko žudim za svima vama srcem Isusa Krista!
9 र मैले यस्तो भन्दै प्रार्थना गरिरहेको छु, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस् ।
I molim za ovo: da ljubav vaša sve više i više raste u spoznanju i potpunu pronicanju
10 म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्टको दिनमा इमानदार र दोषरहित रहन सक ।
te mognete prosuditi što je najbolje da budete čisti i besprijekorni za Dan Kristov,
11 यो यसको निम्ति पनि हो, ताकि परमेश्वरको महिमा र प्रशंसाको निम्ति, येशू ख्रीष्टद्वारा आउने धार्मिकताको फलद्वारा तिमीहरू भरिन सक ।
puni ploda pravednosti po Isusu Kristu - na slavu i hvalu Božju.
12 भाइ हो, अब तिमीहरूलाई यो थाहा होस् भन्ने म चाहन्छु, कि मलाई भएका यी सबै कुराहरूले सुसमाचारलाई धेरै अगाडि बढाउने काम भएको छ ।
A hoću da znate, braćo: ovaj se moj udes pače okrenuo u napredovanje evanđelja
13 किनकि ख्रीष्टमा मेरा साङ्लाहरूका विषयमा महलभरिका सारा रक्षकदेखि अरू सबै मानिसलाई थाहा भएको छ ।
tako da se moji okovi u Kristu razglasiše u svem pretoriju i među svima drugima,
14 र परमप्रभुमा भएका धेरै भाइहरू मेरा साङ्लाहरूका कारण निडर भएर वचन बोल्ने आँट गर्न झनै बढी उत्साहित भएका छन् ।
a većina braće u Gospodinu, ohrabrena mojim okovima, još se više usuđuje neustrašivo zboriti Riječ.
15 कसै-कसैले त ईर्ष्या र बेमेलमा, र अरूहरूले सद्भावले पनि ख्रीष्टको प्रचार गरेका छन् ।
Neki, istina, propovijedaju Krista iz zavisti i nadmetanja, a neki iz dobre volje:
16 प्रेमले ख्रीष्टको प्रचार गर्नेहरूले सुसमाचारको समर्थन गरेको कारण मलाई यहाँ राखिएको छ भन्ने कुरा जान्दछन् ।
ovi iz ljubavi jer znaju da sam ovdje za obranu evanđelja;
17 तर अरूहरूले ख्रीष्टको प्रचार स्वार्थ र निष्ठाहीन उद्देश्यले गर्दछन् । मेरा यी साङ्लाहरूका अवस्थामा तिनीहरूले मलाई अझै कष्ट दिइरहेका छन् भनी तिनीहरू विचार गर्छन् ।
oni pak Krista navješćuju iz suparništva, neiskreno - misleći da će tako otežati nevolju mojih okova.
18 त्यसो भए के त? चाहे बहानामा होस् वा सत्यतामा दुवै तरिकाले ख्रीष्टको प्रचार हुन्छ, र म यसैमा रमाउँदछु । हो, म रमाउनेछु ।
Pa što onda? Samo se na svaki način, bilo himbeno, bilo istinito, Krist navješćuje. I tome se radujem, a i radovat ću se.
19 किनकि मलाई थाहा छ, कि परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ । तिमीहरूको प्रार्थना र येशू ख्रीष्टको आत्माको सहायताको कारण यो हुनेछ ।
Jer znadem: po vašoj molitvi i pomoći Duha Isusa Krista to će mi biti na spasenje,
20 मेरो विश्वस्त आशा र निश्चयताअनुसार, म शर्ममा पर्नेछैनँ । बरु, सारा साहससँगै सधैँ जस्तै र अहिले पनि, चाहे मेरो जीवनद्वारा वा मृत्युद्वारा, ख्रीष्ट मेरो शरीरमा उचालिनुहुनेछ भन्ने म आशा गर्दछु ।
kako željno i očekujem i nadam se da se ni zbog čega neću smesti, nego da će se mojom posvemašnjom odvažnošću - kako uvijek tako i sada - Krist uzveličati u mome tijelu, bilo životom, bilo smrću.
21 किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो ।
Ta meni je živjeti Krist, a umrijeti dobitak!
22 तर शरीरमा जिउनाले मेरो परिश्रमबाट प्रतिफल आउँछ भने, कुन कुरालाई चुन्ने भन्ने कुरा मलाई थाहा छैन ।
A ako mi živjeti u tijelu omogućuje plodno djelovanje, što da odaberem? Ne znam!
23 किनकि मैले चयन गर्नुपर्ने यी दुवै कुराद्वारा म बिचमा परेको छु । म बिदा भएर ख्रीष्टसँग हुने इच्छा गर्दछु, जुनचाहिँ झनै असल कुरा हो ।
Pritiješnjen sam od ovoga dvoga: želja mi je otići i s Kristom biti jer to je mnogo, mnogo bolje;
24 तर तिमीहरूका निम्ति शरीरमा रहनुचाहिँ धेरै आवश्यक छ ।
ali ostati u tijelu potrebnije je poradi vas.
25 यस कुरामा म निश्चित भएको कारणले म जान्दछु, कि विश्वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म तिमीहरू सँग-सँगै रहेर निरन्तरता दिनेछु ।
U to uvjeren, znam da ću ostati i biti uz vas sve, za vaš napredak i na radost vjere,
26 परिणामस्वरूप, तिमीहरूकहाँ मेरो पुनः उपस्थितिको कारण तिमीहरूले ख्रीष्ट येशूलाई मेरो निम्ति महिमा दिने काम अझ धेरै प्रशस्त हुनेछ ।
da ponos vaš mnome poraste u Kristu Isusu kad opet dođem k vama.
27 ख्रीष्टको सुसमाचारको निम्ति योग्य हुने किसिमले मात्र आफ्नो जीवनयापन गर । चाहे म तिमीहरूलाई भेट्न आऊँ वा म उपस्थित नहोऊँ, यो गर, ताकि तिमीहरू एउटै आत्मामा दृढ भएर खडा भएका छौ भनेर तिमीहरूका विषयमा मैले सुन्न पाऊँ । सुसमाचारको विश्वासको निम्ति तिमीहरू मिलेर एउटै प्राणको भएर कडा परिश्रम गरिरहेका छौ भनेर सुन्ने मेरो चाहना छ ।
Samo se ponašajte dostojno evanđelja Kristova, pa - došao ja i vidio vas ili nenazočan slušao što je s vama - da mogu utvrditi kako ste postojani u jednome duhu i jednodušno se zajednički borite za evanđeosku vjeru
28 र तिमीहरूका शत्रुहरूले गरेका कुनै कुराहरूबाट भयभीत नहोओ । यो तिनीहरूका निम्ति तिनीहरूको विनाशको चिह्न हो । तर तिमीहरूका निम्ति यो तिमीहरूको मुक्तिको चिह्न हो, र यो परमेश्वरबाट आएको हो ।
ne plašeći se ni u čemu protivnika. To je njima najava njihove propasti, a vašega spasenja, i to od Boga.
29 किनकि ख्रीष्टको निम्ति यो तिमीहरूलाई दिइएको छ, उहाँमाथि विश्वास गर्न मात्र होइन, तर उहाँको निम्ति कष्ट भोग्न पनि ।
Jer vama je dana milost: “za Krista”, ne samo u njega vjerovati nego za njega i trpjeti,
30 किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्दछौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ ।
isti boj bijući koji na meni vidjeste i sada o meni čujete.