< फिलिप्पी 4 >
1 यसकारण मेरा प्रिय भाइहरू हो, जसको म चाहना गर्दछु, मेरो आनन्द र मुकुट, मेरा प्रिय साथीहरू, यस्तै गरी प्रभुमा स्थिर रहो ।
Тим же, браттє моє любе й жадане, радосте і вінче мій, стійте так у Господї, любі.
2 म इयोदिया र सुन्तुखेलाई प्रभुमा एउटै मनको हुन निवेदन गर्दछु ।
Благаю Єводию, благаю і Синтихию, щоб однаково думали в Господї.
3 वास्तवमा, एउटै जुवामा भएको मेरो साँचो सहकर्मी, म तिमीलाई यो पनि बिन्ती गर्छु, कि यी महिलाहरूलाई सहायता गर । किनभने तिनीहरूले म, क्लेमेन्ट र मेरा बाँकी सहकर्मीहरूसँग सुसमाचार प्रचार गर्न परिश्रम गरेका छन्, जसका नामहरू जीवनको पुस्तकमा छन् ।
Благаю й тебе, щирий товаришу, помагай їм, що працювали в благовіствуванню зо мною, і з Климентом, і з иншими помічниками моїми, котрих імення в книзі життя.
4 प्रभुमा सधैँ आनन्द गर । म फेरि पनि भन्दछु, आनन्द गर ।
Радуйте ся завсїди в Господї, і знов кажу: радуйте ся.
5 तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस् । प्रभु नजिकै हुनुहुन्छ ।
Тихість вашу нехай зрозуміють усї люде. Господь близько.
6 कुनै कुरामा चिन्तित नहोओ । बरु, हरेक कुरामा प्रार्थना र नम्र निवेदनद्वारा, र धन्यवादसाथ तिमीहरूका निवेदन परमेश्वरमा जाहेर होऊन् ।
Не журіть ся нїчим, а у всьому молитвою і благаннєм з подякою нехай обявляють ся прошення ваші перед Богом.
7 र हाम्रा सबै समझभन्दा उच्च परमेश्वरको शान्तिले ख्रीष्ट येशूमा तिमीहरूका हृदय र विचारहरूलाई रक्षा गर्नेछ ।
І мир Божий, що вище всякого розуму, нехай хоронить серця ваші і мислї ваші в Христї Ісусї.
8 अन्तमा भाइहरू हो, जे कुराहरू सत्य छन्, जे कुराहरू आदरणीय छन्, जे कुराहरू न्यायसङ्गत छन्, जे कुराहरू शुद्ध छन्, जे कुराहरू प्रेमयोग्य छन्, जे कुराहरू असल नामका छन्, यदि केही श्रेष्ठता छ र प्रशंसा गरिनुपर्ने केही कुराहरू छन् भने, यी नै कुराहरूका बारेमा विचार गर ।
На останок, браттє, що правдиве, що чесне, що праведне, що чисте, що любе, що хвалебне, коли (в в чому) яка чеснота й коли (є) яка похвала, про се помишляйте.
9 जुन कुराहरू तिमीहरूले मबाट सिक्यौ र प्राप्त गर्यौ र मबाट सुन्यौ र ममा देख्यौ, ती कुराहरू गर । र शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ ।
Чого ви і навчились, і прийняли, й чували, й видали в менї, те чиніть, то Бог миру буде з вами.
10 म प्रभुमा अत्यन्तै आनन्दित छु किनकि अहिले अन्तमा तिमीहरूले म प्रतिको आफ्नो वास्तालाई नयाँ गरेका छौ । तिमीहरूले वास्तवमा पहिला पनि मेरो निम्ति वास्ता गरेका थियौ, तर त्यस समय तिमीहरूसँग मलाई सहायता गर्ने अवसर थिएन ।
Зрадів же я в Господї вельми, що вже раз згадали дбати про мене; ви ж бо й дбали, та не мали догідного часу.
11 म अहिले आवश्यकतामा परेकोले मैले यो भनिरहेको होइनँ । मैले सबै परिस्थितिहरूमा सन्तुष्ट हुन सिकेको छु ।
Не задля недостатку глаголю; я бо навчивсь, що маю, тим і вдовольнятись.
12 मलाई गरिबी के हो भन्ने कुरा थाहा छ, र मलाई प्रशस्त हुनु भनेको के हो पनि थाहा छ । सबै किसिमले र सबै कुराहरूमा कसरी परिपूर्ण हुनु वा भोकप्यासमा रहनु, र कसरी प्रशस्तता प्राप्त गर्नु वा आवश्यकतामा हुनु भन्ने कुरा मैले सिकेको छु ।
Умію і смирити ся, умію й достаткувати; усюди й у всьому навчивсь і насищати ся, й голодувати, й достаткувати й недостаток терпіти.
13 जसले मलाई शक्ति दिनुहुन्छ, उहाँद्वारा नै म सबै कुराहरू गर्न सक्दछु ।
Все здолїю в Христї, що мене покрепляє.
14 तथापि, तिमीहरूले मेरा कठिन परिस्थितिहरूमा सहभागी भएर असल गर्यौ ।
Одначе добре ви зробили, що приймаєте участь у моєму горю.
15 तिमी फिलिप्पीहरू यो जान्दछौ, कि सुसमाचारको सुरुआतमा जब म माकेडोनियाबाट निस्केँ, तिमीहरूबाहेक कुनै मण्डलीले दिने र लिने विषयमा मलाई सहायता गरेनन् ।
Знаєте ж і ви, Филипяне, що в почині благовіствування, як вийшов я з Македониї, нї одна церква не пристала до мене що до давання й приймання, тільки ви одні.
16 म थेसलोनिकेमा हुँदा पनि मेरा आवश्यकताहरूका निम्ति तिमीहरूले एक पटकभन्दा धरै सहायता पठायौ ।
Бо й в Солунь раз і вдруге прислали ви на мою потріб.
17 मैले उपहार खोजेको भने होइनँ । बरु, म तिमीहरूको हिसाबमा बढ्दै जाने फल खोज्दछु ।
Не то щоб я шукав дару, а шукаю овощу, що намножуеть ся на користь вашу.
18 मैले सबै कुराहरू प्राप्त गरेको छु, र मसँग ती प्रशस्त छन् । म पूर्ण रूपमा भरिएको छु । तिमीहरूले इपाफ्रोडिटससँग पठाएका सामानहरू मैले पाएँ । ती सुगन्धित वासना आउने ग्रहणयोग्य बलिदान हुन् जसले परमेश्वरलाई प्रसन्न पार्दछ ।
Прийняв же я все і достаткую. Сповнив ся, прийнявши від Єпафродита послане од вас, солодкі пахощі, жертву приятну, угодну Богу.
19 र मेरा परमेश्वरले ख्रीष्ट येशूमा उहाँको महिमाको प्रशस्तताअनुसार तिमीहरूका सबै आवश्यकताहरू पुरा गरिदिनुहुनेछ ।
Бог же мій нехай сповнить усяку потріб вашу, по багацтву своєму в славі, в Христї Ісусї.
20 अब हाम्रा परमेश्वर र पितालाई सदासर्वदा महिमा होस् । आमेन । (aiōn )
Богу ж і Отцеві нашому слава на віки вічні. Амінь. (aiōn )
21 ख्रीष्ट येशूमा भएका हरेक विश्वासीलाई अभिवादन गर । मसँग भएका भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
Витайте всякого сьвятого в Христї Ісусї. Витають вас брати, що зо мною.
22 यहाँ भएका सबै विश्वासीहरू, र विशेष गरेर कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
Витають вас усї сьвяті, а найбільш которі з кесаревого дому.
23 प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस् । आमेन ।
Благодать Господа нашого Ісуса Христа з усіма вами. Амінь.